19 July, 2020 11:01 am


आजका पत्रपत्रिकाः परामर्शमै अर्बौ स्वाहा, महाधिवेशनमा मिल्यो मनमुटाव

काठमाडौं, ४ साउन । आजका पत्रपत्रिकामा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)बारे विशेष खबर रहेको छ । भने, बजेटको अनियमितता, भ्रष्टाचार, कोरोना महामारी र बाढी-पहिरोको खबर छापिएका छन् ।

त्यस्तै, आजको नयाँ पत्रिकामा नेकपा विवादबारे नै मुख्य खबर छ ।, समाचार अनुसार नेकपामा जारी विवादबीच महाधिवेशनको बहस सुरु भएको छ । अध्यक्ष केपी ओलीको प्रस्तावमा अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सकारात्मक धारणा राखेका छन् भने माधव नेपालसहितका नेताहरूले आशंका व्यक्त गरेका छन् । आगामी मंसिरमा महाधिवेशन गर्ने प्रस्तावमा स्थायी कमिटीले छलफल गर्ने भएको छ ।

शनिबार बालुवाटारमा बसेको सचिवालय बैठकमा अध्यक्ष ओलीले आफूले पनि आत्मालोचना गर्ने बताउँदै अरूलाई पनि आ–आफ्ना कमजोरी सच्याउन आग्रह गरेका थिए । ‘सिंगो देश र पार्टी अहिले संकटमा छ । संकट टार्नुपर्ने हाम्रो दायित्व छ । अहिलेको महत्वपूर्ण काम भनेको पार्टी एकता हो ।, यो खबर ‘मंसिरमा महाधिवेशन प्रस्ताव स् चार शीर्ष नेताको असन्तुष्टि, यस्ता छन् सात चुनौती’ , शिर्षकमा छापिएको छ ।

त्यस्तै, नयाँ पत्रिकामा छापिएको अर्को समाचार अनुसार कोरोना भाइरस परीक्षणको दायरा बढाउन एक महिनाअघि खरिद गरिएका आरटी–पिसिआर मेसिन बिग्रन थालेका छन् । सुर्खेत अस्पताल र कीर्तिपुरस्थित लायन्स क्लबको रक्त सञ्चार केन्द्रमा सञ्चालित मेसिन पड्किएका छन् ।

त्रिभुवन विश्वविद्यालयका आनुवांशिक विज्ञ डा। गिरिराज त्रिपाठीका अनुसार दुई मेसिन कामै नदिने गरी बिग्रिएका छन् । ‘धनगढी, जनकपुरलगायत अन्य स्थानका प्रयोगशालामा पनि समस्या देखिन थालेको छ । मेसिन कहाँ के बिग्रेको छ, कसैलाई चासो छैन,’, यो खबर पहिलो पृष्ठमा ‘एक महिनामै बिग्रिए ६० लाखका दुई पिसिआर मेसिन‘ शिर्षकमा छापिएको छ ।

त्यस्तै, राजधानी दैनिकमा आज छापिएको समाचार अनुसार केन्द्रीय सरकारका निकायले जस्तै प्रदेश सरकारका मन्त्रालय तथा विभिन्न निकायले असारे विकासको नाममा एक महिनामा मात्रै ६१ अर्ब रुपैयाँ सकेका छन् । महालेखापरीक्षकको ५७ औँ वार्षिक प्रतिवेदनले प्रदेश सरकारका निकायमा पनि आर्थिक वर्षको अन्तमा आएर खर्च गर्ने प्रवृत्ति बढ्दा कुशासन मौलाएको निष्कर्ष निकालेको छ ।

महालेखापरीक्षक कार्यालयका अनुसार आर्थिक वर्ष २०७५(७६ मा सातवटै प्रदेश सरकारले असारे विकासको नाममा असारमा मात्रै ६१ अर्ब २ करोड ४८ लाख रुपैयाँ सकेका छन् । सातवटै प्रदेशका विभिन्न निकायले गाडी खरिदमा मात्रै एक वर्षमा ढेड अर्ब बढि रुपैयाँ खर्च गरेका छन् ।

प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्रालयबाट कार्यक्रम र परियोजनाअनुसार चौमासिक रूपमा खर्च गर्ने गरी कार्यक्रम र बजेट स्वीकृत गरेको भए पनि अधिकांश निकायले असार महिनामा मात्रै खर्च गरेको पाइएको छ ।, यो खबर राजधानी दैनिकले पहिलो पृष्ठमा ‘असारे विकासका नाममा एकै महिनामा ६१ अर्ब खर्च‘, शिर्षकमा छापेको छ ।

त्यस्तै, राजधानी दैनिकले पनि नेकपा विवादबारे पहिलो पृष्ठमा खबर छापेको छ ।, समाचार अनुसार सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठकले पार्टीमा व्याप्त संकटलाई आपसी संवाद र सहमतिमा नै टुंगोमा पुर्याउनुपर्ने निचोड निकालेको छ ।

शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सचिवालय बैठकले पार्टी एकताको रक्षा र सुदृढीकरण गर्न नेपाली समाजको आवश्यकता र जनादेशअनुरूप अघि बढ्ने गरी नयाँ प्रस्ताव तयार गर्नुपर्ने विषयमा छलफल अघि बढाउने निर्णय गरेको हो ।

बैठकले पार्टीको आन्तरिक समस्या र संकटलाई सहमतिका आधारमा संवोधन र समाधान गर्ने गरि आवश्यक गृहकार्यलाई समेत जारी राख्ने निर्णय गरेको छ ।, यो खबर ‘सचिवालयको निचोड : सहमतिको विकल्प छैन, मिलनबिन्दु खोज्दै नेकपा’ शिर्षकमा छापिएको छ ।

त्यस्तै, आज नागरिक दैनिकले पहिलो पृष्ठमा अर्बौ स्वाहा भएको खबरलाई मुख्य बनाएको छ भने, नेकपा विवादको विषयलाई पनि मुख्य खबर बनाएको छ । समाचार अनुसार सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी ९नेकपा० का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीमा उत्पन्न विवाद टार्न आगामी मंसिरमा एकता महाधिवेशन गर्ने प्रस्ताव राखेका छन्।

पार्टी र सरकारमा नेतृत्वका लागि शीर्ष नेताहरूबीच आन्तरिक विवाद चर्कंदै गएपछि शनिबार बसेको सचिवालय बैठकमा ओलीले यस्तो प्रस्ताव राखेका हुन्। ‘एकता महाधिवेशन मंसिरमै गरौं,’ अध्यक्ष ओलीको भनाइ उद्धृत गर्दै स्रोतले भन्यो, ‘महाधिवेशनबाटै समस्या समाधान गरौं।’

प्रधानमन्त्री ओलीबाट अप्रत्यासित रूपमा महाधिवेशनको प्रस्ताव आएपछि अन्य नेताहरूले पार्टी सदस्यता विस्तार, नवीकरण र जिल्ला अधिवेशन सम्भव छ कि छैन भन्ने विषयमा छलफल गर्नुपर्नेमा जोड दिएका थिए।, यो खबर ‘नेकपा विवाद टार्न महाधिवेशन प्रस्ताव’ शिर्षकमा छापिएको छ ।

त्यस्तै, नागरिक दैनिकमा छापिएको समाचार अनुसार कृषि उत्पादन र उत्पादकत्व बढाउन सञ्चालन गरिएका कृषि परियोजनामा परामर्श सेवाको बहानामा अस्वाभाविक रूपमा अर्बौं रुपैयाँ खर्च गरिएको छ। दातृ निकायको सहयोगमा सञ्चालित नौवटा कृषि परियोजनामा परामर्श सेवामा करिब पौने तीन अर्ब रुपैयाँ खर्च गरेको महालेखापरीक्षकको कार्यालयले जनाएको छ।

परामर्श सेवाको अनिवार्य व्यवस्था गरेर किसानका लागि सञ्चालित परियोजनाको बजेटमा रजाइँ गरिएको हो। सार्वजनिक खरिद ऐन, २०६३ को उपदफा २९ ९१० ‘क’ मा रहेको कार्यालयमा उपलब्ध जनशक्तिबाट कुनै काम हुन नसक्ने भए परामर्श सेवा खरिद गर्न सक्ने व्यवस्थाको अपव्याख्या गर्दै परामर्शदाता नियुक्त गरेर किसानले पाउने रकम दुरुपयोग गरिएको हो।, यो खबर ‘परामर्शमै अर्बौ स्वाहा, कृषि र पूर्वाधार निर्माण परियोजना‘, शिर्षकमा छापिएको छ ।

त्यस्तै, आज नेपाल समाचारपत्रले पहिलो पृष्ठमा छापेको समाचार अनुसार नेपालको व्यावसायिक क्षेत्रमा एउटा इतिहास बोकेको ‘ज्योति ग्रुप’ एकपछि अर्को काण्डमा फस्दै गएको छ । ग्राहकलाई ठगी गरेको आरोपमा पक्राउ परेका यस ग्रुपका सञ्चालकहरू अहिले एकले अर्कोलाई ठग्यो भन्दै प्रहरी प्रशासनको शरणमा पुगेका छन् ।

