काठमाडौं । ३८ औं विपी स्मृति दिवसको उपलक्ष्यमा विपी कोइरालाले नेपाली राजनीतिमा पु¥याउनुभएको योगदान एवम् भूमिकाको बारेमा नेपाली कांग्रेसकी वरिष्ठ नेतृ तथा बीपीकी भतिजी सुजता कोईरालासंग सपना थामी र ध्रुव अधिकारीले गरेको अन्तर्वार्ताको सारसंक्षेप ।
३८ औं विपी स्मृति दिवसको सन्दर्भमा विपीलाई कसरी सम्झनुहुन्छ ?
विपीको धेरै ठूलो ईतिहास छ । नेपालमा ईतिहासको प्रारम्भ हजुरबुवाबाट भयो राणाशासनकालमा । यू नो.. गोज् टु ब्याग टाइम के पहिले, त्यहाबाट सुरु भयो कृष्णप्रसाद कोइरालाको योगदान । आन्दोलन, त्यसबाट ठूलो आवाज उठ्यो, नेपालमा प्रजातन्त्र चाहिने रैछ भन्ने चेतना आयो जनतामा । त्यो बेला नेपाली एकदमै ब्याक्वर्ड थिए, नेपाल पछि परेको थियो, मानिसहरु शिक्षित थिएनन्, राणाहरुले शासन गरिरहेको समयमा प्रजातान्त्रिक आन्दोलनबाट जुन सन्देश आयो, त्यसबाट विपी कोइरालाहरु र उहा“का धेरै साथीहरु र परिवार नै त्यसमा सहभागी भयो । प्रजातन्त्र, स्वतन्त्रता र आफ्नो अधिकारको लागि लड्नुपर्छ भन्ने आफ्नो बुवाको सिद्धान्तलाई विपीले अगाडि बढाउनुभयो । विपीले चाहीं एउटा सन्देश के दिनुभयो भने राष्ट्रियता, प्रजातन्त्र, समाजवाद ।
सबैभन्दा ठूलो कुरा नै राष्ट्रियता हुन्छ, त्यसपछि प्रजातन्त्र हुन्छ र प्रजातन्त्र आएपछि अनि समाजवाद । उहा“को यो सन्देश जनतामा पु¥याउनको लागि चाहीं गिरिजाबाबुको ठूलो योगदान छ । र यो सन्देश गाउ“–गाउ“मा पु¥याउनको लागि, संगठन गर्नको लागि, आफ्नो दाजुले गरेका कामहरुको अनुशरण गर्नका लागि, उहा“का धेरै अनुयायीहरु पनि थिए । ती फ्लोअरहरुलाई प्रेरित गर्नको लागि गिरिजाबाबुको पनि ठूलो योगदान छ भन्ने मलाई लाग्छ ।
विपी कोइरालाले राणाकालमा १९ वर्ष जेल यातना सहनुप¥यो, यहा“लाई थाहा नैै छ, उहा“लाई कसरी राखेका थिए, हामीले सुनेअनुसार एउटा सानो गोलघरमा राखेका थिए, खाना पनि त्यहीं खानु पर्ने, दिसापिसाब पनि त्यही गर्नुपर्ने, त्यस्तो दुःख र टर्चर उहा“ले खेप्नुपरेको थियो । विस्तारै उहा“ले त्यहींको पुलिससित दोस्ती गरेर एउटा सानो चिट दिनुभयो, यो चिट जसरी हुन्छ गान्धीजीको हातमा पुगोस् भनेर दिनुभयो । उहा“लाई थाहा पनि थिएन, म बा“च्छु कि मर्छु कि भन्ने पनि थाहा थिएन । पछि त्यो चिट., मलाई पनि राम्रोस“ग थाहा भएन, नेपाली का“ग्रेसकै एउटा नेताले पाउनुभएछ त्यसपछि विपी त्यो जेलमा हुनुहुंदो रैछ भन्ने थाहा भयो र उहा“लाई छाड्नुपर्छ भन्ने आवाज उठ्यो ।
मदन भण्डारीले पनि जब कम्युनिष्टहरु विचलित हु“दा पनि हतियार बोकेर किसानहरुको हत्या ठूलो काण्ड छ नि त, झापामा भएका काण्डहरु त्यो गर्दा खेरी मदन भण्डारीले पनि यही मल्टीपार्टी डेमोक्रेसीलाई नै जनताको बहुदलीय जनवाद भनेर आवाज दिनुभयो, त्यो पनि मलाई लाग्छ विपीकै मल्टीपार्टी डेमोक्रेसीबाट उहा“ प्रेरित हुनुभयो ।
सबभन्दा पहिला विपी कोइरालाले नै मल्टीपार्टी डेमोक्रेसीलाई अगाडि बढाएको हो । त्यतिखेर कम्युनिष्टहरुलाई आफ्नो सिद्धान्तबारे थाहा नै थिएन, विचलित बनिरहेका थिए, त्यो अवस्थामा जबजको मार्गनिर्देशनले सबै कम्युनिष्टहरु एकीकृत भए, हतियार बिसाए र उहा“को बाटोमा हिडें । यस हिसाबले मदन भण्डारीले पनि विपीकै बाटो पछ्याउनुभएको हो ।
यहा“ विभिन्न कालखण्डमा विभिन्न नेताहरु आउनुएको छ, तर मूल बाटो देखाउने, देशलाई र समाजलाई उन्नतको ाबाटो देखाउने र जनतालाई प्रजातन्त्रको लागि सचेत गराउने काम चाही विपीले नै गरेको हो, शुरुवात नै विपीले गरेको हो, त्यसपछि अरुहरु पनि भयो । मैले नेपाल्ी का“ग्रेस र मेरो अंकल भनेर भनेको होईन, एकदम फियर विश्लेषण गरेर भनेको हो ।
त्यसपछि विभिन्न परिस्थतिहरु आए, गिरिजाबाबु आउनुभयो, उहा“ले पनि सबै सहमति, सहकार्य, एकता नै भनेर लाग्नुभयो । सबै दललाई मिलाउने कोसिस गर्नु भो, यसकारण मलाई लाग्छ, कुनै दलले यो बिर्सनुहु“दैन, सहमति गरेर जाने बाटो नै सहि बाटो हो ।
विपीले मेलमिलापको नीति लिएर आउनुभयो ?
