13 July, 2020 6:08 pm


खानेपानीको हाहाकारः आर्सेनिक मिसिएको टयुलेटको पानी पिउन बाध्य गुलरिया नागरिक

दीपक शर्मा
बर्दिया, २९ असार । लामो समय देखि बर्दिया गुलरियाका नागरिकले धाराको पानी पिउन पाईरहेका छैनन । असारे विकासका कारण खानेपानिका पाइप लाइन काटिदा महिनौ देखि स्वस्च्छ पानी पिउन नपाएका नागरिकले सम्वन्धित निकायलाई जानकारी गराउँदा पनि ध्यान नदिएको आरोप लगाइरहेका छन् ।

खानेपानीको पाइप लाइन विभिन्न स्थानमा काटिएका कारण गुलरिया खानेपानि तथा उपभोक्ता सरसफाई सस्थाले पानि वितरण गर्न नसक्दा हजारौँ उपभोत्ताहरु आर्सेनिक मिसिएको टयुलेपको पानी पिउन बाध्य भएका छन । बजार तथा सहायक मार्गहरुमा नालि तथा बाटो चौडा बनाउने कार्य चलिरहदा खानेपानिका पाइप लाईन काटिन पुगेका हुन्, जसका कारण उपभोक्ताहरुले महिनौ देखि पानी पिउन पाएका छैनन् ।

बाटो चौडा तथा नालि निर्माण गर्दा समन्वयको अभावका कारण अहिले गुलरियाका नागरिकले सास्ती भोग्नु परेको छ । महिनौ देखि खानेपानी नआएका कारण समस्या भोग्नु परेको स्थानीय उपभोक्ता रञ्जित शाहले गुनासो पोखे । सडक चौडा तथा नालि निर्माण हुदा मनपरी तरिकाले डोजरले खन्नु तथा एक अर्काको समन्वय नहुनुका कारण अहिले पिउन पानीको हाहाकार हुदै गएको उनको गुनासो छ ।

धारामा पानी आएपनि पानी पिउन लायक नभएको हुँदा त्यसलाई फिल्टर गरेर पिउनु पर्ने बाध्यता रहेको स्थानीय बताउँछन् । गुलरियाको पुरानो खानेपानि संस्थाले खाने पानीको गुणस्तरलाई ध्यान नदिएको, पाइप लाईन विस्तारमा ध्यान नदिइएको जस्ता आरोप उपभोक्ताहरुले लगाइरहेका छन् ।

बर्दियाको गुलरिया क्षेत्रमा टयुलेटबाट पानी निकाल्दा आर्सेनिक अधिक रहेका हुँदा पिउन योग्य नरहेको भनेर प्रमाणित भैसकेको अवस्थामा अहिले महिनौ दिन देखि पानी नपाउँदा स्थानीय निरास बनेका हुन । खानेपानी वितरण प्रणाली ठिक नहुनु , समस्या आइपरेपनि चासो नदिनु जानकारी विना डोजर लगायर नालि निकाल्ने कार्यले गर्दा यो वर्षाको समयमा उपभोक्ताले सास्ती भोग्नु परेको छ ।

लकडाउनको समयमा समेत पानी नआउँदा लकडाउनका कारण सामान झिकाउन नसकिएको भन्दै आलटाल गरेको समितिले अहिले पनि पानि सहज रुपमा वितरण गर्न सकिरहेका छैन । गुलरिया खानेपानि तथा उपभोक्ता सरसफाई सस्थाले आइपरेका समस्यालाई उपभोक्ता सामु स्पष्ट पार्न नसकेका कारण पनि उपभोक्तामा आक्रोस बढेको हो । काम भन्दा कुरा ठुला हुने गरेका कारण अहिलेको समयमा पनि पानी पिउन नपाएको गुलरिया नगरवासीका लागी दुखको विषय बनेको छ ।

जनताको प्रत्यक्ष दैनिकि र अपरिहार्य आवश्यक्तासंग जोडिएको पानी माथी खेलवाड हुनु सामान्य विषय नभएको स्थानीय उपभोक्ताहरुको आरोप रहेको छ । बाटो निर्माण गर्दा विद्युत तथा खानेपानिको सम्वन्धित निकायलाई पनि जानकारी गराउँदा क्षति कम हुने र नागरिकलाई पनि सहज हुने खालको बातावरण मिलाउनु पर्ने आवश्यकता देखिन्छ ।

खानेपानि तथा सरसफाई डिभिजन कार्यालय बाकेले फिल्ड कार्यालय बर्दियामा राखेको छ । त्यहाँ सम्म नागरिकको पहुच छैन, भएपनि फिल्ड कार्यालयले केहि गर्न सक्ने अवस्था छैन । सामान्य समस्या समिति आफैले गर्ने हो ठुला समस्या आइपरेको खन्डमा फिल्ड कार्यालयले नेपालगञ्जमा रहेको कार्यालयमा जानकारी गराउने गरेको छ । तर, अहिले उपभोत्ताले पानी नपाइरहेको अवस्थामा आफुहरुले केहि गर्न सक्ने अवस्था नरहेको खानेपानि तथा सरसफाई डिभिजन कार्यालय फिल्ड अफिस बर्दियाका छविलाल वास्तोलाले बताए ।

गुलरिया खानेपानि तथा सरसफाई सस्थामा १ हजार २ सए ४८ उपभोक्ताहरु रहेका छन । अहिले बाटो तथा नाली निर्माण कार्य भैरहेका कारण पानी वितरण कार्य पुर्ण रुपमा बन्द हुदा १ हजार २ सए ४८ घरधुरीका दशौ हजार उपभोक्ताले पानी पाउन सकिरहेका छैनन । बाटो तथा नाली निर्माण चलिरहँदा समन्वयको अभावका कारण उपभोक्तालाई पानी वितरण गर्न नसकिएको गुलरिया खानेपानि उपभोक्ता तथा सरसफाई सस्थाका अध्यक्ष मिनराज शर्माले जानकारी दिए ।

सरकारले मौलिक हकको रुपमा खानेपानीलाई पनि राखेको छ । तर, मौलिक हकको रुपमा राखिएको भएपनि त्यसको कार्यान्वयन हुन नसक्दा मौलिक हक कागजमै मात्र सिमित भएको छ ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • news@nepalpage.com

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2025 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board