काठमाडौं, २३ बैशाख ।नेपाल कम्यूष्टि पार्टी (नेकपा)भित्र देखापरेका समस्या समाधान भएर पार्टी एकताबद्ध रुपमा अघि बढेको देख्न नचाहनेहरुले बिभिन्न माध्यमबाट नियोजित हल्ला चलाएको नेकपा प्रवक्ता नाराणकाजी श्रेष्ठले बताउनु भएको छ ।
उहाले आफ्नो आधिकारीक ट्वीटर एकाउन्टबाट उहाले नेकपामा पुनः अस्थितरता खोज्नेहरु फेरीपनि सक्रिय भएको हुदा उनिहरुलाई बेलैमा सचेत हुन आग्रह गर्नु भएको हो ।
पार्टी प्रवक्ता श्रेष्ठले , हाम्रो पार्टीमा एकताको रक्षा गर्दै कमजोरीहरुलाई सच्याएर नयाँ शिराबाट काम गर्ने सहमति भएपछी हिजो देखि झुट्टा भ्रमात्मक समाचारहरु प्रचारित हुन थालेका छन् । पार्टी मा रडाको मच्चाउने योजनामा फेरि को लाग्दैछ ? सचेत होऔं। २० गतेको सचिवालय बैठकको निश्कर्ष लागू गरौं। अन्यथा नगरौं । ट्वीटरमा पोष्ट गर्नु भएको छ ।
COMMENTS