मेलमिलापको नीति नीति लिएर विपी नेपाल आउंदाखेरी मलाई याद छ, गिरिजाबाबुहरु कस्तो आत्तिनुभाको थियो त्यो बेला, उहा“लाई पञ्चायतका प्रधानमन्त्रीहरुले फा“सी दिनुपर्छ भनिरहेको बेलामा भारतस“ग पनि उहा“को सम्बन्ध राम्रो थिएन, ईन्दिरा गान्धी र भारतीय क“ाग्रेसस“ग सम्बन्ध बिग्रिरहेको अवस्थामा त्यहा“बाट पनि सपोर्ट आउला भन्ने अवस्था थिएन, त्यहा“को पनि ह्युमिलियसन सहनुपर्ने अवस्था थियो । हामी पनि बनारसमा थियौं त्यो बेला । त्यसपछि विपीको आमाको पनि देहान्त भयो, यो व्यक्तिगत पारिवारिक कुरा, त्यसमा उहा“लाई साह्रै दुख लागेको थियो । नेपालमा आउन पाउनुभएको थिएन । विपीले दागबत्ति पनि दिन पाउनुभएको थिएन । आन्दोलन सफल भईरहेको थिएन, अर्काको मुलुकमा बसेर ह्युमिलियसन सहनुपरेको थियो, त्यसपछि उहा“ले निर्णय गर्नुभयो, अब नेपाल फर्किनुपर्छ भनेर ।
विपीको राजनीतिक यात्रा त भारतबाट नै सुरु भएको थियो, यसबारे पनि भन्दिनुस् न ?
गान्धीजीको त्यहा“ धेरै ठूलो आन्दोेलन भयो । त्यो मुभमेन्टमा विपीहरुले पनि भाग लिनुभयो । ब्रिटिश हटाउ आन्दोलनमा पनि विपी, गणेशमानजीहरु सबै जना जानुभयो । उहा“हरु यस्तो रेभुलुसनरी हुनुहुन्थ्यो, यस्तो स्वाभिमानी हुनुहुन्थ्यो, कसैको ह्युमिलियसनमा बस्न सक्नुहुन्नथ्यो । उहा“हरु त्यसैको लागि त लड्नुभयो । भारतको सत्याग्रह आन्दोलनमा पनि उहा“हरुले साथ दिनुभयो र नेपालमा आएपछि पनि नेपाली का“ग्रेस पार्टी गठन भयो, ट्रेड युनियनहरु गठन भयो, गिरिजाबाबुले ट्रेड युनियनको नेतृत्व लिनुभयो, उहा“हरुले विराटनगरको जुटमिलभित्रै काम गर्नुहुन्थ्यो, उहा“हरुलाई थाहा छ, दुख भनेको के हो, श्रमिकहरुले ति पिडा भोग्नुपर्छ भन्ने थाहा छ, श्रमिकहरुको उत्थानको लागि पनि आवाज उठ्यो त्यो बेला । त्यसपछि मनमोहन अधिकारीहरुले पनि आन्दोलन गर्नुभयो, साथ दिनुभयो, त्यो बेला एउटै लाईनमा थियौं ।
पुष्पलालजीलाई विपीले असाध्यै मान्नुहुन्थ्यो । बनारसमा हुनुहुन्थ्यो, असाध्यै दुख गरेर बस्नुभाको थियो । हामीलाई कस्तो दुःख भयो बाबा भनेर हामीले भन्थ्यौं । एकदम गाली गर्नुहुन्थ्यो र भन्नुहुन्थ्यो कि, गएर हेर पुष्पलालजीहरुलाई हेर, कम्युनिष्टहरुलाई हेर, कति दःुख गरेर बसेका छन्, त्यहा“बाट सिक तिमिहरुले । तिमीहरुले के दुःख ग¥या छौं र ? केही होइन यो दुःख, यसलाई सहनुपर्छ भनेर गाली गर्नुहुन्थ्यो । पुष्पलाललाई विपीले खुब आदर गर्नुहुन्थ्यो । म पनि खुब सम्झिन्छु उहा“लाई । पछि उहा“को मृत्यु हु“दा पनि विपीले सहयोग गर्नुभाथ्यो । पैसाको अभावले नै उहा“को मृत्यु भयो । अहिले सम्झदा पनि एकदम दुःख लाग्छ मलाई, म पनि उहा“लाई एकदम आदर गर्छु ।
विपीलाई सरल नेताको रुपमा हेर्न सकिन्छ त ?
