2 July, 2020 7:08 pm


२४ घण्टामा यूर्टन भएको नेकपाको राजनीतिक गतिविधी (सबै घटना क्रमसहित)

कविराज विसी / प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले नेपालको नयाँ नक्सा जारीगरे सँगै भारतसँग मिलेर आफ्नै पार्टीका नेताहरूले सरकार ढाल्न खोजेको भन्दै सार्वजनिक अभिव्यक्ति दिएपछि नेकपाभित्र ओलीमाथि असन्तुष्टि चुलियो ।

१ झम्सीखेल भेला
सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का ३१ स्थायी कमिटी सदस्य प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीको विपक्षमा भेला भए र ओलीले प्रधानमन्त्री र पार्टी अध्यक्ष दुबै पद छाड्नुपर्ने वरिष्ठ नेताहरुको मागमा आफ्नो समर्थन जनाएका छन् ।

नेकपा स्थायी कमिटीको मंगलबारको बैठकमा अध्यक्ष प्रचण्ड, वरिष्ठ नेता माधवकुमार नेपाल, झलनाथ खनाल, उपाध्यक्ष बामदेव गौतमसहित १७ नेताले प्रधानमन्त्री ओलीको पछिल्लो अभिव्यक्तिमाथि प्रश्न उठाएका थिए । ओलीले बुधबार विहान आफू निकटका साथै प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपाल निकट मानिएका केही स्थायी कमिटी सदस्यहरुलाई बालुवाटारमा बोलाएर आफूमाथि सबैतिरबाट आक्रमण भएको भन्दै सहयोगका लागि आग्रह गरे । यो बैठकमा रामबहादुर थापा बादल, लेखराज भट्ट, मणि थापा र टोपबहादुर रायमाझी, धनश्याम भुसाल र योगेश भट्टराई पनि सहभागी थिए ।

बैठकमा नेताहरुले जारी स्थायी कमिटी बैठक रोकेर अध्यक्ष प्रचण्ड र सचिवालय सदस्यहरुसँग सम्वाद गर्न ओलीलाई सुझाएका थिए । लगतै बसेको स्थायी कमिटीको बैठक पनि लीलामणि पोखरेल, मात्रिका यादव, योगेश भट्टराई, मुकुन्द न्यौपाने र नन्दकुमार प्रसाईँ बोलेपछि स्थगित भयो ।

नेपाली कांग्रेसका सांसद ज्ञानकुमारी छन्त्यालको निधन भएकाले संसदले शोक प्रस्ताव पारित गर्ने र त्यहाँ सबै सांसद उपस्थित हुने भनेर बैठक स्थगित गरिएको थियो । स्रोतका अनुसार वरिष्ठ नेता माधवकुमार नेपाल र प्रवक्ता नारायणकाजी श्रेष्ठ प्रकाशले भने एक घण्टापछि पुनः बैठक बस्नुपर्ने माग गरेका थिए ।

स्थायी कमिटी स्थगित गरेका नेताहरू साँझ छुट्टै भेला थिए । झम्सिखेल भेलामा सहभागी स्थायी कमिटीका बहुमत सदस्य ओलीको नेतृत्वमा पार्टी र सरकार दुबै चल्न सक्दैन भन्ने सामूहिक निश्कर्षमा पुगे । तर, जे निर्णय भएपनि सकेसम्म सहमतिकै आधारमा हुने बताउँदै एक नेताले भने, ‘भोलि बिहान अध्यक्ष प्रचण्डले स्थायी कमिटीका अरु नेताहरुसँग पनि छलफल गर्नुहुन्छ । सर्वसम्मत निर्णय हुने सकेन भने बहुमतको निर्णय सबैले मान्नुपर्छ, केपी ओलीले पनि मान्नुपर्छ ।’ यस्तै एजेण्डा बनाउदै बैठक सकियो ।

