…नभए बहुमतको आधार निर्णय गर्ने खुमलटारको तयारी

काठमाडौँ, १२ साउन । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को विवाद अझै सहमति हुन सकेको छैन । नेकपामा अलिहेको विवाद कुर्सी केन्द्रीत देखिएको छर्लङ्गै छ ।

सहमति जुटाउनका लागि नेकपाका अध्यक्षद्धय ओली र प्रचण्डबीच थुप्रै भेटवार्ताहरु भए तर, छलफलले निकास दिन सकेको छैन । यसैबीच आज पनि नेकपाका नेताहरु आ-आफ्नै गुटको भेलामा जुटेका छन् ।

नेकपाको बैठक बस्ने–नबस्ने अनिश्चित छ । भोलि ११ बजेका लागि तय भएको स्थायी कमिटीको बैठक बस्ने कि नबस्ने निश्चित छैन । यसैबीच नेकपाका नेताहरु यतिबेला आ-आफ्नै गुट भेलामा व्यस्त छन् । अहिले बालुवाटार र खुमलटारमा छलफलहरु भइरहेको छ ।

नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को निवास खुमलटारमा प्रचण्ड–माधवकुमार नेपाल पक्षका स्थायी कमिटीको बैठक चलिरहेको श्रोतले बतायो । श्रोतका अनुसार उता प्रधानमन्त्री निवासमा पनि नेकपाका अर्का अध्यक्ष एवं केपी शर्मा ओलीले आफ्ना निकटका नेताहरुसँग छलफल गरिरहेका छन् ।

सहमतिका लागि थुप्रै प्रयास भएपनि कुनै निष्कर्ष निस्कन सकेको छैन । श्रोतका अनुसार प्रचण्ड अब बहुमतबाट निर्णय गरेरै भएपनि अगाडि बढ्ने मनस्थितिमा रहेको छ । स्थायी कमिटीमा कसरी प्रस्तुत हुने र आफ्नो पक्षबाट कसरी कुरा राख्ने विषयमा छलफल भइरहेको छ ।

‘ओली सहमतिमा आउने देखिएको छैन । अब पार्टीबाट बहुमतले निर्णय गरी अगाडि बढ्ने तयारी भइरहेको छ ।’ एक स्थायी कमिटी सदस्यले भने । उनका अनुसार त्यसअघि भने ओलीसँग एकपटक पुनः सहमतिका लागि प्रयास गरिने बताए ।

सोमबार ओली र प्रचण्डबीच छलफल हुने सम्भावना रहेको छ । आपसमा छलफल गर्नुअघि दुवै अध्यक्षले आ–आफ्ना पक्षका शीर्ष नेताहरुसँग परामर्श गरिरहेका छन् ।

नेकपा भित्र देखिएको विवादलाई कसरी समाधान गर्ने भन्नेबारे दुई अध्यक्षबीच पटक–पटक कुराकानी भएको छ। पछिल्लो समय प्रधानमन्त्री ओलीले मंसिरमा पार्टी महाधिवेशन गरेर प्रचण्डलाई एकल अध्यक्ष बनाउने प्रस्ताव गरेका छन् । नेकपा स्थायी समिति बैठक साउन १३ गतेका लागि बोलाइएको छ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board