अब विपीको कुरा गर्दा यी सबै कुरा आउंछ । विपी मेलमिलापको नीति लिएर नेपाल आउ“दा गणेशमानजी पनि डराउनुभाथ्यो, गणेशमानजी तपाई पनि हिंड्नुपर्छ भनेर विपीले भन्नुभाथ्यो, गणेशमानजी पनि हिंड्दा एउटा स्ट्रेन्थ हुन्थ्यो नि त, एक्लै आउनुभन्दा त, शैलजा दिदीलाई पनि लिएर आउनुभाथ्यो । गणेशमानजीले पनि भन्नुभाथ्यो, विपी कसरी जाने ? त्यहा“ त फा“सी दिन्छ, यस्तो भयावह अवस्था थियो, मलाई लाग्छ, तपाईहरु त्यो कल्पना नै गर्न सक्नुहुन्न । मैले त अनुभव ग¥या छु, हामी १६, १७ वर्षको युवा थियौं नि । म त काठमाडौंमा थिएं । त्यो बेला अनि मेरो बुवाले मलाई खबर पठाउनुभयो, सान्दाजु आउ“दै हुनुहुन्छ, तिमहरु लिन जानु । अनि हामी लिन गएका थियौं, मेरो श्रीमान् पनि जानुभाथ्यो, क्यामरा लिएर जानुभाथ्यो, उहा“ त जर्मन हुनुहुन्थ्यो । उहा“लाई पनि कस्तो फिल भाथ्यो भने बाफ रे जर्मनको हिटलरभन्दा पनि यहा“ त कम रहेन रैछ भनेको म अहिले पनि सम्झिन्छु । अनि त्यसपछि हामी गयौं लिनलाई प्रकाशमानजी, सबैजना हुनुहन्थ्यो । धेरैलाई त म चिन्दिन्थे, किनकी म पोलिटिक्समा इन्भल्मेन्ट थिएन । तर फेमिली ईन्भल्भ भएकाले स्वभाविकरुपमा हामी ईन्भल्भ भैहाल्थ्यौं, उहा“हरुलाई त एयरपोर्टबाटै गायब ग¥यो । कहा“ लग्यो, कहा“ लग्यो ? सबैलाई चिन्ता भयो ।
त्यो बेला कस्तो थियो भने नेपाली का“ग्रेसको मोटरसाइकलमा पम्प्लेट्सहरु बा“ड्ने है, अनि त्यो बेला कतिलाई समात्ने, पिट्ने, चुट्ने, थुन्दिने, कति त गायबै गर्दिने कतिलाई, पत्तै नलाग्ने कहा“ लग्यो भन्ने । त्यो बेला अहिलेको जस्तो कम्युनिकेसन सिस्टम पनि थिएन । अहिलेको जस्तो ईमेल, ईन्टरनेटहरु, मोबाईलहरु केही पनि थिएन, टेलिभिजन त थिएन नै, पछि आयो । अनि नेपालमा त धेरै पछि आयो । अनि त्यस्तो अवस्थमा उहा“हरुले कसरी गर्नुभयो होला संघर्ष, कस्तो दुख सहनुभयो होला, हामीलाई त केही पनि दुःख छैन । अहिले जो पोलिटिसियनहरु कराउंछन्, केही छैन, सबै सुखैसुख छ ।
त्यसपछि हामीले विपीलाई कोर्टमा भेट्यौं, कोर्टमा ल्याउंछ भनेको १ महिनापछि । गणेशमानजी, विपी सबैलाई सुन्दरीजल जेलमा राखेको, शैलजा दिलाई महिला जेलमा राखेको, म भेट्न पनि जान्थे, उहा“लाई सामानहरु पनि पु¥याउ“थे । कोर्टमा एकछिन आउनुहुन्छ, आउनुहुन्छ भन्याथ्यो, एकछिन यसो झलक्क देख्या जस्तो लाग्यो । मतलब म त्यो बेला सम्झिन्छु एकदम भयावह अवस्था थियो । अहिले हामीले प्रजातन्त्र पाएका छाँैं, सुरुवात त त्यहा“बाट भयो नि । एक जना जर्नलिष्ट हुनुहुन्थ्यो, किनकी त्यो बेला नेपालमा जति प्रभावको भारतको थियो, अरु कुनै मुलुकको प्रभावै थिएन । भारतसितै हामीले जे पनि डिल गर्नुपथ्र्यो, भारतबाटै सिक्थ्यौं जे पनि कुरा । त्यसपछि हाम्रो झगडा पनि भारतसितै हुन्थ्यो, त्यसपछि भारतका सोसियलिष्टहरुस“ग चाहीं विपी नजिकिनुभाथ्यो ।
विशेषगरी विपीको समाजवादले गाउ“–गाउ“मा विकास पु¥याउनुपर्छ भन्ने थियो, त्यो चाही कत्तिको पुरा भएको छ ?
