मुख्य सचिवका लागि आधा दर्जन सचिवको नेताहरुको दैलोमा म्याराथुन

काठमाडौं १० साउन । मुख्य सचिव लोकदर्शन रेग्मीको कार्यकाल सकिन कृही समय बांकी रहंदै आधा दर्जन सचिवहरू नेताहरुको दैलोमा म्याराथुन दौड शुरु गरेका छन् ।

मुख्य सचिव रेग्मीले आफ्नो कार्यकाल पूरा हुनु पहिले नै असोज २२ अघि राजीनामा दिएमा तीन जना सचिव दाबेदार उक्त पदका लागि दावेदार हुनेछन् । तिनमा परराष्ट्र सचिव शंकरदास वैरागी सहित मोहनकृष्ण सापकोटा र केदारबहादुर अधिकारीमुख्य दावेदार हुनेछन् ।
मुख्य सचिव रेग्मीको कार्यकाल आगामी कात्तिक ३ गते सकिँदै छ । रेग्मी २०७४ कात्तिक ४ मा मुख्यसचिव नियुक्त भएका थिए । रेग्मीले शेरबहादुर देउवा र केपी ओली प्रधानमन्त्री व्योहर्ने कांग्रेसी पृष्ठभूमिका नेताहरुर्ला राम्रैसंग चिप्लो घस्न सफल कर्मचारी हुन् ।

वरिष्ठ तीन सचिवहरू रेग्मीलाई सेवानिवृत्त हुनुभन्दा पहिने नै कुनै देशको राजदूत नियुक्त गराएर आफू मुख्य सचिव हुनका लागि बालुवाटार र खुमलटारको चक्कर काट्न थालेको सश्रोतको दावी छ ।

निजामती सेवा ऐनको दफा १९ (२) ‘क’मा ज्येष्ठता र कार्यकुशलताका आधारमा बहालवाला सचिवहरूमध्येबाट एक जना मुख्यसचिव नियुक्त गरिने उल्लेख भएपनि प्रधानमन्त्रीको रोजाइको सचिव नै मुख्य सचिव हुने परम्परा वस्दै आएको छ ।

हाल सरकारका ७० सचिव (विशिष्ट श्रेणी) मध्ये वरिष्ठ तीन सचिवमा परराष्ट्रका शंकरदास वैरागी, सार्वजनिक खरिद अनुगमन कार्यालयका मोहनकृष्ण सापकोटा र संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका केदारबहादुर अधिकारीको दौड तीव्र भएको छ ।

तर रेग्मी पूरै कार्यकाल पदमा रहे तीनै जनाको मुख्य सचिव हुने बाटो बन्द हुनेछ । उनीहरू असोज २२ मा पाँचवर्षे सेवा अवधि सकिएर पदमुक्त हुनेछन् ।

हालका मुख्य सचिव प्रधानमन्त्री केपी शर्मा ओलीलाई राम्रैसंग रिझाउन माहिर प्रशास रहेको सरकारकै प्राय मन्त्रीहरुके समान बुझाई छ ।
संवैधानिक आयोग वा अन्य कुनै आकर्षक राजनीतिक नियुक्तिको ग्यारेन्टी भए रेग्मीले कार्यकाल सकिनुअघि नै पद छाड्न सक्ने रेग्मीको आशा बुझेर तीन सचिवको दौड चलिरहेको छ । ं
रेग्मी भन्दा पहिलेका तत्कालीन मुख्य सचिव सोमलाल सुवेदीले बीचैमा राजीनामा दिएर एडीबीमा नियुक्ति लिएपछि रोलक्रममै नरहेका राजेन्द्रकिशोर क्षेत्री मुख्य सचिव भएका थिए । त्यही नजिर दोहराउन अहलिे कसरत भइरहेको छ ।

