30 June, 2020 1:12 pm


वर्षौदेखि खानेपानीको समस्या हट्यो, गाउँमा छायो खुशी

रामपुर, १६ असार । वर्षौदेखि खानेपानीको समस्या भोग्दै आइरहेका रामपुर नगरपालिका– ४ काँसजरी गाउँमा खानेपानी सुुविधा पुगेको छ । रामपुरमा खानेपानी सङ्कट सम्बन्धी समाचार सम्प्रेषण भएपछि सो गाउँमा खानेपानी योजना अगाडि बढाइएको थियो ।

रामपुर नगरपालिका र रामपुर साना शहरी खानेपानी तथा सरसफाई आयोजनाको समन्वयमा पहिलो पटक गाउँमा खानेपानी योजना सम्पन्न भएको हो । अहिले यहाँका स्थानीयवासी खुशी छन् ।

नगरपालिकाको रु ५ लाख र खानेपानी आयोजनाले प्राबिधिक सेवा सुबिधा दिएपछि योजना सफल भएको रामपुर– ४ का वडा सदस्य तथा नगर कार्यपालिका सदस्य सिमादेवी राना जानकारी दिए ।

नगरपालिकाको केन्द्र नजिकै रहेको सो गाउँका स्थानीयको दिनचर्या खानेपानी जोहो गर्दैमा बित्ने गर्दथ्यो । गाउँमा दिगो खानेपानीको प्रबन्ध नहँुदा पिउनेपानीदेखि गाईभैसीलाई खुवाउन, नुहाउन धुन, कुवा, खोल्सी तथा खोलामा पानी खोजेरै दैनिकी गुजारा चलाउनु पर्ने बाध्यताको अन्त्य भएकोमा स्थानीय भीमकुमारी सोतीले खुशी व्यक्त गरे ।

स्थानीय अमृता मल्ल पनि यसरी घर घरमा धारा जडान गरेर पानी आउँछ भन्ने आफूले कहिल्यै नसोँचेको बताए । सो आयोजनाले तीन दिनसम्म प्राबिधिक परिचालन गरेर गाउँका २५ धरधुरीका स्थानीयलाई खानेपानी सुबिधा उपलब्ध गराएको आयोजनाका अध्यक्ष राजुप्रसाद श्रेष्ठले जानकारी दिए ।

निःशुल्क रुपमा खानेपानी घर घरमा धारा जडान गरेर उपभोग गर्न पाउँदा यहाँका स्थानीय औधी रमाएका छन् । पानी उपभोग गरेरबापत मासिक शुल्क भने स्थानीय उपभोक्ताले बुझाउनुपर्ने हुन्छ । काँसजरी क्षेत्रका २५ घरधुरीका करिव दुइ सय खानेपानी सुविधाबाट प्रत्यक्ष लाभान्वित भएका छन् ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • news@nepalpage.com

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2025 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board