सुन्नुस् न, सबैको घरमा एउटा गाई हुनुपर्छ, सबै बच्चाले दुध खान पाउनुपर्छ, सिधा कुरा छ नि, धेरै ठूलो ईन्टिलेक्च्युल कुरा गर्नुपर्ने आवश्यकै छैन । सबैलाई बस्ने एउटा घर होस्, सबै किसानलाई एउटा सुविधा होस्, सबैलाई सानो–सानो जमिन होस्, उनीहरुले खेती गर्न पाओस् । स्मल ईज ब्यूटिफूल जस्तो । नेपाल त पहिले त एकदम ब्याक्वार्ड, अन्डर डेभलप्ड नै थियो नि, अहिले त धेरै अगाडि बढेको छ, त्यो कुरा हामीले बिर्सिनु हुंदैन, त्यहा“बाट अधिकारको लडाईं र डेमोक्रेसी, प्रजातन्त्र भन्ने कुरा चाहीं त्यहीबाट सुरु भएको हो भन्ने, मुख्य जरो चाही विपीले गाड्नु भएको हो ।
भारतीय एकजना जर्नलिष्ट हुनुहुन्थयो, विपी चाबहिलमा हुंदा आउनुभएको थियो, त्यसको एउटा कुरा म एकदम सम्झन्छु, हुन त, यसको पुरे ईन्टरभ्यु नै छापिएको छ क्या र, तर यसमा पनि त्यो बेला विपीलाई क्यान्सर भइसकेको थियो, उहा“ कुनै बेला पनि तलमाथि हुन सक्ने जस्तो अवस्था थियो । कमजोर भईसक्नुभाथ्यो, बा“च्नुहुन्न भन्ने हामी सबैलाई थाहा थियो, त्यो बेला जर्नलिष्टले सोध्नुभाथ्यो, विपी तिमी त, अब धेरै दिन बा“च्दैनौ, तिमी त असफल भयौं नि त ? तिमी प्रजातन्त्रको लागि यत्रो लड्यौ, दुख ग¥यौ तर प्रजातन्त्र त ल्याउन सकेनौं ? उहा“ले के भन्नुभयो भने – सबै कुरा एउटै मान्छेले गर्दैन, एउटाले सुरुवात गर्छ, अब आउने पिढींले त्यसलाई पुरा गर्छ । त्यसैले म आफूलाई असफल भन्दिन । यो संघर्ष हामीले शुरु ग¥यौं, अब आउने पुस्ताले यसलाई अगाडि बढाउंछ ।
यो कुरा एक्दम सही हो, सबै एउटै मान्छेले गर्न सक्दैन नि, सुरुवात कहा“बाट भयो, त्यो महत्वपूर्ण हुन्छ क्या । जस्तो अहिले धेरैले भन्छन्– मैले यस्तो गरें, उस्तो गरें भन्छन् हैं, मलाई लाग्छ सबै सुरुवात त, विपीले गर्नुभो । त्यसपछि यी सबै कुराको विकासको जरो गाडेको त, गिरिजाबाबुले हो नि । विपीको यो संघर्ष अनि गिरिजाबाबु प्रधानमन्त्री भएपछि, यो डेभलपमेन्टको जरा, जुन बेस बनाईदिनुभो त्यो गिरिजाबाबुले बनाईदिनुभयो । यसमा धेरै मानिसले भने, उदारवाद नीति ल्याएको बारे धेरैले बुझेनन्, उहा“ले खुला अर्थतन्त्र अंगाल्नु भो, गिरिजाबाबुले सबभन्दा राम्रो काम के गर्नु भो भने त्यो विपीकै लाईन हो । उहा“ले विपीकै लाइनलाई फलो गर्नुभो, विपीकै लिगेसीलाई कहिल्यै पनि समाप्त हुन दिनुभएन ।
अब सायअनुसार माओवादी आयो । विपीको समयमा माओवादी थिएन, अर्को थिएन, परिवर्तन त आउंछ नि, जहिले पनि त्यै ४०, ५० वर्ष पुरानो त भइराख्दैन नि । तर एकदम सान्दर्भिक छ, विपीले भनेका गरेका कुराहरु । हामीले अध्ययन ग¥यौं भने, रिसर्च ग¥यौं भने, धेरै कुराहरु आज पनि सान्दर्भिक छन् । डेभलपमेन्टको जरो गिरिजाबाबुले नै बसाल्नुभएको हो ।
