काठमाडौँ, १६ मंसिर । नेकपा (एमाले)का नेता तथा नवनिर्वाचित प्रतिनिधिसभा सदस्य गोकुल बास्कोटाको भक्तपुरस्थित निवासमा फेला परेको शंकास्पद वस्तु बम नभएको पुष्टि भएको छ ।
लोकन्थलीस्थित बास्कोटाको घरमा आइतबार बिहान भेटिएको शंकास्पद वस्तु बम नभएको नेपाली सेनाको बम डिस्पोजल टोलीले जनाएको हो ।
सेनाको टोलीले शंकास्पद वस्तु डिस्पोज गर्नेक्रममा बम नभएको पुष्टि भएको हो ।
COMMENTS