18 July, 2020 8:16 pm


नेकपाको विवाद : युद्धविराम होइन, समाधान हुनु पर्ने दबाव

काठमाडौं, ३ साउन । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठक उत्पन्न विवाद समाधानउन्मुख चरणमा प्रवेश गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा भएको चार घण्टा लामो बैठकमा थप छलफल जारी राख्ने सहमति भएको नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी बताए ।
उनले पार्टीको आन्तरिक सङ्कटलाई सहमतिको आधारमा कसरी सम्बोधन र समाधान गर्ने भन्नेबारेमा दुई अध्यक्ष र अरु नेताबीच गृहकार्य भइरहेको र सचिवालयले त्यसबारेमा अझै छलफल गरेर पार्टी एकतालाई रक्षा गर्न तथा जनादेशअनुसार काम गर्ने गरी अझै थप छलफल गर्ने सहमति भएको बताए ।

नेकपाको पछिल्लो विवाद गत वर्षको फागुन १४ गते राष्ट्रिय सभासदस्यमा अचानक बामदेव गौतमलाई राष्ट्रपतिबाट मनोनयन गर्नु पर्ने भन्ने प्रम ओलीलाई मननपरेको प्रस्तावदेखि गिजोलिंदै आएको हो ।
त्यस यता प्रम ओलीको दोस्रो पटक मृगौला प्रत्यारोपण भयो । त्यही बीचमा कोरोना महामारीका कारण देश झण्डै चार महिना लामो लक डाउनमा गयो ।


त्यही बीचमा गत वैशाख १७ गते भएको सचिवालय बैठकमा अचानक विवादले उत्कर्ष लियो । प्रधानमन्त्री र अध्यक्ष दुवै पदबाट ओलीले राजीनामा गर्नुपर्ने भन्ने बहुमत दसस्यको अभिव्यक्तिबाट प्रम ओली विच्किन पुगे । तर फेरि केही नेताहरुको कोशिशका कारण बैशाख २० गते दुई अध्यक्षबीच सहमतिअनुसार अघि बढ्ने अभिव्यक्ति प्रस्तुत भयो ।


बैशाख २० को सहमति को बुझाई र कार्यान्वयनमा दुई अध्यक्षबीच समस्या उत्पन्न भएपछि असार १० को स्थायी समितिसम्म आइपुग्दा झण्डै पार्टी फुटको अवस्था झेलेर नयां मोडमा प्रवेश गरेको थियो ।
पटक पटक सस्थगित र सञ्चालन हुंदै आएको बैठकमा गत हप्ताको आइतबारबाट नयां मोड आएको हो । दुवैतिरका अतिवादीहरुबाट नेकपा हाइकमाण्ड सन्तुलनको मोडमा आइपुगेको छ । त्यसैको संकेत आजको सचिवालय बैठक हो ।


एकताको स्प्रिट र जनादेश अनुसार सहमति खोज्ने भन्ने वित्तिकै ०७५ जेठ ३ गतेको पार्टी एकताको भावना र ०७४ मंसिरमा भएको निर्वाचन प्राप्त जनादेशलाई सम्मान गर्ने भन्ने नै हो । यो भनेको अनुमान भन्दा यथार्थमा नेकपा फर्केको बुझ्न सकिने एकजना सचिवालय सदस्यले बताए ।

नेकपाको विवाद अल्पकालीन रुपमा युद्धविरामजस्तो नभएर दीर्घकालीन समाधान हुनु पर्ने देशभरका नेता कार्यकतर्यको दबाव छ । शनिबार मात्रै नेता प्रदीप ज्ञवालीले मुख्य नेताहरुले विवाद तुरुन्त समाधान गरेर जनतालई निराश हुनबाट जोगाउनु पर्ने अपिल गरेका छन् ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board