1 June, 2020 6:43 am


विलासिताको वस्तुका रुपमा विद्युतीय साधन प्रयोग, कर छुट दिन हुंदैन

काठमाडौँ १९ जेठ — अर्थ मन्त्रालय अन्तर्गतको भन्सार विभागले भने विद्युतीय सवारी विलासिताको वस्तु भएकाले छुट दिन नसकिने स्पष्ट गरेको छ । विद्युतीय सवारीको तुलनामा पेट्रोलरडिजेलका गाडी धेरै सस्तो पर्ने भएकाले विद्युतीय सवारीमा सबै भन्सार छुट दिन सम्भव नभएको नयां बजेटमा व्यवस्था गरिएको छ ।

‘गत वर्षदेखि विद्युत् उत्पादन बढ्यो । एक करोड रुपैयाँ पर्ने विद्युतीय गाडी एक हजार हाराहारीमा भित्रिएको भन्ससार विभागका प्रमुख सुमन दाहालले बताए । यस्ता सवारीलाई पुँजीपतिहरूले सोखका रूपमा प्रयोग गरिरहेको उनको दाबी छ । ‘विलासिताका रूपमा चलाउँछन् भने महसुल किन नलिने ?’ दाहालको प्रश्न छ । विद्युतीय सवारीमा सबै भन्सार छुट दिएर बराबर बनाउन नसकिने उनको भनाइ छ ।

कृषि कार्यमा प्रयोग हुने रासायनिक मलमा भने भन्सार शुल्क नलाग्ने दाहालले स्सपष्ट गरे । ‘कृषि कार्यबाहेक अन्य धेरै प्रयोजनमा पनि युरिया मलको उपयोग हुन्छ,’ यससतर्फ पनि साच्न जरुरुी छ । ‘त्यसको हकमा ५ प्रतिशत भन्सार शुल्क तिर्नुपर्छ । कृषि मन्त्रालयको कोटाअनुसार कृषि सामग्री कम्पनीले आयात गर्ने मलमा लाग्दैन ।’

इन्डक्सन चुलो आयातमा पनि भन्सार शुल्क घटेको उनको भनाइ छ । ‘इन्डक्सन चुलोमा १५ प्रतिशत भन्सार महसुल थियो । अहिले ५ प्रतिशतमा झारिएको उनले बताए ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • news@nepalpage.com

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2025 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board