26 June, 2020 4:31 pm


नेपालमा थप ५ सय ९३ जनामा कोरोना, संक्रमितको संख्या ११ हजार ७ सय ५५

काठमाडौं, १२ असार । नेपालमा शुक्रबार ५ सय ९३ कोरोनाका संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा कोरोना संक्रमितको संख्या ११ हजार ७ सय ५५ पुगेको छ ।

शुक्रबारसम्म डिस्चार्ज हुनेको संख्या २ हजार ६ सय ९८ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए ।

२४ घण्टामा ४८ जना कोरोनामुक्त भएर घर फर्किएका छन् भने विभिन्न अस्पतालहरुबाट ४० पुरुष र ८ महिला कोरोनामुक्त भइ डिस्चार्ज भएको मन्त्रालयका प्रवक्ता गौतमले बताए।

विगत २४ घण्टामा ६ हजार ५ सय ३४ जनाको पिसिआर परीक्षण भएको छ। हालसम्म २ लाख ६ हजार बढीको पिसिआर परीक्षण भएको छ।

गौतमका अनुसार मृतक २७ जनामा कोरोनाभाइरस देखिएको छ। रसुवाबाहेकका सबै ७६ जिल्लामा कोरोना देखिएको छ।

काठमाडौंमा थप ३ जनामा कोरोना संक्रमण
काठमाडौं जिल्लामा शुक्रबार थप ३ जनामा कोरोना भाईरस संक्रमण भएको छ । उनीहरु तीनै जना पुरुष रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board