बारा, ९ मंसिर । बारा क्षेत्र नम्बर १ प्रदेशसभा (२) मा बहालवाला सभामुखसमेत रहेका जसपाका सरोजकुमार यादव पुनः विजयी भएका छन् ।
जनता समाजवादी पार्टी नेपालका उम्मेदवार यादवले कांग्रेसका नागेन्द्रप्रसाद साह कानुलाई ४ हजार ८८७ मतान्तरले हराए । यादवले १५ हजार ९२७ मत प्राप्त गर्दा कानुले ११ हजार ४० मत पाए ।
COMMENTS