पारिवारिक सदस्यहरू नै सञ्चालक रहेको यो ग्रुपमा अन्य साझेदारले होइन आफ्नै दाजुभाइले एक–अर्कालाई ठगी गरेको, झुक्काएको, विश्वासघात गरेको भन्दै प्रहरीलाई गुहार्न पुगेका हुन् । प्राप्त जानकारीअनुसार ज्योति ग्रुपका उपाध्यक्ष डा। रुप ज्योतिले दाइ पद्म ज्योतिका छोराहरू सौरभ ज्योति र सुहृद ज्योतिविरुद्ध महानगरीय प्रहरी परिसरको अपराध अनुसन्धान महाशाखामा उजुरी गरेका हुन् । डा. रुप ज्योतिले भतिजहरूले छल गरी कम्पनी हत्याएको, सम्पत्ति खोसेको भन्दै प्रहरीमा उजुरी गरेका छन् ।, यो खबर ‘ज्योति ग्रुपमा लफडास् आफ्नै काकालाई ठगी गरेको मुद्दा खेप्दै सौरभ र सुहृद‘ शिर्षकमा छापिएको छ ।

त्यस्तै, अन्नपुर्ण पोष्ट दैनिकमा आज छापिएको समाचार अनुसार पार्टी नै फुट्ला झैं गरी बढेको नेकपा अध्यक्षद्वयको विवाद अन्ततः मंसिरमा महाधिवेशन गर्ने विषयमा सहमतिमा पुगेको छ। प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओलीले अबको चार महिनामा महाधिवेशन गर्न शनिबार राखेको प्रस्तावमा अर्का अध्यक्ष पुष्पकमल दाहालले समर्थन गरे। यससँगै पछिल्लो मनमुटाव साम्य हुने वातावरण बनेको छ।

दाहालसँग झन्डै दुई घण्टा बालुवाटारमा छलफल गरेपछि दिउँसो ३ बजे बोलाइएको सचिवालय बैठकमा प्रधानमन्त्री ओलीले सुरुमै आफ्नो मन्तव्य राख्दै एकता महाधिवेशनको प्रस्ताव गरेका हुन्। स्थायी समिति बैठक एजेन्डामा प्रवेश नगरी भड्किएको र त्यसमा सबैका कमीकमजोरी रहेको भन्दै प्रधानमन्त्री ओलीले अब ढिलो नगरी पार्टी महाधिवेशन गर्ने प्रस्ताव सचिवालयमा गरेका हुन्।, यो खबर पहिलो पृष्ठमा ‘महाधिवेशनमा मिल्यो मनमुटाव : कसले के भने ?’ शिर्षकमा छापिएको छ ।

त्यस्तै, सामाजिक सेवाको उद्देश्यसाथ स्थापित नेपाल रेडक्रस सोसाइटी भ्रष्टाचारले थिलथिलो भएको छ। समाज कल्याण परिषद्ले बनाएको अध्ययन अनुगमन समितिले रेडक्रसमा व्यापक बेथिति रहेको प्रतिवेदन सरकारलाई बुझाएको छ। उसले सरकारको स्वीकृतिबिना अर्बौं रकम विदेशबाट ल्याएर अपचलन गरेको समितिको निष्कर्ष छ।

पछिल्लो १० वर्षमा वैदेशिक सहयोग १५ अर्ब ९५ करोड ६ लाख रुपैयाँ प्राप्त भएको पाइएको छ। जसमा १५ अर्ब ६१ करोड १८ लाख रुपैयाँ खर्च देखिएको छ। तर, रेडक्रसले गैरसरकारी संस्थाका रूपमा परिषद्बाट ७ करोड १५ लाख रकमको मात्रै स्वीकृति लिएको देखिएको छ।, अन्नपुर्ण पोष्टमा पहिलो पृष्ठमा यो खबर ‘रेडक्रसमा अर्बौं अपचलन’ शिर्षकमा छापिएको छ ।

त्यस्तै, नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठकमा एकता महाधिवेशनको प्रस्ताव गरिएको छ । पार्टीमा देखिएको विवाद समाधान गर्न अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एकता महाधिवेशनको समान धारणा राख्नुभएको हो । प्रधानमन्त्री निवासमा शनिबार बसेको सचिवालय बैठकमा एकता महाधिवेशनले अहिलेको समस्या समाधान गर्न सक्ने समान धारणा राखिएको र त्यसका लागि थप गृहकार्य गर्ने सहमति भएको बताइएको छ ।

पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठले समस्याको समाधान गर्ने जिम्मा पार्टी अध्यक्षद्वयलाई दिइएको जानकारी दिनुभयो । अहिले राष्ट्रको आवश्यकता के हो रु त्यो सम्बोधन हुुनेगरी पार्टीको आन्तरिक सङ्कट सहमतिका आधारमा कसरी समाधान गर्ने भन्ने विषयमा दुवै अध्यक्षबीच छलफल भइरहेको छ । गोरखापत्र दैनिकमा पहिलो पृष्ठमा समस्या समाधान गर्न एकता महाधिवेशन शिर्षकमा यो खबर छापिएको छ ।

हेर्नूहोस् आजका पत्रपत्रिकाको फ्रन्टपेज

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board