29 June, 2020 4:32 pm


भारतमा एकै दिनमा १९ हजार ४०० भन्दा बढी कोरोना संक्रमण

नयाँदिल्ली, १५ असार । भारतमा दैनिक हजारौको संख्यामा नयाँ संक्रमितहरु थपिदै गएकाले कुल सङ्क्रमितको संख्या ५ लाख ४८ हजार ३१८ पुगेको छ । सरकारी अधिकारीहरुले सोमबार बिहान सार्वजनिक गरेको जानकारीअनुसार पछिल्लो २४ घण्टामा मात्रै १९ हजार ४५९ जना संक्रमित भएका छन् ।

भारतमा गएको २४ घण्टामा ३८० व्यक्तिको मृत्यु भएपछि कोरोनाबाट मृत्यु हुने व्यक्तिको सङ्ख्या १६ हजार ५०७ पुगेको छ । देशभरी अहिले २ लाख १० हजार १२० जना संक्रमित अवस्थामै रहेका छन् भने संक्रमणमुक्त हुनेहरुको संख्या ३ लाख २१ हजार ७२३ पुगेको छ ।

कोरोनाभाइरसबाट सवैभन्दा धेरै महाराष्ट्र प्रदेश प्रभावित भएको छ । सो प्रदेशमा कोरोनाभाइरसबाट संक्रमित भएका र मृत्यु भएकाहरुको संख्या सवैभन्दा धेरै रहेको छ ।

महाराष्ट्रमा मात्रै अहिलेसम्म १ लाख ६४ हजार ६२६ जना संक्रमित भएका छन् । त्यसैगरी केन्द्रिय राजधानी समेत रहेको दिल्ली प्रदेशमा ८३ हजार ७७ जना संक्रमित भएका मन्त्रालयका अधिकारीहरुले जानकारी दिएका छन् ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board