13 July, 2020 12:17 pm


१०४ वर्षे महिलाले कोरोनालाई घरमै बसेर जितिन्

काठमाडौं, २९ असार । १०४ वर्षे महिलाले घरमै बसेर कोरोनालाई जितेकी छन् । इङ्गल्याण्डको केन्टमा बसोबास गर्ने ग्रेस ग्रिनउड नाम भएकी ती महिला विगत तीन सातादेखि ओछ्यानबाट उठ्न सक्दैनथिन् ।

उनलाई सास फेर्न पनि गाह्रो भएको थियो । तर, उनलाई कोरोना संक्रमणको उपचार गर्न अस्पताल जानु परेन । अहिले उनी पूर्णरुपमा ठीक भएकी छन् ।

उनका परिवारका सदस्यहरुका अनुसार उनले जीवनमा धेरै कष्ट व्यहोरेकी छन् । आफ्नो जीवनको अधिकतम समय उनले बिरामीहरुको सेवामा बिताएकी छन् । त्यसैले पनि उनमा चुनौतीहरुको सामना गर्ने हिम्मत छ ।

ग्रेसको जन्म म्यानमार बर्मामा भएको थियो । उनले भारतमा नर्सको रुपमा केही समय काम गरेकी थिइन् । त्यसपछि लामो समुद्री यात्रा तय गर्दै उनी सन् १९४६ मा इङ्गल्याण्ड गइन् ।

लण्डनमा मेकअप आर्टिस्टको रुपमा काम गर्ने उनकी नातिनी क्रिस्टल अपोलोनिया भन्छिन्, ‘केही हप्ता अगाडि उहाँ बिरामी हुनुभयो । डाक्टरहरुले उहाँको स्वास्थ्य अवस्थाबारे जानकारी दिँदा हामी डराएका थियौं किनभने हामी जहाँ बसिरहेका छौं, त्यहाँ धेरै व्यक्तिको मृत्यु कोरोना संक्रमणबाट भएको छ ।’

उनी भन्छिन्, ‘कोरोना संक्रमण भएको जानकारी दिँदा पनि उहाँलाई केही फरक परेन ।’ क्रिस्टल भन्छिन्, ‘मेरी हजुरआमामा आत्मविश्वासी हुनुहुन्छ र उहाँ दैनिक कसरत गर्न चाहानुहुन्छ ।’

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board