8 July, 2020 4:31 pm


प्रदेश अस्पतालमा थपियो पिसिआर, कोरोना परीक्षण शुरु

काठमाडौं, २४ असार । प्रदेश अस्पताल सुर्खेतमा कोभिड १९– को स्वाव परीक्षणका लागि नयाँ पिसिआर मेसिन थपिएको छ । प्रदेश अस्पतालले पशुपक्षी रोग अन्वेषण प्रयोगशालामा जडान गरेको उक्त मेसिनबाट कोरोना परीक्षण शुरु भएको छ ।

यहाँ सञ्चालित मेसिन बिग्रिदा डेढसातादेखि कोरोना परीक्षण हुन सकेको थिएन । सुर्खेतमा परीक्षण बन्द भएपछि यहाँबाट दैलेख, जुम्ला र नेपालगञ्ज परीक्षणका लागि पठाउनुुपरेको थियो ।

अस्पतालका निर्देशक डाक्टर डम्मर खड्काले नयाँ मेसिन जडान गरेर परीक्षण शुुरु गरिएको जानकारी दिए । उनका अनुसार नयाँ मेसिनले एक पटकमा ९६ वटा नमूना स्वाव परीक्षण गर्नसक्छ । प्रदेश सरकारको २४ लाख ९० हजार सहयोगमा उक्त मेसिन खरिद गरिएको हो । हाल कर्णालीमा सुर्खेतसहित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला र दैलेख जिल्ला अस्पतालबाट कोरोना परीक्षण हुँदै आएको छ । त्यस्तै, रुकुम पश्चिमको चौरजहारी सामुदायिक अस्पतालमा पिसिआर मेसिन जडान गरिएको छ ।

यस्तै, पछिल्लो २४ घण्टामा कर्णालीमा १६ जना डिस्चार्ज भएका छन् । यससँगै कर्णालीमा डिस्चार्ज हुनेको संख्या १२९१

यसैवीच कर्णाली प्रदेशमा पछिल्लो २४ घण्टामा २० जना कोरोना भाइरस ९कोभिड–१९०का संक्रमित थपिएका छन् । सुर्खेतस्थित प्रदेश अस्पताल र पशुपन्छी रोग अन्वेषण प्रयोगशाला र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, जुम्लामा भएको परीक्षणबाट थप २० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो ।

सामाजिक विकास मन्त्रालयको स्वास्थ्य सेवा महाशाखाका अनुसार सुर्खेतका १३ जना, दैलेखका पाँचजना र मुगुका दुईजना रहेका छन् । सुर्खेतको वीरेन्द्रनगर नगरपालिका वडानम्बर ४, ६, ७, ९, १०, १२ का चारजना महिलासहित ११ जना र बराहताल गाउँपालिका र लेकबेसी नगरपालिकाका एकरएकजना पुरुष रहेका छन् ।

दैलेखको नौमुले गाउँपालिका वडानम्बर १ र ६ का तीनजना पुरुष र दुल्लु नगरपालिका वडानम्बर ४ र १२ का दुईजना पुरुष रहेका छन् । दुईजना युवक भने मुगुको खत्याड गाउँपालिका–७ का हुन् । यससँग कर्णालीमा कोरोना संक्रमितको संख्या १५५० पुगेको छ ।

यस्तै, पछिल्लो २४ घण्टामा कर्णालीमा १६ जना डिस्चार्ज भएका छन् । यससँगै कर्णालीमा डिस्चार्ज हुनेको संख्या १२९१ पुगेको छ । २५३ जना आइसोलेनमा छन् भने ६ जनाको मृत्यु भएको छ ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board