10 July, 2020 4:01 pm


बोलिभियाकी राष्ट्रपतिलाई कोरोनाभाइरस संक्रमण

बोलिभिया, २६ असार । बोलिभियाकी अन्तरिम राष्ट्रपति जेनिन अनेज चाभेजलाई कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । स्थानीय समयानुसार बिहीबार उनलाई कोरोनाभाइरस संक्रमण पुष्टि भएको अधिकारीहरुले जनाएका छन् ।

“मलाई कोरोनाभाइरसको संक्रमण भएको छ, मैले सामान्य महसुस गरेको छु र आइसोलेसनमै बसेर मैले मेरो काम गर्नेछु, उहाँले सामाजिक सञ्जाल ट्वीटरमा लेखेका छन् । ”बोलिभियाका स्वास्थ्य मन्त्री, केन्द्रिय बैंकका प्रमुख र राष्ट्रपति कार्यालयका प्रशासन प्रमुखलाई पनि कोरोनाभाइरसको संक्रमण भएको यसअघि नै पहिचान गरिएको थियो ।

यसअघि ब्राजिलका राष्ट्रपति जैर बोल्सोनारो पनि कोरोनाभाइरसबाट संक्रमित भएको समाचार सार्वजनिक भएको थियो । विश्वभरी अहिलेसम्म एक करोड २१ लाखभन्दा बढी मानिस कोरोनाभाइरसबाट संक्रमित भएका छन् । ती मध्ये पाँच लाख ५२ हजारभन्दा बढीको मृत्यु भएको जोन्स होप्कीन्स विश्वविद्यालयले छ ।

बोलिभियामा भने कोरोनाभाइरसबाट सक्रमितको संख्या झण्डै ४३ हजार पुगेको छ भने मृत्यु भएकाहरुको संख्या एक हजार पाँच सय भन्दा बढी पुगेको छ ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board