ओलीले बैठक रोक्नु पार्टी विधानविपरीत रहेको प्रचण्ड-नेपाल पक्षको निष्कर्ष

काठमाडौं, १३ साउन । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को विवादले नयाँ उत्कर्ष लिएको छ । प्रधानमन्त्री केपी शर्मा ओली बिनै बसेको नेकपा स्थायी कमिटी बैठकले ओलीको कार्यशैलीप्रति गम्भीर असन्तुष्टि जनाएको छ ।

ओलीले एक पक्षीय रुपमा बैठक स्थगित गरेपछि अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बहुमत सदस्यको बैठक राखेका थिए । उक्त बैठकले एकपक्षीय रुपमा बैठक स्थगित गर्नु अनुचित भएको निष्कर्ष निकालेको हो ।

नेकपा विवादः ओली नै प्रधानमन्त्री हुनुपर्ने भन्दै वामदेवले बुझाए ६ बुँदे प्रस्ताव

पार्टीको विधि, विधान विपरित बैठक स्थगित गर्ने ओलीको निर्णय अनुचित भएको स्थायी समिति सदस्यहरुले बताएका छन् । पार्टी एकताको रक्षा गर्दै केन्द्रीय कमिटिले निर्णय गरेअनुसार महाधिवेशनको तयारी थालिने पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए । ४४ सदस्यी समिति मध्ये बैठकमा २९ जना स्थायी समिति सदस्य र दुईजना आमन्त्रित सदस्य गरी ३१ जनाको सहभागिता रहेको थियो । यस अघि नेकपा उपाध्यक्ष वामदेव गौतमले पार्टीको विवाद मिलाउन भन्दै अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाललाई ६ बुँदे प्रस्ताव बुझाएका छन् । वामदेवले पार्टी विग्रह तत्काल रोक्नका लागि भन्दै अध्यक्षद्वय केपी शर्मा ओली र प्रचण्डसामु गौतमले ६ बुँदे प्रस्ताव अघि सारेका हुन् ।

प्रवक्ता नारायणकाजी श्रेष्ठले विधान विपरित अर्का अध्यक्ष ओलीले स्थगित भएको सूचना प्रवाह गर्नु उचित नभएको बताए । उनका अनुसार प्रचण्डलाई नै अब ओलीसँग वार्ता गरेर सहमति जुटाउन जिम्मेवारी दिइएको छ । प्रवक्ता श्रेष्ठका अनुसार आजको बैठकले एजेन्डामा छलफल नगरी सहमतिका आधारमा आगामी बैठक राख्ने पहल गर्न अध्यक्ष प्रचण्डलाई जिम्मेवारी दिने निर्णय गरेको छ ।

प्रवक्ता श्रेष्ठका अनुसार पार्टीको एकता रक्षा गर्न, पार्टीलाई विधि र पद्धति अनुसार अगाडी बढाउन र वर्तमान संकटलाई निकास दिन आ-आफ्नो भूमिका खेल्न पनि बैठकले नेता कार्यकर्ताहरुलाई आग्रह गरेको छ ।

तस्वीर : प्रचण्डको सचिवालय

सहमतिकै माध्यमबाट अहिलेको समस्या समाधान गर्न दुई अध्यक्षबीच छलफल हुने श्रेष्ठले बताए । उनले भने, हामी पनि अध्यक्ष र अरू कमरेडसँग छलफल गर्छौं,’ ‘हामी हरहालतमा एकताको रक्षा गर्ने पक्षमा छौं। हतारमा निर्णय गर्न चाहन्नौं।’

बैठकमा को-को थिए ?

  1. अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड
  2. वरिष्ठ नेता माधव कुमार नेपाल
  3. वरिष्ठ नेता झलनाथ खनाल
  4. उपाध्यक्ष बामदेव गौतम
  5. प्रवक्ता नारायणकाजी श्रेष्ठ

स्थायी समिति सदस्यहरु
अष्टलक्ष्मी शाक्य
गणेश साह
गिरिराजमणि पोखरेल
गोकर्ण विष्ट
घनश्यम भुसाल
चक्रपाणि खनाल
जनार्दन शर्मा
देव बहादुर गुरुङ
देवेन्द्र पौडेल
पम्फा भुसाल
वर्षमान पुन
भीम प्रसाद आचार्य
भीम बहादुर रावल
मातृका प्रसाद यादव
मुकुन्द न्यौपाने
युवराज ज्ञावली
योगेश कुमार भट्टराई
रघुजी पन्त
रघुवीर महासेठ
लीलामणि पोखरेल
वेदुराम भुसाल
शक्ति बहादुर वस्नेत
सुरेन्द्र प्रसाद पाण्डे
हरिवोल गजुरेल

आमन्त्रीत
अमृत बोहोरा
विष्णु प्रकास श्रेष्ठ

बाढी पहिरो जस्ता प्रकृतिक विपत्तिमा परेकाहरुको राहत र उद्धारमा जुट्ने निर्णय गर्दै ४ साउनमा बसेको नेकपा स्थायी कमिटीले अर्को बैठक १३ साउन, ११ बजेका लागि तोकेको थियो । बैठकका लागि नेताहरु प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगिसकेका थिए । तर प्रधानमन्त्रीका प्रेस सल्लाहकारले स्थायी कमिटी बैठक स्थगित भएको सूचना सार्वजनिक गरेका थिए ।

बालुवाटार पुगेका प्रचण्ड र वरिष्ठ नेता झलनाथ खनालले ओलीलाई भेटेका थिए । आफूहरुले बरु ३ बजे बैठक राखौं र, त्यहाँ आफ्ना कुरा भन्नुस् भनेको तर ओलीले त्यसलाई अस्वीकार गरेको प्रचण्डले नेताहरुलाई ब्रिफिङ गरे ।

बैठकमा २९ स्थायी कमिटी र दुई आमन्त्रित सदस्य उपस्थित रहेका थिए । पार्टीलाई विधि पद्धतीसम्मत रुपमा अगाडि बढाउन र वर्तमान संकटलाई सकारात्मक ढंगले निकास दिनका निम्ति भूमिका खेल्न नेताहरुलाई आग्रह गरेको छ ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board