27 June, 2020 7:20 am


सिरि ए फुटबल : जितसंगै युभेन्ट्स अंक तालिकामा ७ मा पुग्यो

काठमाडौं , १३ असार ।  सिरि ए फुटबलमा युभेन्ट्सले लिसीबिरुद्ध फराकिलो जित आत्मसाथ गरेको छ ।
शुक्रबार राति भएको खेलमा युभेन्ट्सले लिसीलाई ४–० गोल अन्तरले हराएको हो । युभेन्ट्सको जितमा पाउलो ड्याबाला, क्रिस्टियानो रोनाल्डो, गोन्जालो हिग्विन र म्याथिज डी लिटले गोल गरे । जितसंगै युभेन्ट्सले तालिकामा ७ अंकको अग्रता लिएको छ ।

६९ अंक जोडेको शीर्ष स्थानको युभेन्ट्सले दोस्रो स्थानको लाजियोसंग ७ अंकको अग्रता बनाएको हो । लिसी २५ अंक सहित रेलिगेशन जोनमा छ । ५३ औं मिनेटमा ड्याबालाको गोलमा घरेलु टोली युभेन्ट्सले सूरुवाती अग्रता लिएको थियो । रोनाल्डोले पेनाल्टीमा गोल गर्दै युभेन्ट्सको अग्रता दोब्बर बनाए । बैकल्पिक खेलाडीको रुपमा मैदान छिरेका हिग्विनले ८३ औं मिनेटमा युभेन्ट्सलाई ३–० को अग्रता दिलाए । त्यसको दुई मिनेटमा डी लिटले हेडमार्फत चौथो गोल गर्दै युभेन्ट्सको जित सुनिश्चित गरे ।

रोनाल्डोकै पेनाल्टी गोलमा युभेन्ट्सले सोमबार बोलाग्नामाथि २–० को जित निकालेको थियो । रोनाल्डोले यस सिजनको लिगको २४ खेलमा २३ गोल गरेका छन् । पछिल्लो जितसंगै युभेन्ट्स लिग उपाधि होडमा अगाडी बढेको छ । शनिबार राति लाजियोले लोरेन्टिनाबिरुद्ध जित निकालेको खण्डमा समेत युभेन्ट्सलाई ४ अंकको स्पष्ट अग्रता प्राप्त हुनेछ ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board