21 July, 2020 4:46 pm


नेपालमा थप १५० जनामा कोरोना संक्रमण, ६०९ डिस्चार्ज

काठमाडौं, ६ साउन । नेपालमा मंगलबार थप १५० जनामा कोरोना संक्रमण देखिएको छ । कोरोना भाईरस (कोभिड -१९) को संक्रमितको संख्या मंगलबारसम्म १७ हजार ९९४ पुगेको स्वास्थ्य तथा जनसंख्या जनाएको छ । काठमाडौंका ८ सहित पछिल्लो २४ घण्टामा थप १५० संक्रमित थपिएको मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा थप ६०९ जना डिस्चार्ज भएसँगै संक्रमणमुक्त हुनेको संख्या १२ हजार ४७७ पुगेको हो । अर्थात ६९.३४ प्रतिशत निको भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए ।

प्रवक्ता डा गौतमका अनुसार मंगलबार ६०९ जना डिस्चार्ज भएका छन् । डिस्चार्ज हुनेको संख्या हालसम्म १२ हजार ४७७ पुगेको छ ।

प्रवक्ता गौतमका अनुसार हालसम्म ७ जिल्ला कोरोनाभाइरस संक्रमणमुक्त रहेको छ । जसमा भोजपुर पाँचथर, संखुवासभा धनकुटा, रसुवा, मनाङ र मुस्ताङ जिल्ला रहेका छन् ।

काठमाडौं, उपत्यकामा ९ जना संक्रमित थपिए
काठमाडौं, ६ साउन । काठमाडौं उपत्यकामा मंगलबार ९ जना कोरोना भाईरसको संक्रमित भेटिएका छन् ।

काठमाडौं जिल्लामा ८ जना र ललितपुरमा १ जना संक्रमित भेटिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयले उनीहरु कहाँका हुन् भन्ने खुलाएको छैन ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board