काठमाडौं, १४ असार । नेपाल–भारत दुई देशबीचमा सीमा विवादले उत्पन्न गराईरहेको दरार कुटनीतिक पहलमा नै अडिनसक्नुपर्ने सिमाविद् एवम् राजनीतिकज्ञहरुले सुझाव दिदै आएका छन् । सन् १९६१ मा चीन र भारतबीचमा भएको युद्ध पश्चात् नेपालको कालापानी क्षेत्रमा भारतीय फौजको गस्ती बस्यो । चीनस“ग पराजित भएपछि नेपालका कालापानी क्षेत्रमा आफूहरु पहुनाको रुपमा बस्न भारतीय प्रथम प्रधानमन्त्री जवाहरलाल नेहरुले नेपालका राजा महेन्द्र वीर विक्रम शाहलाई अनुरोध पत्र लेखेको विषयमा एबीसी टेलिभिजनका प्रधानसम्पादक शुभशंकर कंडेलसग कार्यक्रम आउटलुमा कुरा गर्दै नेपालका वरिष्ठ राजनीतिज्ञ विश्वबन्धु थापाले खुलासा गर्नुभएको छ ।
लिपुलेक, कालापानी र लिम्पियाधुराको भू–भाग नितान्त नेपाली भूमी हो, र यो निर्विकल्प हो । यी भूभाग त अन्य कुनै देशको विन्दु या भनौं बफर जोन होइनन्, यी त हुन् भौगोलिक अखण्डतासहितको नेपाल ।
वास्तमा नेपाल–भारतबीचको सम्बन्ध सुमधुर प्रकृतिको हो । भारतीय प्रथम प्रधानमन्त्री जवाहरलाल नेहरु र नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री विश्वेश्वरप्रसाद कोइरालाबीचको विशेष सम्बन्धले रचेको नेपाल भारत स्वतन्त्रता संग्रामको ईतिहासले पनि यो पुष्टि गर्छ की, नेपाल भारतबीचको दरार दुवै देशका लागि उत्तिकै घातक छ । सन् १९६१ मा चीन र भारतबीच युद्ध हुदा नेपाली भूमी कालापानी क्षेत्रमा भारतीय फौजहरु बसे र यत्तिकैमा दुई देशबीच वैमनस्यता पैदा भयो, यो भन्न पनि गाह्रो छ । पुराना राजनीतिज्ञ विश्वबन्धु थापाका अनुसार सन् १९६२ मा चीनसग युद्धमा पराजित भएपछि कालापानी क्षेत्रमा केबल पाहुनाको रुपमा केही दिन बस्न तत्कालीन भारतीय प्रधानमन्त्री जवाहरलाल नेहरुले तत्कालीन राजा महेन्द्रलाई अनुरोध पत्र लख्नुभएको थियो । नेपालले पनि त्यो बेला अस्वीकार गर्न सकेन । तर, कालापानी क्षेत्रमा बस्नलाई अनुरोध पत्र लेख्ने भारतले अहिलेसम्म त्यस क्षेत्रका क्याम्पहरु भने हटाएको छैन ।
वरिष्ठ राजनीतिज्ञ थापाका अनुसार जवाहरलाल नेहरु अलि डेमोक्रेटिक भएपनि ईन्दिरा गान्धि लगायतकाले नेपालमै गिद्देनजर लगाईरहेका थिए । एक हिसाबले त्यसबेला भारतले नेपाल नै खान लाग्यो भन्ने चिन्ता लागेको थापा बताउनुहुन्छ । पूर्वका तमोर र अरुण खोलाका बा“ध बान्ने विषयमा पनि अझै विवाद नै छ । यसमा पनि भारतले पानी कटौती गर्ने र बिजुली निकाल्ने उद्देश्यकासाथ आ“खा गाडिरहेको छ । नेपालले आफ्नो नदीको पानीबाट बिजुली निकालेर भारतलाई बेच्ने कल्पना नगर्दा पनि हुन्छ, किनकी यसको लागि भारतले बन्देज लगाईसकेको छ । यी विभिन्न ढंगबाट भारतले नेपाललाई नुनचुक छर्किरहेको राजनीतिज्ञहरुले विश्लेषण गरिरहेका छन् ।
नेपाल र भारतबीचमा भएका केही समान आदर्श, सनातन धर्म संस्कृतिको विरासतका कारण पनि भारतका मामुली अफिसरले समेत नेपालमा गोटी खेलिरह्यो, नेपालको किचलो सरकारले पनि भारतलाई यो अवसर दिलाईरह्यो । नेपालका राजा, महाराजाहरु पनि भारतकै दाजुभाई हुन्थे । ईन्दिरा गान्धिले त तत्कालीन प्रधानमन्त्री विश्वेशर प्रसाद कोइरालालाई बोलाई – बोलाई नै नेपालका केही मन्त्रालय नै माग गरेको वरिष्ठ राजनीतिज्ञ थापाले बताउनुभयो । अहिले त उत्तर कोरियास“ग नै अमेरिका डराउनुपर्ने अवस्था छ । शक्ति राष्ट्रहरुले जुनसुकै बेला जहा“बाट पनि आक्रमण गर्न सक्छन्, यसर्थ, बढी हल्ला गरेर बुद्धिचाल गर्नुभन्दा बुद्धिमतापूर्वक बागचाल खेल्नुपर्ने थापा सुझाउ“नुहुन्छ ।
झण्डै २ सय वर्षभन्दा बढीको यो अवधिमा कालापानी क्षेत्रसग भारत र चीनको पनि सामाजिक सम्बन्ध झन्–झन् प्रगाढ भईरहेको छ । त्यसो त भारतसग चीन, नेपाल र पाकिस्तानस“ग पनि सीमाविवाद उस्तै छ, यसले भारतको अन्तराष्ट्रिय छवि राम्रो बनाईरहेको छैन । भारतले चीनस“ग पनि वार्ता गर्न चाहेको थिएन तर चीनले सीमामा ५ हजार सेना बढाएपछि भारत चीनस“ग वार्ता गर्न तयार भएको थियो । नेपालले पटक–पटक सीमा विवादलाई सुल्झाउन वार्ताको नोट लेखिरहेको छ तर यसलाई भारतले थकाउने, गलाउने र आलटाल गर्ने नीति अवलम्वन गरिरहेको छ । त्यसो त, धेरै पर जान पर्दैन, वि.सं.२००७ सालको प्रजातन्त्रकै सेरोफेरोमा समेत नेपालका बुद्धिजिवी र राजनीतिज्ञहरुलाई नै लिपुलेक, कालापानी र लिम्पियाधुराबारे ज्ञान थिएन । जुम्ला भन्ने नै थाहा थिएन, वरिष्ठ राजनीतिज्ञ थापा बताउनुहुन्छ ।
नेपाल–भारत बीचको सीमा विवाद यति लामो समयसम्म सुल्झन नसक्नुमा हाम्रै नेतृत्वकर्ताहरु पनि कहि न कहि चुके भन्ने साबित गरिरहेको छ । तर, अहिलेको अवस्थामा नेपालले पनि ती विवादित नेपाली भूमी समेटेर संविधान संशोधन मार्फत निशान छाप नै परिवर्तन गरिसकेको छ । अब सबै तथ्य, प्रमाणहरु नेपालकै पक्षमा रहिरहेको बेला शान्त कुटनीतिक, द्विपक्षीय सम्बन्ध सुधार, अन्तराष्ट्रिय छवि सबैलाई मध्यनजर गर्दै सफल कुटनीतिक ट्याक्टिस् नेपालले अवलम्वन गर्न सक्नुपर्छ ।
COMMENTS