वैरागी र अधिकारी मुख्य सचिव भए दुवैले पूरै कार्यकाल अर्थात् २०८० असोज २२ गतेसम्म काम गर्न पाउनेछन् । त्यस्तो अवस्था आएमा परराष्ट्र सचिव वैरागी मुख्य सचिव हुने निश्चित छ । सापकोटाका पहुंच प्रधानमन्त्रीसम्म पुग्न नसक्ने श्रोतको दावी छ ।
त्यस्तो नभएमा मुख्य सचिवका मुख्य दाबेदार संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिव सूर्यप्रसाद गौतम हुनेछन् । गौतमले २०८० फागुन ६ मा अवकाश पाउनेछन् ।

मुख्य सचिव बन्नकै लागि उनी न्युयोर्कस्थित संयुक्त राष्ट्रसंघको स्थायी नियोगलगायतका अवसर छाडेर बसेको कर्मचारीहरुले बताउंछन् । उनी काविल मध्येका एक उच्च प्रशासक हुन् ।

वैरागी एक मात्र त्यस्ता व्यक्ति हुन् जसले परराष्ट्रमा लगातार ५ वर्ष सचिवको कार्यकाल पूरा गर्दै पनि छन् ।

पर्यटन सचिव रहेका अधिकारीले पनि मुख्य सचिवका लागि प्रधानमन्त्री निकटहरूसँग लबिइङ बढाएक छन् । उनको विगतको पृष्ठभूमि पूर्व एमाले रहनु पनि बलियो दावेदारी हो । उनी पनि प्रशासन क्षेत्रमा अब्बल प्रशासक मानिन्छन् ।

रेग्मीले कात्तिक ३ सम्मै काम गरे वरिष्ठताका आधारमा मुख्य सचिवको दौडमा पहिलो नम्बरमा हुनेछन्– उद्योग सचिव चन्द्रकुमार घिमिरे, वन तथा वातावरण सचिव विश्वनाथ ओली र सहरी विकास मन्त्रालयका सचिव मधुसूदन अधिकारी । घिमिरे २०७२ माघ ८, ओली २०७३ वैशाख ७ र अधिकारी २०७३ वैशाख २४ मा सचिव नियुक्त भएका थिए ।

घिमिरे मुखय सचिव हुनका लागि उनकै हालका मन्त्रीसंगको बढ्तै हिमचिम तगारो बन्ने श्रोतको दावी छ ।ओली र अधिकारी बढ्ता प्राविधिक रहेका प्रशासक हुन । ओलीले मुख्य सचिवको सम्भावनालाई ध्यान राख्दै केपी शर्मा ओली नेतृत्वको सरकारलाई अप्ठ्यारो पर्ने र विवादास्पद निर्णय नगरी सचिवको चार वर्षभन्दा बढी कार्यकाल पूरुा गरेका छन् ।

सचिव ओलीलाई कतिपयले प्रधानमन्त्री ओलीनिकट भनेर समेत व्याख्या गर्ने गरेका छन् । स्रोतका अनुसार वन तथा वातावरणमन्त्री शक्ति बस्नेतसमेत आफ्नै सचिव ओलीको प्रधानमन्त्रीसँग बढ्दा निकटता भएको बुझेर अलि कडा निर्णय गर्न हच्किने गरेका छन् । अन्तर्मुखी स्वभावका सचिव ओलीले नियमित रूपमा गर्नुपर्ने नीतिगत निर्णयमा समेत आलटाल गर्ने र आफूअनुकूल नभएका सरुवा रोक्ने गरेको बनमन्त्रीको अनुभव छ ।

मुख्य सचिव भएनन् भने घिमिरे आगामी २०७७ माघ ८ र ओली २०७८ वैशाख ७ मा पाँचवर्षे कार्यकाल पूरा गरी सेवानिवृत्त हुनेछन् । मुख्य सचिवकै अर्का प्रतिस्पर्धी अधिकारी पनि पाँचवर्षे सेवा अवधि सकेर २०७८ वैशाख २४ मा सेवानिवृत्त हुनेछन् ।
हालका मुख्य सचिवबाट आजित भएका मन्त्रीहरु जति सको चांडो विदा गरेर वैरागी वा केदार बहादुर अधिकारीलाई मुख्य सचिव बनाउन चहेको एक मन्त्रीले बताए ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board