काठमाडौं, १६ साउन । नेपाल-चीनबीचको सम्बन्ध शताब्दीऔँ अघिदेखिको छ । नेपाल र चीनबीचको सम्बन्ध हजारौँ वर्षदेखि गाँसिएको दुई छिमेकी मुलुक हुन् । इतिहास, भूगोल र संस्कृतिले जोडिएका यी मुलुकका समाज बौद्ध दर्शनका शान्ति, करुणा र अहिंसाबाट दीक्षित र यही सामाजिक मनोविज्ञान पुस्तान्तरित हुँदै आएका छन् ।
नेपाल-चीलाई सबैभन्दा पहिले बौद्ध दर्शनले नै जोडेको ईतिहास छ । चिनियाँ भिक्षु फा स्यान र नेपाली भिक्षु बुद्धभद्रको यात्रादेखि आजको दिनसम्म आइपुग्दा नेपाल चीनको सम्बन्ध निकै उचाईमा पुगेको छ । भिक्षु फा स्यानका अनुसार, एसिया भ्रमणपछि चीन फर्केका बेला नानचिङमा बुद्धभद्रसँग भेट भएको थियो ।
दुवै मिलेर बौद्ध दर्शनको सूत्र प्रतिपादन गरे । सातौँ शताब्दीमा लिच्छवि राजकुमारी भृकुटीको विवाह तिब्बतका राजकुमार स्रङचङ गम्पोसँग भएको थियो । १३ औं शताब्दीमा नेपाली कलाकार अरनिको चीन पुगेर आफ्नो कलाको बिस्तार गरे । यसरी प्राचिन कालदेखिनै नेपाल चिनको सम्बन्ध रहँदै आएको छ । खासगरी चिनियाँ यात्रीको नेपाल भ्रमणपछि दुवै देशमा आवत्जावत् बढेको देखिन्छ । अर्कोकुरा नेपाल र चीन सरकार प्रमुख बीच ११४ वर्षसम्म कोसेली आदानप्रदान भएको इतिहास पनि रहिआएको छ ।
आधुनिक सम्बन्ध भने सन् १९५५ अगस्ट १ बाट शुरु हुन्छ । जतिखेर नेपाल चिन बिचको कुटनीतिक सम्बन्धले औपचारिकता पायो । त्यसपछि भने औपचारिक रुपमा लिपिबद्ध हुने गरी नै नेपाल र चीन बिचमा उच्चस्तरीय भ्रमणहरु हुने गरेका छन् । अघिल्लो वर्ष मात्रै चिनियाँ राष्ट्रपति सि जिनफिङको नेपाल भ्रमण भयो । राष्ट्रपति विद्यादेवी भण्डारीले पनि चिनको भ्रमण गरेकी छिन् ।
यो पनि…
राष्ट्रपति सि चिनफिङ्ग र राष्ट्रपति बिद्यादेवी भण्डरीले द्धिपक्षीय मित्रता रणनैतिक साझेदारीमा बिकास गर्नुभयो : चिनिया राजदूत, होउ यान्छी
हरेक उच्चस्तरीय भ्रमणले आपसी हितको विषयमा सहमती , सहकार्य गर्ने गरेको छ । नेपालबाट चिन तर्फ सन् १९५६ मा तत्कालीन प्रधानमन्त्री टंकप्रसाद आचार्यले भ्रमण गरे । त्यसैगरी सन् १९६० मा तत्कालिन प्रधानमन्त्री बिश्वेश्वर प्रसाद कोईरालाले, सन् १९६१ मा राजा महेन्द्रले भ्रमण गरे । तत्कालिन प्रधानमन्त्री किर्तिनिधी विष्टले सन् १९७२ र सन् १९७८ मा दुई पटक भ्रमण गरे । भने राजा महेन्द्रले सन् १९७३देखि सन् २००१ को बिचमा ६ पटक चिनको भ्रमण गरेका छन् ।
तत्कालिन प्रधानमन्त्री गिरिजाप्रसाद कोईराला, मनमोहन अधिकारी, शेरबहादुर देउवा, तत्कालिन राजा ज्ञानेन्द्र, तत्कालिन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, माधवकुमार नेपाल, सुशिल कोईराला, राष्ट्रपति रामवरण यादव, उपराष्ट्रपति परमानन्द झादेखि हाल बर्तमान राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओली, उपराष्ट्रपति नन्दबहादुर पुन सम्मले चीनको औपचारिक भ्रमण गरेका छन् । चीनको तर्फबाट नेपालमा भने पहिलो पटक सन् १९५७ मा चीनका तत्कालीन प्रधानमन्त्री चाउ एनलाइले भ्रमण गरे । लगत्तै सन् १९६० मा चीनका प्रधानमन्त्री चाउ एनलाइ र उपप्रधानमन्त्री चेन यीले संयुक्त रूपमा नेपाल भ्रमण गरे ।
सन् १९७५ मा तत्कालीन उपप्रधानमन्त्री चेन सिलियानले नेपालको भ्रमण भयो भने सन् १९७८ मा नेता देङ सियाओपिङले नेपालको भ्रमण गर्नुभएको थियो । सन् १९८१ मा तत्कालीन प्रधानमन्त्री चाओ चियाङले नेपालको औपचारिक भ्रमण गरे । त्यसैगरी सन् १९८४ मा पहिलोपल्ट चीनका राष्ट्रपति ली स्याननियानले नेपालको भ्रमण गर्नुभएको थियो । त्यसपछि सन् १९८७ मा उपप्रधानमन्त्री छ्याओ सीले नेपालको औपचारिक भ्रमण गरे ।
