30 June, 2020 3:04 pm


नेकपा बैठकमा शुरुदिनदेखि कुर्सीकै लफडा, आज ४ जना शिर्षनेता पनि तलै बसे

काठमाडौँ ३० असार— काठमाडौँ — सत्तारुढ नेकपाको चौथो दिनको स्थायी कमिटी बैठकसम्म आइपुग्दा पनि कुर्सीकै लफडाले पछ्याइरहेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा जारी बैठकमा पहिलो दिनको बैठकमा दुई अध्यक्षका लागि सोफा र बांकी सचिवालय सदस्यकाका लागि मञ्चमा नै अलग्गै कुर्सीको व्यवस्था गरिएको थियो । बांकी स्थायी समिति सदस्यदहरुका लागि फ्लोरमा एउटा टेबलमा दुईजना बस्ने गरी सकुर्सीको व्यवस्था थियो ।

This image has an empty alt attribute; its file name is Nekapa.png
1 .पहिलो दिनको कुर्सी व्यवस्थापन, मञ्चमा दुई अध्यक्षका लागि सोफा, अरुका लागि कुर्सी

दोस्रो दिनको बैठकमा प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओली अनुपस्थित रेहका थिए । त्यो बैठकमा अध्यक्षका लागि किन ससोफा अरुका लागि कुर्सी भन्दै केही सदस्यले विरोध गरेपछि अध्यता गरेको प्रचण्डले सोफा हटाएर अरु सरहको सकुर्सीमा बसेका थिए ।

२.दोस्रो दिनको कुर्सी व्यवस्थापन, मञ्चमा प्रचण्डले सोफा हटाउन लगाएर अरु सरहको कुर्सीमा, ओली अनुपस्थित
३. तेस्रो दिनको कुर्सी व्यवस्थापन, मञ्चमा दुई अध्यक्षका लागि सोफा हटेर अरु सरह कुर्सी
तेस्रो दिनमा अध्यक्षद्धयलाई प्रश्न गर्दै स्थायी समिति सदस्य रघुबीर महासेठ ।
४. चौथो दिनको कुर्सी व्यवस्थापन, मञ्चमा दुई अध्यक्ष सहित ५ नेता समान कुर्सीमा

तेस्रसो दिनको बैठमा प्रधानमन्त्री एकैछिन पुगेका थिए । त्यो दिन पनि केहीलाई अलग्गै आसन र अरुलाई तल भन्दै पुरानै लफडा दोहरिएपछि ओलीले सबैलाई समान भन्दै उठेर हिंडेका थिए ।
त्यो दिन त प्रधानमन्त्री र सचिवालय सदस्य एकतिरको ढोकाबाट पस्ने अरु अर्को ढोकाबाट किन सम्म स्थायी समिति सदस्य रघुबीर महासेठले भन्नभ्याएका थिए ।
आज विहान ११ः ३० बजेदेखि सुरु भएको बैठकमा सीमा समस्या समाधानमै केन्द्रित भएर बोल्न बाँकी रहेका सचिवालयका चार नेताले बोल्ने कार्यसूची तय भएको छ ।

वरिष्ठ नेताद्वय झलनाथ खनाल र माधवकुमार नेपाल, सचिवालय सदस्य रामबहादुर थापा र महासचिव विष्णु पौडेल सीमा समस्यासम्बन्धी एजेण्डामा बोल्न बाँकी छ । बैठकमा शीर्ष नेताले बोलेपछि कोभिड–१९ को नियन्त्रण, रोकथाम र उपचारसम्बन्धी एजेण्डामा छलफल केन्द्रित हुने भएको छ । बैठकका लागि सात एजेण्डा तय भएका थिए । पहिलो दिनको बैठकमा दुई अध्यक्षले बोलेका थिए ।
आजको बैठकमा कुसर्सीको व्यवस्था फेरि बदलिएको छ । एकै खाले कुर्सी र टेबुलमा दुई अध्यक्ष बरिष्ठ नेता झलनाथ खनाल, माधव नेपाल र उपाध्यक्ष बामदेव गौतम मञ्चमा बसेका छन् भने अन्य सचिवालय सदस्य र स्थयी समिति सदस्यहरु फ्लोरमा बसेका छन् । आज सचिवालयका ४ जना सदस्यहरु कसुर्सीमा घटुवामा परेका छन् ।

आइतबार प्रधानमन्त्री ओलीले आफ्नो नेतृत्वको सरकार ढाल्न आफ्नै पार्टीका केही नेता तथा भारतीय राज्यसंयन्त्र र दूतावास लागि परेको भन्ने अभिव्यक्ति दिएको विषयलाई समेत सचिवालयकै सदस्यहरुले कुरा उठाइरहेको स्रातले बताएको छ । । गम्भीर र कूटनीतिक मयार्दाविपरीत प्रधानमन्त्रीले अभिव्यक्ति दिएको भन्दै बैठकमा प्रधानमन्त्रीसँग जवाफबरिष्ठ नेताहरुले नै जबाफ मागिरहेका छन् ।

बैठकअघि प्रधानमन्त्री र राष्ट्रपतिबीच भेट

पूर्वनिर्धारित समयअनुसार बैठक ११ बजेलाई तय गरिएको थियो । नेताहरु समयमै बालुवाटार पुगेका थिए । तर, प्रधानमन्त्री ओली भने राष्ट्रपतिलाई भेट्न शीतल निवासमा पुगेका थिए । प्रधानमन्त्री ओली राष्ट्रपति विद्यादेवी भण्डारीसँगको भेटघाट सकेर बालुवाटार फर्किएपछि स्थायी कमिटी बैठक सुरु भएको थियो ।
प्रधानमन्त्रीले के विषयमा जानकारी गराउन गएका हुने भन्ने विषयमा समेत स्थयी समितिका सदस्यहरुले कानेखुशी गरिरहेको एक नेताले बताए ।
आइतबार प्रधानमन्त्री ओलीले आफूलाई हटाउन भारत र आफू इतरका नेता लागेको भनेपछि ओलीले के कदम चाल्न खोज्दैछन् भन्ने सर्वत्र जिज्ञासससा उत्पन्न भएको छ । सामाजिक सञ्जालमा समेत प्रधानमन्त्री ओलीको तिव्र कटाक्ष भइरहेको छ ।
प्रधानमन्त्री ओलीको आइतबारको अभिव्यक्तिले काठमाडौंमा मात्र नभएर दिल्ली सम्मै राम्रो चर्चा पाएको छ ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board