एउटा त उदार अर्थनीति हो र त्यसलाई गाउ“सितको डेभलपमेन्टलाई उहा“ले जोड्नुभयो । गाउ“लाई धेरै प्रथामिकता दिनुभो, गाउ“मै स्वास्थ्यको प्राथामिकता दिनुभो, शिक्षा गाउ“सम्म पु¥याउनुभो, एट द सेम टाईम, गाउ“ जोड्ने काम चाही मौलिक छ । हाम्रो नेपालको उदार नीति चाही स्टडी गर्न लायक छ, रिसर्च गर्न लायक छ, मैले पनि एउटा किताब लेख्दैछु, यस बारेमा । धेरै रिसर्च गरे मैले, लेख्ने सन्दर्भमा त सही कुरा लेख्नुप¥यो नि त । भोली फेरी सही लेखेन भने अन्याय हुन्छ । मैले धेरै कुरा फेला पारें, अब यो भन्दाखेरी त अन्त्य नै हु“दैन ।
विपी मेलमिलापको नीति लिएर नेपाल आउनुको उद्धेश्य पनि प्रजातन्त्र नै थियो, प्रजातन्त्रकै लागि उहा“ले संघर्ष गर्नुभयो, चुनाव पनि भयो, चुनावमा हामी हा¥यौं । मलाई याद छ, म जर्मनीमा थिएं, मैले त्यहा“बाट फोन गरेर मैले मेरो बुवालाई भनें, चुनावमा हार किन स्वीकारेको ? विपी बाबाले ? उनीहरुले सारा बुथ क्याप्चर गरेका छन्, एकलौटी शासन छ, यो त हामी हारेको होइन भन्दाखेरी उहा“ले भन्नुभो– होइन, सान्दाजुले भन्नुभो, प्रजातन्त्रमा हारेको पनि स्वीकार्नुपर्छ, अब जे भयो, जस्तो भयो । सबैले बुझेकै थियो नि, कसरी हारेको ? भन्दा पनि हाम्रो यो जीत हो, हार मानेको छैन, हाम्रो यो जीत नै हो, त्यसपछि दरबार पनि एकदम आत्तियो । उसले सोचेको थियो कि जनताले एकदम साथ दिन्छ । तर ४५ प्रतिशत भन्दा बढी भोट नेपाली का“ग्रेसले पायो । त्यसले गर्दा दरबार पनि अलिकति हच्कियो । जनता त साथ रैछ, डेमोक्रेसीको पक्षमा भन्ने दरबारले बुझ्यो र आज मैले केही गरिन“ भने कुनै न कुनै दिन त डेमोक्रेसी आउ“छ जनताले चाहेपछि भन्ने कुरा दरबारले त्यो बेला रियलाईज ग¥यो भन्ने मैले सुनेथें ।
विपीको जेल जीवन बारे पनि केही बताउनुस् न ?
अब त्यतिबेला हामी त बाहिर बस्थयौं । बाहिर पढ्थ्यौं । विराटनगरबाट मेरो आमाले मलाई गर्मीको छुट्टीमा जहिले पनि ल्याउनुहुन्थ्यो । अब विराटनगरबाट आउने, जाने, गाडीको, प्लेनको भाडा तिर्ने महंगो हुन्थ्यो, हामीस“ग धेरै खर्च पनि हुन्थेन ।त्यसैले वर्षमा एकचोटी आउ“थ्यौं । मेरो बुवा लगायत धेरै जना चाही नख्खु जेलमा हुनुहुन्थ्यो । अनि महिलाहरु महिला जेलमा हुनुहुन्थ्यो, क्रिमिनल्सहरुस“गै राखेको थियो महिलाहरुलाई । विपी, गणेशमान र किसुनजीहरु सुन्दरीजल हुनुहुन्थ्यो । हामी भेट्न जा“दा सोध्नुुन्थ्यो, तिमीहरुलाई कस्तो छ ? के छ ? कसरी दिन बिताउंदै छौ ? भनेर । हामी खाना लिएर जान्थ्यौं, विशेषगरी काठमाडौंका साथीहरु । म सम्झन्छु, विशेषगरी नेवार परिवारहरु उनीहरुस“ग पैसा पनि थियो, व्यापारीहरु पनि हुनुहुन्थ्यो, उहा“हरुले सहयोग गर्नुहुन्थ्यो । परिवारलाई मात्रै भेट्न दिन्थ्यो, अरुलाई भेट्न दिदैनथ्यो । त्यतिबेला मलाई याद भाको चाही नि । मेरो आमाको डेथ भयो, गिरिजाबाबु छुट्ने बित्तिकै २ महिनापछि । गिरिजाबाबु एकदमै अपसेट हुनुहुन्थ्यो । भर्खरै यत्रो वर्षपछि जेलबाट छुट्नुभाको, त्यसको २ महिनामा आमा बित्नुभयो, हामी सबै अपसेट, म त झनै अप्सेट थिएं । गिरिजाबाबु छुटेपछि उहा“ले छुटाएको हो नि त, विपीलाई ।
