7 June, 2020 7:58 pm


जनता समाजवादी पार्टीमा अध्यक्षबाट बाबुराम आउट

७०१ सदस्यीय केन्द्रीय समिति र ५३ सदस्यीय केन्द्रीय कार्यकारीणी समिति रहने


काठमाडौं २५ जेठ । जनता समाजवादी पार्टी ९जसपा० मा अन्तिम समयमा बाबुराम भट्टराई अध्यक्ष पदबाट आउट भएका छन् । आज जसपाले निर्वाचन आयोगमा बुझाएको नेतृत्वमा दुई जना अध्यक्ष महन्थ ठाकुर र उपेन्द्र यादव रहेको नेता राजेन्द्र श्रेष्ठले बताए । यसस अघि तीन जना अध्यक्ष हुने बताइएको थियो । बाबसुराम भट्टराईको नाममा राजपाका नेताहरुले आपत्ति जनाएपछि बाबुराम पछि हट्न बाध्य भएका छन् ।
भट्टराई, राजेन्द्र महतो र अशोक राई बरिष्ठ नेता रहेका छन् ।
श्रेष्ठका अनुसार जसपाको ७०१ सदस्यीय केन्द्रीय समिति र ५३ सदस्यीय केन्द्रीय कार्यकारीणी समिति रहने व्यवस्थ गरिए पनि आज केवल ५२ जनाको मात्र नाम निर्वाचन आयोगमा बुझाइएको छ ।
कुनै बेला शक्तिशाली पार्टी एमाओवादीको उपाध्यक्ष रहेका र प्रचण्डपछिको बरियतामा रहेका तथा प्रधानमन्त्री भइसकेका भट्टराई मधेश केन्द्रित पार्टीमा पुगेर चिससो पानीले नुहाउने अवस्थामा पुगेको राजनीति विश्लेषकहरुले बताएका छन् ।
आज भन्दा ४६ दिन अघि ससरकारले राजनीतिक दल विभाजनसम्वन्धी अध्यादेश ल्याएका कारण रातारात पार्टी एकता गर्न पुगेका दुई मधेशवादी दलले आज निर्वाचन आयोगमा दल दर्ताको अन्तिम सूचना दिएका हुन् ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • news@nepalpage.com

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2025 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board