विश्वले हेर्ने गरी आकर्षित रुपमा खेलकुद जगतलाई अघि बढाउँछु –सदस्य सचिव सिलवाल

काठमाडौं, १५ साउन ।  राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य सचिव रमेशकुमार सिलवाल र उपाध्यक्ष शिव कोइरालाले बुधबार पद तथा गोपनियताको शपथ लिएका छन्।

युवा तथा खेलकुद मन्त्रालयमा भएको कार्यक्रमा सचिव सिलवाल र उपाध्यक्ष कोइलालाई युवा तथा खेलकुद मन्त्री तथा राखेपका अध्यक्ष जगतबहादुर विश्वकर्माले शपथ ग्रहण गराएका हुन । कार्यक्रममा राखेपको १९ औँ सदस्य सचिव पदमा नियुक्त सदस्य सचिव सिलवालले आफ्नो अघिल्लो कार्यकालमा बाँकी रहेका कामलाई निरन्तरता दिँदै खेल र खेलाडीको हितमा काम गर्ने बताए ।

उनले भने, ‘नेपालको खेलकुद जगतलाई विश्वले हेर्ने गरी आकर्षित रुपमा अगाडि बढाउने छु ।’ खेलकुदलाई खेलकुदका रुपमा मात्रै सीमित नगरि यसलाई जीवनको अनुभव बनाउनका लागि काम गर्ने बताए । यसअघि युवा तथा खेलकुद मन्त्रालयले मन्त्रालयकै सचिवको नेतृत्वमा गठन गरेको तीन सदस्यीय समितिले सिफारिस गरेका मध्येबाट सिलवाललाई सोमबार मन्त्रिपरिषद्को निर्णयले सदस्य सचिव नियुक्त गरेको थियो ।

सपथलगत्तै पद बहालीका लागि सिलवाल बुधबार नै त्रिपुरेश्वरमा रहेको राष्ट्रिय खेलकुद परिषद्को कार्यालयमा पुगेका थिए । सिफारिस समितिले सदस्य सचिवका लागि सिलवालसहित अन्जु श्रेष्ठ र लिलबहादुर थापा मगरलाई सिफारिस गरेको थियो ।

नयाँ राष्ट्रिय खेलकुद विकास ऐन २०७७ कार्यान्वयनमा आएसँगै सदस्य सचिवको पदावधि चार वर्षका लागि हुनेछ ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board