धादिङ, ६ साउन । पहिरोमा पुरिएर धादिङमा एकैपरिवारको तीन जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा त्रिपुरासुन्दरी गाउँपालिका–६, गोलाङका २५ वर्षीय मिलन खाड, उनकी श्रीमती २२ वर्षीया सम्झना र छोरी अन्दाजी दुई वर्षीया अञ्जिता खाड छन् ।
मध्यराति आएको पहिरोले घर पुरिएर तीनै जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, धादिङका डीएसपी रुपक खड्काले जानकारी दिए । केही दिनयता देशका विभिन्न भागमा अविरल वर्षा भइरहेको छ ।
COMMENTS