प्रधानमन्त्रीलाई पार्टी निर्णय मान्न बाध्य पार्ने रणनीति तय
विहिवार विहान
प्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष केपी शर्मा ओलीको दुबै पदबाट राजीनामा मागिरहेका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बिहीबार बिहान खुमलटार स्थित आफ्नो निवासमा ओली निकट स्थायी समिति सदस्यलाई छलफलका लागि बोलाए । खुमलटार श्रोतका अनुसार अध्यक्ष दाहालसँग छलफलका लागि ओली पक्षका विष्णु पौडल, ईश्वर पोखरेल, शंकर पोखरेल, विष्णु रिमाल, सुवास नेम्वाङ र प्रदिप ज्ञवाली पुगेका थिए । यसैगरी छलफलका लागि प्रचण्ड–नेपाल गुटका जनार्दन शर्मा, वर्षमान पुन, सुरेन्द्र पाण्डे, हरिबोल गजुरेल र मात्रिका यादव लगायतका छन्।

प्रधानमन्त्री निकटस्थहरूले पनि अहंकारको मात्रा बढेको उल्लेख गर्दै अब सुधारेर अघि बढ्नका लागि अर्का अध्यक्ष प्रचण्डसँग हार्दिकतापूर्ण साइनो गाँस्न सुझाव दिएका छन् तर ओलीले आफू कसरी अघि बढ्ने ठ्याक्कै भनिसकेका छैनन् । तर पछिल्लो विवादलाई हेर्दा प्रधानमन्त्री ओलीले केही विकल्पबारे भने सोचिसकेको उनी निकटस्थहरूको भनाइ छ । स्थायी कमिटी बैठक सुरु हुनुअघि नै ओलीनिकट नेताहरूलाई यसपालिको बैठक उनका लागि केही अप्रिय र कठोर हुन सक्छ भन्ने आकलन थियो ।

झम्सीखेल भेला डर सगै चुनौती : प्रधानमन्त्रीका सम्भावित ५ रणनीति
११ बजे पछि
आज ११ बस्ने भनिएको स्थायि कमिटी बैठकमा प्रधानमन्त्रीले प्रचण्डलाई यसरी अल्झा

बिहीबार बिहान ११ बजे प्रधानमन्त्री निवास बालुवाटारमा नेकपाको स्थायी कमिटी बैठक डाकिएको थियो । बीचैमा प्रधानमन्त्री ओलीले १२ बजे मन्त्रिपरिषद् बैठक बोलाए ।
हतार–हतार मन्त्रिपरिषद् राखेर संसद अधिवेशन अन्त्य गराउन लागेको सुनेपछि अर्का अध्यक्ष प्रचण्डले ओलीसँग चासो राखे, ‘यता ११ बजे पार्टीको बैठक चल्दैछ, १२ बजे नै किन क्याबिनेट राख्नुपर्‍यो ?’ प्रधानमन्त्रीले संसद अधिवेशन अन्त्य गर्ने एउटा मात्रै एजेण्डामा एकैछिन बैठक गर्न लागिएको जानकारी दिए । ‘यसरी हतार–हतार संसद अधिवेशन किन अन्त्य गर्ने ? जे गर्ने हो, पार्टीमा सल्लाह गरौंला अनि निर्णय गरौंला,’ प्रचण्डले यसो भनेपछि प्रधानमन्त्री ओलीले ‘विचार गरौंला’ भन्ने जवाफ दिएका थिए ।

पछि सुटुक्कै कतिपय मन्त्रीहरूसमेत बैठकमा आउन नभ्याउँदै प्रधानमन्त्री ओलीले हतार–हतार क्याबिनेट बैठक राखे र संसद अधिवेशन अन्त्यका लागि राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरे । पार्टीका नेताहरूले अहिले नगरौं भनेर अनुरोध गर्दागर्दै प्रधानमन्त्रीले आफ्नो अधिकार प्रयोग गरे ।

