16 May, 2020 2:04 pm


नेकपा अध्यक्ष प्रचण्डद्वारा समवेदना

अमेरीका , ३ जेठ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले चितवनका वामपन्थी नेता कृष्ण प्रजापतिको निधनप्रति समवेदना प्रकट गर्नुभएको छ । अध्यक्ष दाहालले आज एक शोक सन्देश दिँदै पार्टीका एक निष्ठावान् र अथक योद्धा कमरेड कृष्ण प्रजापतिको निधनको खबरले आफूलाई निकै दुःखित बनाएको बताउनुभएको छ ।

अध्यक्ष दाहालले भन्नुभएको छ, “पञ्चायती तानाशाहीविरुद्ध सङ्घर्षका कठिन दिनदेखि जनयुद्धसम्म र शान्ति प्रक्रियादेखि आजसम्म अनवरत पार्टी र क्रान्तिप्रति समर्पित प्रजापतिप्रति हार्दिक श्रद्धाञ्जलि व्यक्त गर्दछु ।” अध्यक्ष दाहालले प्रजापतिको शोकाकुल परिवारजनप्रति गहिरो  समवेदना प्रकट गर्नुभएको छ ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board