27 June, 2020 10:03 am


नेकपा स्थायी कमिटी बैठकमा कहिले सोफा, कहिले कुर्ची विवाद

काठमाडौं, १३ असार ।  बालुवाटारमा चलिरहेको सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) स्थायी कमिटीको पाचौं बैठकमा शीर्ष नेताहरू कहिले सोफामा बसेका देखिन्छन् भने कहिले कुर्चीमा । को कहाँ बस्ने भन्नेमै शीर्ष नेताहरूमा विवाद देखिएको हो । बुधवारदेखि शुरू भएको पाचौं स्थायी कमिटी बैठकको पहिलो दिन शीर्ष नेताहरूलाई सोफाको व्यवस्था गरिएको थियो भने अन्यलाई कुर्चीको व्यवस्था थियो ।

पहिलो दिन अघिल्लो पंक्तिमा लहरै सचिवालयका नेताहरू सोफामा बसेका थिए । तर शुक्रवारको दोस्रो बैठकमा भने सोफाहरू हटाइयो । प्रवक्ता नारायणकाजी श्रेष्ठ र स्थायी कमिटी सदस्य भीम रावलले विरोध गरेपछि सोफा हटाउन लगाइएको एक स्थायी कमिटी सदस्यले जानकारी दिए । त्यसपछि अघिल्लो पंक्तिमा कुर्चीहरू ल्याएर राखियो ।

प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष केपी शर्मा ओली शुक्रवारको बैठकमा अनुपस्थित भएपछि उनको कुर्ची खाली देखिएको थियो । यसअघि पनि अध्यक्षद्वय ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच बस्ने पोजिसन विवादमा आउने गरेको थियो । पार्टी एकीकरणपछिका धेरै बैठकहरूमा ओली सबैभन्दा अगाडी मुख्य सोफा या कुर्चीमा बस्थे भने प्रचण्ड अन्य सचिवालय सदस्यहरूसँगै साइडमा राखिएको सोफामा बस्थे । त्यसपछि प्रचण्डले गत मङ्सिर ५ गते अध्यक्षद्वयबीच कार्यविभाजन भएपछि प्रचण्डको कुर्ची पनि ओलीको कुर्चीसँगै राखियो । कोरोना महामारीपछि सामाजिक दूरी कायम गर्नुपर्ने भन्दै अध्यक्ष ओलीसँगै राखिने गरेको प्रचण्डको आसन पुनः हटाइयो ।


गत वैशाखमा भएका सचिवालय बैठकहरूमा अध्यक्ष प्रचण्डको कुर्ची र टेबल दूरीसहित ओलीकै आसनसँगै राखिन थालेको थियो । नेकपामा नेताहरू बस्ने पोजिसन नै विवादमा पर्दै आइरहेको छ । यसरी बहुमत प्राप्त गरेको पार्टी सानो सानो कुरामै अल्झिनले त्ससैमा हराउन थाल्ने हो भने जनताले दिएको कार्यदिशा पुरा नहु्ने तर्क गर्छन बाम विश्लेषकहरु । कम्यूनिष्टहरु जहिले पनि सडकमा हुदा देश परिर्वतन गर्ने चर्का नारा लगाएपनि सत्तामा पुगे पछि आफै परिर्वतन भएको विश्लेषकहरुको दावी छ । नेपालमा बहुमत प्राप्त गरेको कम्यूनिष्ट पार्टी स साना कुरामा अल्झिदा जनतामा निरासा छाउदै जाने देखिएको बाम विश्लेषकहरुको दावी छ ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board