प्रतिनिधिसभातर्फ सबै क्षेत्रको अन्तिम नतिजा सार्वजनिक, कसले कति सिट जिते ? (सूचीसहित)

काठमाडौँ, १९ मंसिर । प्रतिनिधिसभातर्फको सबै १६५ निर्वाचन क्षेत्रकै अन्तिम मत परिणाम आएको छ । दोलखाको अन्तिम मत परिणाम सार्वजनिक भएसँगै १६५ निर्वाचन क्षेत्रकै नतिजा आएको हो ।

दोलखामा प्रतिनिधिसभातर्फ गठबन्धनबाट नेकपा (माओवादी केन्द्र)का उम्मेदवार गंगा कार्की विजयी भएका छन् । उनले नेकपा (एमाले)का उम्मेदवार बालकृष्ण शिवाकोटीलाई ३१८ मतको अन्तरले हराए ।

कार्कीले ३६ हजार ७९९ मत प्राप्त गरे भने एमालेका उम्मेदवार शिवाकोटीले ३६ हजार ४८१ मत ल्याएका छन् । यो जितसँगै माओवादी केन्द्र १८ ठाउँमा विजयी भएको छ । नेपाली कांग्रेसले ५७, एमालेले ४४, नेकपा (एकीकृत समाजवादी)ले १०, राष्ट्रिय स्वतन्त्र पार्टी र राप्रपाले ७–७ ठाउँमा जितेका छन् ।

यस्तै, लोकतान्त्रिक समाजवादी पार्टीले ४ र नागरिक उन्मुक्ति पार्टीले ३ ठाउँमा जितेका छन् । राष्ट्रिय जनमोर्चा, नेपाल मजदुर किसान पार्टी र जनमत पार्टीले एक–एक ठाउँमा जितेका छन् । स्वतन्त्र उम्मेदवारहरुले पाँच ठाउँमा जितेका छन् ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board