काठमाडौं, १९ असार । शुक्रबार नेपालमा ७४० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना भाइरस संक्रमितको संख्या १५ हजार २ सय ५९ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।
मन्त्रालयका अनुसार कोरोना भाइरस संक्रमण निको भएर डिस्चार्ज हुनेको कुल संख्या ६ हजार १ सय ४३ पुगेको छ ।
मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले सो जानकारी दिए अनुसार बितेको २४ घण्टामा ८२३ जनाले कोरोनाभाइरस संक्रमण जितेका हुन् । योसँगै संक्रमण निको हुनेको कूल संख्या ६ हजार १४३ पुगेको छ ।
यसैगरी कोरोनाबाट काठमाडौं नयाँ बानेश्वरका ८५ वर्षीय पुरुषको मृत्यु भएको छ । उनको असार १७ गते मृत्यु भएको गौतमले जानकारी दिए । योसँगै कोरोनाबाट मृत्यु हुनेको संख्या ३२ पुगेको छ ।
COMMENTS