काठमाडौं, ३० असार । मेलम्ची खानेपानी आयोजनाको सुरुङमा दुई जना बेपत्ता भएका छन् । मेलम्ची खानेपानी आयोजनाको सुरुङमा छोडेको पानीमा हेलम्बु गाउँपालिका-१ स्थित सुरुङमा आयोजनाका एक जना इन्जिनियर र चालक बेपत्ता भएका छन् ।
सिन्धुपाल्चोकका प्रहरी प्रमुख प्रज्वल महर्जनका अनुसार परीक्षणका क्रममा सुरुङमा समस्या देखिएर हेर्न गएको ४ जनालाई पानीले बगाएको हो । उनीहरुमध्ये २ जनाको जीवितै उद्धार गरेको प्रहरीले जानकारी दिएको छ ।
उनीहरुलाई उपचारका लागि मेलम्ची अस्पताल लगिएको छ । ‘ थप उपचारका लागि काठमाडौं पठाउन हेलिकप्टर बोलाइएको छ’ प्रहरीले जनाएको छ । बेपत्ता २ जनाको प्रहरीले खोजी सुरु गरेको छ । हाल मेलम्ची आयोजनाको सुरुङमा पानी राखेर परीक्षणको काम भइरहेको छ ।
COMMENTS