काठमाडौं, ४ साउन । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष प्रचण्डले बरिष्ठ नेताहरुलाई बोलाएर अर्को अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीसंगको कुराकानीबारे प्रस्ट्याएका छन् ।
प्रचण्डनिवास खुमलटारमा बिहान ९ बजेदेखि सचिवालयका चार नेताहरुबीच छलफल भइरहेको छ । छलफलमा बरिष्ठ नेता झलनाथ खनाल, माधवकुमार नेपाल र प्रवक्ता नारायणकाजी श्रेष्ठ उपस्थित छन् । तीन नेताले महाधिवेशन मंसिरमा असम्भव रहेको भन्दै ओलीको प्रस्तावमा असहमति जनाएका थिए ।
यसअघि खुमलटार बैठकमा सहभागी हुने गरेका सचिवालय सदस्य रामबहादुर थापा भने खुमलटारको छलफलमा सहभागी भएनन् । उपाध्यक्ष बामदेव गौतम र महासचिव विष्णु पौडेलले भने प्रचण्डलाई एक्ला एक्लै भेट गरेका छन् । प्रचण्डसँग माधव नेपाल असन्तुष्ट बनेपछि खुमलटारमा पुनः छलफल भएको हो ।
COMMENTS