बुधबार बेलुका ललितपुरको झम्सीखेलमा सम्पन्न ३० नेताहरूको भेलाले प्रधानमन्त्री ओलीले पार्टीको निर्णय मान्ने प्रतिबद्धता जनाउनुपर्ने निर्णय गरेका थिए । तर प्रधानमन्त्री ओलीले त्यसको ठिक उल्टो व्यवहार देखाएर पार्टी नेताहरूको आग्रहलाई लत्याइदिए ।

प्रधानमन्त्री शीतल निवासमा : मन्त्रिपरिषद् बैठकपछि मात्र स्थायी कमिटी बैठक

प्रधानमन्त्री ओलीले स्थायी कमिटीलाई अटेर गरेर संसद अधिवेशन अन्त्य गरेपछि बिहीबार स्थायी कमिटीका नेताहरू थप सशंकित र आक्रोशित भए । लगत्तै प्रधानमन्त्री ओलीसँग अध्यक्ष प्रचण्डले कुरा बुझ्ने भन्दै केहीबेरका लागि स्थायी कमिटी बैठक स्थगन गरियो । नेताहरु बालुवाटारमै टहलिन थाले भने अध्यक्ष प्रचण्डचाहिँ प्रधानमन्त्री ओलीसँग सम्वाद गर्नतिर लागे ।

प्रचण्डले प्रधानमन्त्री ओलीलाई भेटेर सोधे, ‘तपाईंले किन यसो गर्नुभएको ? यो त गल्ती भयो । यहीँनेर मिटिङ चलिरहेको छ, तपाईले पार्टीलाई थाहासम्म निदिई लुकिछिपी किन यस्तो निर्णय गर्नुभो ? जवाफमा स्रोतका ओलीले तपाईंहरुले सकेको तपाईहरु गर्नुस् मैले मेरो बाटो लिएँ’ बताए ।

नेकपा उच्च स्रोतका अनुसार प्रचण्डले प्रधानमन्त्री ओलीलाई सोधे, के तपाईले संसद विघटन गरेर अस्तिको जस्तै पार्टी फुटाउने अध्यादेश फेरि ल्याउन लाग्नुभएको हो ? जवाफमा प्रधानमन्त्रीले भने, ‘हैन, अहिले एक–दुई दिनलाई आउँदैन ।’त्यसपछि अध्यक्ष प्रचण्ड स्थायि कमिटीको बैठक रोकेर बालुवाटारबाट सिधै शीतलनिवासतिर राष्ट्रपतिलाई भेट्न हिँडे ।

विहीबार बिहान मन्त्रिपरिषदको बैठक बस्नुपूर्व प्रधानमन्त्री ओलीले पनि राष्ट्रपतिलाई भेटेका थिए । राष्ट्रपतिसँग कुरा गरेपछि क्याबिनेट बैठक राखेर संसद बैठक स्थगनको सिफारिस शीतलनिवास पठाइएको थियो । र, क्याबिनेट बैठकले संसद अधिवेशन अन्त्यको सिफारिस गर्नासाथ राष्ट्रपतिबाट त्यसलाई हतार–हतार सदर गरिएको थियो ।

अब प्रधानमन्त्रीले त्यसैगरी पार्टी फुटाउने अध्यादेश ल्याउनासाथ राष्ट्रपतिबाट स्वीकृत हुने हो कि भन्ने लागेपछि प्रचण्ड बालुवाटारबाट राष्ट्रपतिसँग छलफल गर्न शीतलनिवास गएको स्रोतको भनाइ छ ।

प्रचण्ड राष्टपतिसंग भेट गरे लगतै बालुवाटार फर्किए र स्थायि कमिटि बैठक संचालन गरे । शीतलनिवासबाट प्रचण्ड बालुवाटारमा फर्किएर स्थायी कमिटीको बैठकमा सहभागी हुँदा अपरान्ह चार बजिसकेको थियो । प्रधानमन्त्री ओलीलाई बैठकमा आउन नेताहरुले आग्रह गरे । तर, उनी आउन मानेनन् ।

