काठमाडौँ, ३० असार । पूर्वसांसद मञ्च, नेपालले बाढी, पहिरो, डुबानबाट पीडितलाई तत्काल राहत सामग्री उपलब्ध गराउन र घाइतको यथाशीघ्र उपचार गर्न सरकारसँग माग गरेको छ ।
मञ्चका अध्यक्ष ओमकारप्रसाद श्रेष्ठले आज जारी गरेको प्रेस विज्ञप्तिमा नेपालको विभिन्न ठाउँमा अविरल वर्षाको कारणले बाढी, पहिरो, डुबानबाट ठूलो धनजनको क्षति भएकोमा दुःख प्रकट गरेको उल्लेख छ ।
विज्ञप्तिमा उक्त घटनामा विस्थापित भएका परिवारलाई जीविकोपार्जन गर्न उपयुक्त पुर्नवासको व्यवस्था, मृतक भएका व्यक्ति र क्षति भएका संरचनाको क्षतिपूर्तिका साथै तत्काल राहत सामग्री उपलब्ध गराउन, घाइतेको यथाशीघ्र उपचार गर्र्न, क्षति भएका भौतिक संरचना पुन निर्माण गर्न मञ्चले सरकारलाई अनुरोध गरेको छ ।
COMMENTS