3 July, 2020 3:35 pm


ओली-प्रचण्डबीच छलफल सकियो, असमझदारी सहमतितर्फ उन्मुख

काठमाडौँ, १९ असार । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’बीचको छलफल सकिएको छ । वार्तामा सहभागी एक नेताका अनुसार नेकपामा चुलिएको विवाद समाधानका लागि भएको दुई अध्यक्षबीचको छलफल सहमतितर्फ उन्मुख भएको संकेत गरे । तर, करिब सवा दुई घण्टा लामो चलेको वार्तामा भएको छलफल बारे के निर्णय भयो जानकारी गराइएको छैन ।

अध्यक्षद्वयसँग महासचिव विष्णु पौडेल र स्थायी कमिटी सदस्य जनार्दन शर्मा प्रभाकरको पनि उपस्थिति रहेको रहेका थिए । पार्टीभित्र असमझदारी बढेपछि त्यसलाई सल्टाउन दुई अध्यक्षबीच निर्णायक वार्ता भएको बुझिएको छ । तर, बैठकमा भएको निर्णयबारेको जानकारी नगराइएपछि बैठकमा के भएको हो ? अन्यौल छ ।

दलका नेताहरूले दुई अध्यक्षबीच सहमति हुनुपर्ने र पार्टी फुट्नबाट जोगाउनुपर्ने दबाव दिइरहेका बेला दुई अध्यक्षबीच वार्ता भएको हो । शनिबार बिहान ११ बजे पार्टीको स्थायी कमिटीको बैठक आव्हान गरिएको छ ।

आज शुक्रबार बिहानदेखि दोस्रो पुस्ताका नेताहरूको पनि सक्रियता बढेको छ । दुई पक्षीय नेताहरू एकै ठाउँमा जम्मा भएर छलफल गरिरहेका दुई अध्यक्षको नेतृत्वमा पार्टी एकता गरिएकाले अहिले देखिएको समस्याको समाधान पनि दुई अध्यक्षले दिनुपर्ने सुझाव दोस्रो पुस्ताका नेताहरूको छ ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board