5 July, 2020 7:24 am


विश्वभर कोरोना संक्रमितको संख्या १ करोड १३ लाख ७१ हजार नाघ्यो : ६४ लाख ३३ हजार बढी निको

काठमाडौं, २१ असार । विश्वभर कोरोना भाइरसको संक्रमणबाट एकै दिन १ लाख ८९ हजारभन्दा बढी संक्रमित भएका छन् । आपछिल्लो २४ घण्टामा १ करोड १३ लाख ७१ हजार ९८९ जना संक्रमित भएका छन् ।

त्यसमध्ये १ लाख ८९ हजार ४१३ जना थपिएका संक्रमित हुन् । संक्रमण देखिएको ६ महिनाभन्दा बढी हुँदा निको हुनेको संख्या पनि क्रमिकरूपमा बढ्दै गएको छ । पछिल्लो २४ घण्टामा ६४ लाख ३३ हजारभन्दा बढी उपचारपछि निको भएका छन् । संक्रमित मध्ये मृत्यु हुनेको संख्या ५ लाख ३२ हजार ८६१ पुगेको छ । कोरोना भाइरसकै संक्रमणबाट युरोपियन मुलुकहरूमा १ लाख ९३ हजार ४३२ जनाको मृत्यु भएको छ ।

२४ लाख ६६ हजार ३६३ जना संक्रमित भएकोमा १४ लाख २४ हजार १२२ जना संक्रमणमुक्त भएका छन् ।

उत्तर अमेरिकी मुलुकहरुमा १ लाख ७४ हजार ४७३ जनाको मृत्यु भएको छ । संक्रमितको संख्या ३४ लाख २९ हजार ४०६ पुगेको छ । त्यसमध्ये १५ लाख २९ हजार ६७३ जना संक्रमणमुक्त भएका छन् ।

यस्तै एसियाली मुलुकहरूमा ६१ हजार ६१ जनाको मृत्यु भएको छ । २५ लाख २६ हजार ९२३ जना संक्रमित भएकोमा १७ लाख २८७ जना संक्रमणमुक्त भएका छन् ।

दक्षिण अमेरिकी मुलुकहरूमा ९२ हजार ६२३ जनाको मृत्यु भएको छ । २४ लाख ७२ हजार ६१ जना संक्रमित भएकोमा १५ लाख ४३ हजार ७९६ जना संक्रमणमुक्त भएका छन् ।

अफ्रिकी मुलुकहरूमा ११ हजार ११७ जनाको ज्यान गएको छ भने ४ लाख ६६ हजार १६८ संक्रमित छन् । संक्रमितमध्ये २ लाख २४ हजार ८०८ जना संक्रमणमुक्त भएका छन् ।

त्यस्तै अष्ट्रेलियासहित ओसिनियाका मुलुकहरुमा १२६ जनाको मृत्यु भएको छ । १० हजार ४ जना संक्रमित भएकोमा ८ हजार ९५२ जना संक्रमणमुक्त भएका छन् ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board