आमा बितिसकेपछि भेट्न गएको, अनि विपीले सोध्नुभयो के मलाई, सुजता कस्तो छ त“लाई ? भन्नुभयो– मलाई त कस्तो पेनफुल भयो, कटाकेटी नै थियौं । त्यतिबेला आ“खाभरी आ“सु आयो क्या, मेरो आमालाई सम्झेर । विपी बाबाले त्यो सोध्दिनुभयो । सबैजना कोही पनि बोल्नै नसक्या, एकछिन त, सबजना चापचुप, कोही पनि बोल्नै नसक्या त्यहा“, अनि भन्नुभयो – गरिजा त“लाई कति दुख भयो होला भनेर । त“लाई सुस्माले धेरै सहयोग गरेकी थि“इन, स्कूलमा पढाइकन । अनि मलाई पनि भन्नुभयो – राम्ररी पढ्नू, तेरो आमाले रगत र पसिना बगाएर, स्कूल टिचर पढाएर, कमाएर त्यसैले राम्रो पढ्नु भन्नुभएको म सम्झन्छु । घटना त धेरै हुन्छ, तर कुनै – कुनै घटना यस्तो हुन्छ, जसले तपाईंको मनमा छोएको हुन्छ, त्यो मान्छेले बिर्सिन सक्दैन ।
विपीलाई प्रजातन्त्रको पर्याय पनि भनिन्छ, तर उहाको निष्ठालाई आजको नेपाली राजनीतिले र नेपाली कग्रेसले कत्तिको अवलम्वन गरेको पाउनुहुन्छ ?
सबैजना भन्नुहुन्छ, विपी जयन्ती मनाउने, खै के गर्ने, तर विपीको जुन लाइन हो, त्यसलाई अहिले पार्टीले बिर्सिदै गएको हो कि जस्तो मलाई लाग्छ । जुन नेपाली का“ग्रेसले फलो गरेको राष्ट्रियता, प्रजातन्त्र, समाजवादले धेरै कुरा भन्छ । मैले व्याख्या गर्नुपर्दैन । यो पनि बिर्सिएको जस्तो लाग्छ । यसको प्रभाव चाहीं चुनावमा पनि प¥यो नि, यसलाई चाही रिभाईभ् गराउनु पर्छ ताकी, अब आउने पिढींले, जेनेरेसन टु जेनेरेसन यो पास होस् । ईतिहास भनेको धेरै ठूलो कुरा हुन्छ, ईतिहासबाट तपाईले सिकेर सच्याउन पनि सक्नुहुन्छ, या राम्रै कुरा पनि सिक्नुहुन्छ, दुईटै अनुभव हुन्छ ।
सिद्धान्तबाट टाढा हुदै जानुको कारण चाहीं के होला ?
निजी स्वार्थ, व्यक्तिगत चाहना र महत्वाकांक्षा, पार्टीभन्दा पनि व्यक्तिको महत्व, यी धेरै कुराहरु छन् । ईन्टलिजेन्ट्सको अभाव, कुरा बुझ्नलाई तपाईको क्षमता पनि हुनुप¥यो, सेल्फ कनफिडेन्स पनि हुनुहप¥यो, त्यो पनि अभाव । ठीक छ, परिरिस्थति त परिवर्तन हु“दै जान्छ । यसअनुसार समाजवाद पनि परिमार्जित गर्दै लानुपर्छ । पहिले–पहिले सोसलिजम्् भनेको चाही फाटेको लुगा लाउने, गरिब हुने हैन, अब त त्यो होइन नि, अब त जति राम्रो लगाउन सक्यो, सबैको हातमा एउटा मोबाईल होस्, सबैको घरमा एउटा गाडी होस्, टेलिभिजन, एउटा परिवर्तन त हुन्छ नि । क्यापिट्यालिज्म्तिर जान थाल्यो नि त । आज सबैलाई चाहियो, आज एजुकेशन लगायत धेरै सिस्टममा परिवर्तन आको छ, त्यो सोचेर हु“दैन, आफू पनि परिवर्तन हु“दै जानुपर्छ । त्यसको अर्थ यो होईन कि, गलत बाटोमा लाग्ने कुरा । बेसिक जुन हाम्रो जग छ, त्यो कुरा त सम्झनु प¥यो नि । जगलाई नै हामीले सिध्यायौं भने त सबैकुरा छिन्न–भिन्न भयो नि । त्यसैले जगलाई हामीले बलियो बनाउनुपर्छ, त्यो जग भनेको विपीले दिएको सिद्धान्त हो ।
विपीको जुन परराष्ट्र नीति छ, अहिलेको अवस्थामा चाही कसरी अगाडि बढाउनुपर्छ ?
