3 July, 2020 12:50 pm


ओली र प्रचण्डबीच निर्णायक वार्ता हुँदै, अन्य नेताहरु पनि आन्तरिक संवादमा

काठमाडौं, १९ असार । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच वार्ता सुरु भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको वार्तामा पार्टीमा देखिएको विवादमा केन्द्रित रहेको छ र यो वार्ता निर्णायक हुने बुझिएको छ ।

नेकपा स्थायी कमिटी बैठक चल्दैगर्दा ओलीले संसद अधिवेशन अन्त्य गरेपछि अन्तिम पहलका लागि भन्दै हिजो नेकपा स्थायी कमिटी बैठक स्थगित गरिएको थियो । ओली र प्रचण्डबीच पार्टीमा देखिएको विवाद समाधानका लागि बालुवाटारमा वार्ता भएसँगै अन्य नेताहरु पनि आन्तरिक संवादमा जुटेका छन् ।

आज दिनभर अध्यक्षद्वय मात्र नभएर सचिवालयका अन्य नेताहरुबीच पनि अनौपचारिक तथा औपचारिक छलफल हुनेछन् । प्रचण्ड-माधव समूहका बहुमत नेताहरुले ओलीलाई प्रधानमन्त्रीबाट हट्न भनेका छन् । तर, प्रधानमन्त्री ओलीले अध्यक्ष र प्रधानमन्त्री दुबै पद नछाड्ने अडान राख्दै आएका छन् ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board