प्रचण्ड र ओलीबीच आज पनि दुई घण्टा छलफल

काठमाडौं, ९ साउन । सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी नेकपाका दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच शुक्रबार बिहान छलफल भएको छ।

प्रधानमन्त्री ओलीसँग छलफल गर्न प्रचण्ड ११ बजेतिर प्रधानमन्त्री निवास बालुवाटार गएका थिए । स्रोतका अनुसार बालुवाटारमा दुई अध्यक्षबीच झन्डै दुई घन्टा कुराकानी भएको छ ।

१३ गते बस्ने स्थायी समिति बैठक कसरी सञ्चालन गर्ने विषयमा दुई अध्यक्षबीच आज छलफल भएको छ । नेकपा भित्र देखिएको विवादलाई कसरी समाधान गर्ने भन्नेबारे दुई अध्यक्षबीच पटक–पटक कुराकानी भएको छ।

पछिल्लो समय प्रधानमन्त्री ओलीले मंसिरमा पार्टी महाधिवेशन गरेर प्रचण्डलाई एकल अध्यक्ष बनाउने प्रस्ताव गरेका छन् । नेकपा स्थायी समिति बैठक साउन १३ गतेका लागि बोलाइएको छ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board