4 July, 2020 9:37 am


नेकपा अध्यक्षद्धय ओली र प्रचण्डबीच आज निर्णायक वार्ता हुदैँ


काठमाडौं, २० असार । सत्तारुढ नेकपामा चुलिएको विवाद मिलाउँन आज पनि दुई अध्यक्षबीच छलफल हुँदैछ । स्थायी समितिको बैकठ बस्नुअघि अध्यक्ष तथा प्रधानमन्त्री केपी ओलीसँग निर्णायक र अन्तिम वार्ताका लागि प्रचण्ड केहीबेरमा बालुवाटार जाँदैछन् ।

वार्तामा को–को बस्छन् प्रष्ट भइसकेको छैन। तर, आज ओली र प्रचण्डबीच निर्णायक वार्ता हुने नेकपा स्रोतले जनाएको छ । चालु स्थायी समिति बैठकमा सहभागी अधिकांश सदस्यले ओलीले प्रधानमन्त्री र अध्यक्ष दुबै पदबाट राजीनामा दिनुपर्ने अडान लिएपछि नेकपामा विवाद चुलिएको छ । विवाद समाधानका लागि ओली र प्रचण्डबीच शुक्रबार पनि छलफल भएको थियो।

ओली र प्रचण्डबीचको छलफलपछि आजै स्थायी समिति बैठक बस्ने तयारी छ। पार्टीमा बढेको विवाद समाधानका लागि भन्दै शुक्रबारदेखि स्थायी समिति बैठक स्थगित छ । आज ११ बजे स्थायी समिति कमिटी बैठक राखिएको छ ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board