परराष्ट्र नीति त, विपीको पनि गिरिजाबाबुको पनि छिमेकीहरुस“ग राम्रो सम्बन्ध राख्नुपर्छ भन्ने नै थियो । भारतस“ग त राम्रो सम्बन्ध छंदै थियो, चीनस“ग पनि त्यत्तिकै राम्रो सम्बन्ध थियो, एकदमै राम्रो सम्बन्ध थियो । उहा“ले एकदम एड्मायर गर्नुहुन्थ्यो, चीनलाई जबकी त्यतिबेला नेपाल र चीनबीचमा पोलिटिकल्ली त्यति ईन्ट्रेस्ट थिएन । गिरिजाबाबु आउनुभयो, उहा“को पनि त्यत्तिकै राम्रो सम्बन्ध थियो, त्यो सम्बन्धलाई चाहीं हामीले कन्टिन्युटी गर्नुपर्छ । त्यो भनेकोे गहना, त्यो हामीले पाएको कुरालाई भत्काउने, बिगार्ने हामीले गर्नुहु“दैन । पञ्चशीलको जुन सिद्धान्त छ, त्यसलाई विपीले गिरिजाबाबुले मान्दै आउनुभयो, यही पञ्चशीललाई नै टेकेर हाम्रो परराष्ट्र सम्बन्ध अघि बढ्नुपर्छ । असंलग्न नीति छ, नेपाल पनि यसैको मेम्बर छ, त्यो असंलग्न नीतिलाई हामीले फलो गर्नुपर्छ, नेपालले नेपालको ईन्ट्रेस्टमा काम गर्नुपर्छ । नेपालको सा“स्कृतिक र भौगोलिक अवस्था जस्तो छ, त्यो अनुसार नेपालको राजनीति बन्छ, यो कसैले ईन्फुल्यून्स् पनि गर्न सक्दैन । चाहे त्यो का“ग्रेस होस्, चाहे त्यो कम्युनिष्ट होस्, हामीहरु डेमोक्रेसीकै लागि लडेका हौं । त्यो बेला मनमोहन अधिकारी पनि मल्टीपार्टी डेमोक्रेटिक नै हो, खाली सिद्धान्त फरक हो । मल्टीपार्टी डेमोक्रेसीको सिद्धान्तलाई टेकेर नेपाली राजनीति अघि बढेको छ, चाहे त्यो जुनसुकै पार्टीको होस् ।
आफ्नो–आफ्नो देशको आफ्नो–आफ्नो सिस्टम हुन्छ । त्यसमा हामीले एकताबद्ध जनाउनुपर्छ, हाम्रो फरेन पोलिसीमा हामीले सबैस“ग राम्रो सम्बन्ध राख्नुपर्छ । छिमेकीसित त झन् राख्नैपर्छ, छिमेकी त जहिलेपनि छिमेकी नै हुन्छ, कहिले पनि जांदैन । फेरी भारतसित हाम्रो धार्मिक सम्बन्ध र अरु ओपन बोर्डर, भाषा, देवनागरिक स्क्रिप्ट, सबै मिलेको हुनाले, रामायण, महाभारत, मठ, मन्दिर, धर्म लगायत कल्चरल्ली हामी नजिक छौं । म त्यति धार्मिक नहुला, तपाई नहुनु होला, तर नेपाली जनता त छ नि, गंगामा नुहाउनलाई, उनीहरु पनि पशुपति आउंछन्, त्यसैले दुवै देशसित राम्रो सम्बनध राख्नुपर्छ । हाम्रो देश ईन्डिपेन्डेन्ट हो, हाम्रो देश र नेपाली स्वाभिमानी छन्, यसलाइ सबैले सम्मान पनि गर्नुपर्छ, हाम्रो भूमिमा टेकेर कसै छिमेकीले पनि नराम्रो नगरोस् । हामीले छिमेकीको ख्याल गर्नुपर्छ, उनीहरुले पनि साथसाथै हाम्रो ख्याल गर्नुपर्छ । हामीलाई दुःख हुने कुरा गर्नुहु“दैन, छिमेकीले पनि हाम्रो स्वाभिमा र स्वतन्त्रतालाई रेस्पेक्ट गर्नुपर्छ, हाम्रो सार्वभौमसत्तालाई रेस्पेक्ट गर्नुपर्छ, त्यसैले दुवैतिर विन–विन भएर जानुपर्छ ।
समग्रमा विपीको दर्शन, चरित्र र बहुआयामि पाटोहरुबाट अहिलेको नया“ पुस्ताले के सिक्नुपर्छ भन्ने लाग्छ ?
