20 July, 2020 12:38 pm


प्रचण्ड निवासमा पूर्वमाओवादी नेताहरुको छलफल

काठमाडौं, ५ साउन । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) मा चुलिएको आन्तरिक विवादले अझै पनि सहमतिको निकास पाउन सकेको छैन । विवाद समाधानका लागि नेकपाका शिर्ष नेताहरु यतीबेला छलफलमा व्यस्त छन् । तर, पनि शीर्ष नेताहरुबीच भएको बाक्लो छलफलले सहमतिको खास निकास दिन सकिरहेको छैन ।

कहिले बालुवाटार, कहिले खुमलटार त कहिले भैंसेपाटी लगायतका स्थानमा गुटगत भेलाहरु निरन्तर भईरहेको छ । यसैबीच आज पनि नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीभित्र देखिएको गतिरोध अन्त्यका लागि छलफललाई तीव्रता दिएका छन्।

आइतबार सचिवालयका ५ जनासहित १४ स्थायी कमिटी सदस्यसंग परामर्श गरेका प्रचण्डले सोमबार बिहानै पुर्वमाओवादी केन्द्रका स्थायी कमिटी सदस्यसंग खुमलटार निवासमा छलफल गरे ।

श्रोतका अनुसार भोलि बस्ने स्थायी कमिटी बैठक बारेमा रणनीति बनाउन तत्कालीन माओवादी केन्द्र निकट नेताहरुलाई बोलाएर उनले छलफल गरिरहेको हो ।

प्रचण्डले आइतबार वरिष्ठ नेता झलनाथ खनाल, नेपाल, उपाध्यक्ष वामदेव गौतम प्रवक्ता नारायणकाजी श्रेष्ठ लगायत १४ जना स्थायी कमिटी सदस्यहरुसँग छलफल गरेर आफुले सो समूह छोडेर ओलीसँग कुनै सहमति नगर्ने प्रतिबद्धतासेमत जनाईसकेका छन् । सोमबारको छलफलमा पुर्व माओवादीका सबै स्थायी कमिटी सदस्य सहभागी रहेको श्रोतले बतायो ।

स्थायी कमिटीको बैठक पटक पटक सर्दै आइरहेको छ । आइतवार बस्ने भनिएको स्थायी कमिटीको बैठकलाई मंगलवार सारिएको छ ।

भोलि पनि बैठक बस्छ कि बस्दैन अन्योल कायमै छ । अध्यक्षद्वय केपी शर्मा ओली र प्रचण्डबीच हालसम्म कुनै सहमति नजुटेकाले अन्योलता कायमै रहेको हो ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board