प्रधानमन्त्री बैठकमा आउन तयार नभएपछि भोलि शुक्रबार प्रचण्ड र अरु नेताहरुको टीमले प्रधानमन्त्रीसँग थप छलफल गर्ने र शनिबार बिहान ११ बजे पुनः बस्ने गरी स्थायी कमिटीको बैठक स्थगन भएको घोषणा भयो ।

स्थायी कमिटीका एक सदस्यले भने अब भोलि प्रधानमन्त्री ओलीसँग पार्टीको अवज्ञा किन गरिएको, बैठकबाट किन भागेको र लुकिछिपी संसदको बैठक किन स्थगन गरेको भनेर जवाफ मागिने छ र पर्सि पुन बैठक बस्नेछ ।’


यता प्रतिपक्षदल नेपाली काँग्रेसले अधिवेशन अन्त्य गरेपछि असन्तुष्ट बनेको छ

प्रधानमन्त्री ओलीले विहीबार पार्टीलाई मात्रै अटेर गरेनन्, संसदीय मूल्य मान्यतामाथि पनि प्रहार गर्ने काम गरेको प्रतिपक्षले आरोप लगाएको छ ।

संसद अधिवेशनको अन्त्य गर्नेबेलामा राष्ट्रिय सभाका अध्यक्ष र प्रतिनिधिसभाका सभामुखसँग परामर्श गरेर निर्णय लिने संसदीय परम्परा रहँदै आएको छ । तर, प्रधानमन्त्री ओलीले सभामुख अग्निप्रसाद सापकोटालाई थाहै दिई संसद अधिवेशन अन्त्यको निर्णय गरेका छन् । प्रधनमन्त्रीको यस्तो कदमप्रति विपक्षी नेपाली कांग्रेससमेत असन्तुष्ट बनेको हो । स्थायि कमिटि बैठक स्थगित गरे सगै ओली र प्रचण्ड–नेपाल गुट आफ्नो राजनीतिक दाउपेच आ–आफ्नो पोल्टामा पार्ने हिसाव गर्न गुटो भेला तर्फ लागेका छन् ।

यसैवीच आजै प्रधानमन्त्री केपी ओलीको समर्थनमा माइतिघर मण्डलामा सरकार ढाल्न पाईदैन भन्दै नारा जुलुस समेत गरिएको थियो ।

यसरी नेकपा विग्रहको अवस्था आउनु पक्कैपनि आम कम्युनिष्ट विचार बोकेका नेता कार्यकतामा विचलन पैदा गर्नु हो भने कम्यूनिष्ट प्रति वितृष्णा फैलाउने काम मात्र हुने देखिन्छ । तसर्थ नेपालमा विभाजित कम्युनिष्ट आन्दोलनलाई एकीकृत गर्दै समाजवाद स्थापनाको ऐतिहासिक कार्यभारसहित एकताबद्ध भएर अघि बढेको परिवेशमा विवादको बखेडा बन्द गरि संम्वाद र वार्ताका माध्यमबाट माझिन आवश्यक छ ।

पार्टी एकताको मूल भावनानुरुप एकताको बाँकी काम टुङ्गोमा पु¥याउने कार्यमा जिम्मेवार ढङ्गले लाग्न पर्ने अवस्था दम्वको राजनीति त्याग्नु नै उत्तम हुने छ । कोभिड–१९ को महामारी, सीमा समस्या र आर्थिक संकट समाधान गर्न सिङ्गो राष्ट्रिय एकताका साथ अगाडि बढ्नु अहिलेको आवश्यकता रहेको जनाउँदै जिल्ला नेताहरुले अहिले जनतामा नकारात्मक सन्देश प्रवाह भएकाले नेतृत्वले जिम्मेवार तरिकाबाट एकताको भावनालाई मजबुत बनाउँदै सहमतीय पद्धति अबलम्बन गर्न आवश्यक छ ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board