डरलाग्दो अवस्था के लाग्छ भने जनताले नै विश्वस गरेन भन्नु, एकदम डरलाग्दो अवस्था लाग्छ । राष्ट्रियता सबैभन्दा महत्वपूर्ण हो भन्ने बुझ्नुप¥यो । राजनीति गर्ने मान्छेले नै राष्ट्रियताको ख्याल गरेन भने, देशको के अवस्थ आउंछ ? त्यसैले देशको विकास, देशको हितमा काम गर्नुप¥यो । विपीको लाइनलाई जसरी गिरिजाबाबुले फलो गर्नुभो, युवाहरुले पनि फलो गर्नुप¥यो । अहिलेको युवाहरुले राष्ट्रियता, प्रजातन्त्र र समाजवादलाई अगाडि बढाउनुपर्छ, यो देशको हितको लागि छ । अहिले त झन् कोरोना आयो, नया“ सिस्टम आयो, अब म तपाईलाई भन्छु – यो कोभिड सकिएपछिको भोलीको नेपाल अर्कै हुन्छ र विश्व नै अर्कै हुन्छ । हामी युवाहरुलाई के भन्न चाहन्छौं भने युवाहरुले ईन्डिपेन्डेन्ट हुन सिक्नुप¥यो । कसैले रहर गरेर चल्दैन देश, हामी धेरै विदेशीमुखी भयौं, अरुमाथि निर्भर भयौं । अब यस्तो परिस्थिति आएको छ कि, विदेशीहरुले पनि हामीलाई सहयोग गरिरहन सक्दैन, किनकी उनीहरुको आफ्नै अवस्था खराब छ ।
हामी अहिले यस्तो फ्रेमवर्कमा छौं, जति पनि ऋणहरु लिएका छौं, त्यो अबको युवाले तिर्नु गर्नुपर्छ, बुढापाकाहरु त सिधिन्छन् । अब युवाको का“धमा त्यो भार आउ“छ । देश बनाउने भार, ईकोनोमिकल्ली अर्को भार, देशको सबै जिम्मेवारी अब युवाहरुको का“धमा छ । धेरै अध्ययन गर्नुपर्छ, अब घरमा बसेर फेसबुक हेरेर हु“दैन, विगतको ईतिहासबाट सिकेर देश बनाउनुपर्छ भन्ने भावना जबसम्म आउदैन, देश बन्न सक्दैन । गिरिजाबाबुको पनि त्यै लाईन थियो, युथहरुलाई कसरी ईन्डिपेन्डेन्ट बनाउने ? कसरी रोजगारीको सिर्जना गर्ने ? उहा“हरुले जहिलेपनि युवाहरुलाई लिएर हिड्नुहुन्थ्यो, उहा“ले बनाएको सब मन्त्रीहरु युवा थिए, ३५ वर्षको, ४० वर्षको । आफ्नो क्षमता देखाउन सक्ने क्यालिभरका थिए, तर विस्तारै, विस्तारै सबै खत्तम हु“दै गयो ।
विपीको सपना कति पूरा भयो ?
त्यो हामीले पुरा गर्नुपर्छ । जस्तो विपीले भन्नुभयो नि, मैले कम्प्लिट् नगरेको कुरा युवाहरुले गर्नुपर्छ । त गरे नि त, युवाहरुले हैन, २, २ वटा आन्दोलन गरे, २०४६ सालको आन्दोलन गरे, २०६२–६३ सालको आन्दोलन, प्रजातन्त्र त ल्याए नि । हाम्रो सपना पुरा भएन ? उहा“ त सक्सेस् हुनुभयो । अब गिरिजाबाबुले यत्रो आर्थिक सुधार ल्याउनुभाको छ । गिरिजाबाबुलाई नेपाली का“ग्रेसले नै, क्रिमिनल्स्हरुलाई पार्लियमेन्टमा लग्यो, यसो ग¥यो, उसो ग¥यो भने । गिरिजाबाबुले कति दुख गर्नुप¥यो । तर आज फाइदा भयो कि भएन देशलाई ? आज गाउ“ जाने वातावरण बन्यो । भनेपछि धेरै राम्रो काम भाको छ, हतास हुनुहु“दैन युवाहरुले, युवाहरुमा क्षमता छ, अब देश बनाउने जिम्मेवारी युवाहरुको हो ।
डेमोक्रेसी कमजोर भयो भने मेरो पार्टी बा“च्छ ? बाच्दैन नि ? हामीहरु त के चाहन्छौं भने सबै दलहरु मिलेर स्ट्रङ हुनुपर्छ, कुनै दल कमजोर भएको देख्न चाहंदैन नेपाली का“ग्रेस । नेपाली का“ग्रेसले मल्टीपार्टी डेमोक्रेसीमा विश्वास गर्छ ।
अहिलेको बहुमतको सरकारले केही गर्छ भन्ने अपेक्षा थियो ?
स्थिरताको लागि जनताले सपोट गरेको सरकारले अस्थिरता ल्याईरहेको छ । अब कसलाई ब्लेम् गर्ने ? नेपाली का“ग्रेसलाई त ब्लेम् गर्न सक्नुहुन्न, अहिलेसक्नुहुन्न, अरुबेला जति ब्लेम् गर्नुस्, अहिले चाहीं सक्नुहुन्न । अस्थिरतामा जाने, छिटो प्रभावित हुने, छिटो ईमोस्नल हुने, प्याच बोलिहाल्ने, एउटा राजनेताले त्यस्तो गर्छ ? त्यस्तो गर्दैन नि । धैर्यता राख्नुपर्छ, अलि मेचुरिटी त देखाउनुप¥यो नि, अहिले धेरै ठूलो बदनाम हुने भो, धेरैठूलो आशा ग¥याथे जनताले ।
COMMENTS