सप्तरी ६ मंसिर । सप्तरी क्षेत्र नम्बर २ मा जनमत पार्टीका राष्ट्रिय अध्यक्ष डा.सिके राउतले अग्रता लिएका छन् ।
डा.राउतले ११ हजार ६६९ मत प्राप्त गरेका छन् भने जसपा अध्यक्ष उपेन्द्र यादव ५ हजार ८४६ मत प्राप्त गरी दोस्रो स्थानमा छन् । वाम–गठबन्धनका जयप्रकाश ठाकुरले २ हजार १६५ मत प्राप्त गरेका छन् ।
सप्तरी–२ क मा जनमत पार्टीका सतिस सिंहले १० हजार ८३२ मत प्राप्त गरी पहिलो स्थानमा छन् । जसपाका शैलेन्द्र प्रसाद साह ५ हजार २८ मत प्राप्त गरी दोस्रो स्थानमा छन् भने लोकतान्त्रिक समाजवादी पार्टीका सरोज मण्डल ४ हजार १७१ मत प्राप्त गरी तेस्रो स्थानमा छन् ।
सप्तरीकै २ को ख मा जनमत पार्टीका महेश यादव ९ हजार ७६१ मत प्राप्त गरी अग्रता कायम गरिरहेका छन् । वाम–गठबन्धनका उमेश यादवले ५ हजार २७८ मत प्राप्त गरी दोस्रो स्थान बनाउँदा जसपाका लक्ष्मण यादव ४ हजार १७१ मत प्राप्त गरी तेस्रो स्थानमा रहेका छन् ।
COMMENTS