1 July, 2020 1:05 pm


विदेशमा अलपत्र नेपाली कुन देशबाट कतिजना आईसके नेपाल ?

काठमाडौं १७ असार । विदेशमा विभिन्न समस्यामा अलपत्र परेका नेपालहिरुलाई सरकारले नेपाल ल्याउन कार्य गरिरहेको छ । कतारको दोहाबाट १५४ जना नेपाली काठमाण्डौ आइपुगिसकेका छन् भने अरु देशबाट पनि नेपाली लिएर जहाज आउदै गरेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थले जानकारी दिएको छ ।

कतारबाट नेपाल एअरलाइन्सको चार्टर्ड उडानमार्फत ६ महिला र १४८ जना पुरुष आज स्वदेश आइपुगेका हुन् । जहाजले कतारमा ज्यान गुमाएका एक नेपालीको शव पनि ल्याएको छ । आज हिमालय एअरलाइन्सको अर्को चार्टर्ड उडानमार्फत पनि कतारबाट नेपालीहरु फर्कंदै छन् ।

यस्तै आज कुवेतमा आममाफीमा सहभागी नेपालीलाई कुवेतले जजिरा एअरको दुई उडानमार्फत नेपालीलाई स्वदेश पठाउँदैछ । यूएईको दुबईबाट नेपाल एअरलाइन्स र आबुधाबीबाट हिमालय एअरलाइन्सले नेपाली लिएर आउनेछन् भने दुबईबाट फ्लाई दुबईले पनि नेपाली लिएर आउदैछ ।

मलेसियाको क्लालाम्पुरबाट मलेसियन एअरलाइन्स पनि आज नेपाल आउदैछ । आज साउदीबाट पनि दुई उडानमार्फत नेपाली स्वदेश फर्कंदै छन् । साउदीको रियाद र दमामबाट हिमालय र नेपाल एअरलाइन्सको चार्टर्ड उडानमार्फत नेपाली स्वदेश फर्कंदै छन् ।

आजै नेपाल एअरलाइन्सका जहाज नेपाली लिन कुवेत र साउदीको जेद्दा जाँदैछन् । आज नेपाली ल्याउन र लिन जानका लागि १२ वटा अन्तर्राष्ट्रिय उडान हुने विमानस्थलले जनाएको छ ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • news@nepalpage.com

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2025 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board