काठमाडौँ, १७ मंसिर । स्याङ्जा प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर २ मा नेपाली कांग्रेसले मतान्तर फराकिलो बनाउँदै लगेको छ । कांग्रेसका उम्मेदवार धनराज गुरुङ र नेकपा (एमाले) उम्मेदवार पद्माकुमारी अर्यालबीचको मतान्तर ६ हजार ५४ रहेको छ ।
गुरुङले २९ हजार ३३ मत ल्याउँदा अर्याल २२ हजार ९७९ मतसहित पछ्याइरहेकी छन् । राष्ट्रिय स्वतन्त्र पार्टीका टीकराज गुरुङले सात हजार ६६२ मत पाएका छन् ।
COMMENTS