दीपक मनाङे एकीकृत समाजवादीमा प्रवेश

काठमाडौँ, १९ मंसिर । राजीव गुरुङ (दीपक मनाङे) नेकपा (एकीकृत समाजवादी) पार्टीमा प्रवेश गरेका छन् ।

गण्डकी प्रदेश सभा सदस्यमा निर्विरोध निर्वाचित भएका मनाङेले एक विज्ञप्ति जारी गर्दै एकीकृत समाजवादीमा प्रवेश गरेको जनाएका हुन् । आफ्नो विचार र सिद्धान्त मिल्ने भएकाले एकीकृत समाजवादीलाई रोजेको उनले बताएका छन् ।

पूर्वप्रदेश मन्त्री मनाङेले मनाङ–१ (ख)बाट स्वतन्त्र उम्मेदवारी दिएका थिए । अर्का उम्मेदवार दोर्जे लामा गुरुङले नाम फिर्ता लिएपछि मनाङे निर्विरोध निर्वाचित भएका थिए । 

नेकपा (एमाले), नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र)लगायतका कुनै पनि दलले मनाङेविरुद्ध उम्मेदवारी दिएका थिएनन् ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board