13 May, 2020 6:21 pm


सीमा समस्या समाधान गर्ने भए जनतालाई साथमा लिनुपर्‍यो– पूर्वपरराष्ट्रमन्त्री लोहनी

काठमाडौं, ३१ बैशाख । नेपाली भूमि लिपुलेकमा भारतले सडक निर्माण गरेको विषय मुलुकभर चर्किएपछि सरकारले सर्वदलीय बैठक बोलाएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले संसद्मा प्रतिनिधित्व गर्ने राजनीतिक दलका नेताहरु, पूर्वप्रधानमन्त्री, पूर्वपरराष्ट्रमन्त्रीलगायतलाई छलफलमा बोलाउनु भएको हो  ।
छलफलमा लिपुलेकमा भारतले गरेको हस्तक्षेपमा कसरी अगाडि बढ्ने भन्ने विषयमा छलफल भइरहेको छ । पूर्वपरराष्ट्रमन्त्री डा. प्रकाशचन्द्र लोहनी छलफलमा आफ्ना धारणा राखेर बाहिरिनु भएको छ । उहाले सीमा समस्याका सम्बन्धमा सरकारले अहिलेसम्म जनतालाई गुमराहमा राखेको बताउनुभयो । बैठकमा राखेका धारणा सुनाउँदै भने, “सीमा समस्या समाधानका लागि सरकारले अहिलेसम्म के गर्‍यो ? जनतालाई किन गुमराहमा राखिएको छ ? सीमा समस्या समाधान गर्ने हो भने जनतालाई साथमा लिएर जानुपर्‍यो । सरकारको कमी भयो भनेर मैले आफ्ना धारणा राखेँ ।”

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board