लमजुङ ६ मंसिर । लमजुङमा नेकपा (एमाले)का उम्मेदवार पृथ्वीसुब्बा गुरुङले अग्रता कायम गरेका छन् ।
पछिल्लो मतपरिणामअनुसार गुरुङले नौ हजार १०९ मत प्राप्त गरेका छन् भने नेकपा (माओवादी केन्द्र)का उम्मेदवार देव गुरुङले सात हजार २०० मत प्राप्त गरेका छन् ।
देव गुरुङभन्दा पृथ्वीसुब्बा गुरुङ एक हजार ९०९ मतले अगाडि छन् । त्यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार धर्मराज केसीले ७७१ मत प्राप्त गरेका छन् ।
COMMENTS