सन् १९८९ मा चीनका प्रधानमन्त्री ली पेङले नेपाल भ्रमण गर्नुभएको थियो । त्यसैगरी सन् १९८४ मा उपप्रधानमन्त्री च्याङ चमिनले नेपालको भ्रमण गरेका थिए । १२ वर्षपछिसन् १९९६ मा उनले । चीनका राष्ट्रपतिको रुपमा नेपालको भ्रमण गरे । सन् २००१ मा चीनका प्रधानमन्त्री झु रोङ्जीले नेपाल भ्रमण गरे । त्यसैगरी सन् २०१२ मा प्रधानमन्त्री बेन जियाबाओले नेपालको औपचारिक भ्रमण गरेका थिए । अघिल्लो वर्ष चीनका विदेशमन्त्री वाङ यी र राष्ट्रपति सि चिनफिङले नेपालको भ्रमण गरेका छन् ।
नेपाल र चिन बिच औपचारिक रुपमा मात्रै होईन अनौपचारिक रुपमा पनि हाईप्रोफाईल भ्रमणहरु हुने गरेका छन् । दुई देशका उच्च पदस्थ व्यक्तित्वहरुको भ्रमणले नेपाल चीनको सम्बन्धलाई अझ दरिलो बनाउने गरेको छ ।
यी हुन् हालसम्म चीनबाट नेपालमा आएका राष्ट्रपति-प्रधानमन्त्री
अघिल्ला वर्षहरूमा चीनबाट नेपालमा उच्च स्तरीय भ्रमण हुने खबरहरू बारम्बार सार्वजनिक हुने गरे पनि सन् २०१२ मा भएको चीनियाँ प्रधानमन्त्रीको संक्षिप्त नेपाल भ्रमणपश्चात् त्यो तहमा भ्रमणहरू हुन सकेका छैनन्। राष्ट्रपति तहमा भने पछिल्लो पटक सन् १९९६ मा तत्कालिन चिनियाँ राष्ट्रपति जियाङ जमिनले नेपाल भ्रमण गरेका थिए।
परराष्ट्र मन्त्रालय र नेपाल तथा चीनको सम्बन्धबारे लेखिएका कतिपय पुस्तकहरू अनुसार सन् १९५५ अगस्ट १ मा नेपाल र चीनबीच द्विपक्षीय सम्बन्ध स्थापित भएदेखि हालसम्म, दुई जना राष्ट्रपति, पाँचजना प्रधानमन्त्री र पाँचजना उप-प्रधानमन्त्रीले नेपालको भ्रमण गरेका छन्।
नेपालबाट भने त्यसबेलादेखि हालसम्म राजा, राष्ट्रपति र प्रधानमन्त्री तहमा दुई दर्जनभन्दा बढी पठक चीन भ्रमण भइसकेको छ। उपराष्ट्रपति र उपप्रधानमन्त्री तहमा पनि धेरै पटक भ्रमण भएको परराष्ट्र मन्त्रालयको विवरणमा देखिन्छ।
नेपाल-चीन दौत्य सम्बन्ध
नेपाल-चाइना सोसाइटीले प्रकाशित गरेको हिरण्यलाल श्रेष्ठद्वारा लेखिएको पुस्तक ‘सिक्स्टी इयरस् अफ डाइनामिक पार्टनरशिप’का अनुसार नेपाल र चीनबीच सन् १९५५ अगस्ट १ मा काठमाण्डूमा दौत्य सम्बन्ध स्थापित भएको हो (पृ. ११)।
पञ्चशीलका आधारमा दुई देशबीच सम्बन्ध स्थापित भएको श्रेष्ठले लेखेका छन्। उक्त पुस्तकका अनुसार नेपाल र चीनबीच द्विपक्षीय सम्बन्ध स्थापना गर्ने सम्झौतामा नेपालका तर्फबाट तत्कालीन प्रमुख शाही सल्लाहकार सरदार गुञ्जमान सिंह तथा चीनको तर्फबाट राजदूत युआन जोङ्सियाङले हस्ताक्षर गरेका थिए।
बीबीसीका अनुसार नेपालसँग द्विपक्षीय कूटनीतिक सम्बन्ध स्थापना गर्ने चीन पाँचौँ देश थियो भने चीनसँग द्विपक्षीय कूटनीतिक सम्बन्ध स्थापना गर्ने नेपाल २२ औँ देश बनेको थियो। दौत्य सम्बन्ध स्थापनापश्चात् दुवै मुलुकले राजदूतावास स्थापना गरेका थिए।
चिनियाँ प्रधानमन्त्रीको पहिलो नेपाल भ्रमण
टंकप्रसाद आचार्य चीन भ्रमणमा गएका बेला त्यसबेलाका प्रधानमन्त्री चाउ एनलाईलाई नेपाल भ्रमणको निम्तो दिएर फर्केको इतिहासकारहरूले लेखेका छन्। आचार्यको भ्रमणलगत्तै सन् १९५७ ज्यानुअरी २५ देखि २९ सम्म चिनियाँ प्रधानमन्त्री चाउ एनलाईले नेपाल भ्रमण गरेका थिए।
त्यसबेलाको संयुक्त वक्तव्यलाई उदृत गर्दै श्रेष्ठले यस्ता भ्रमणहरूको आदानप्रदानले नेपाल र चीनबीचको मित्रता थप सुदृढ हुने सन्देश त्यसमा रहेको लेखेका छन्। कतिपय अध्येताहरूका अनुसार तत्कालीन चिनियाँ प्रधानमन्त्री चाउ एनलाई नेपालसँग सीमालगायतका समस्याहरू समाधान गर्न सन्धि गर्न चाहन्थे।
उनले सन् १९४९ मा चीनमा जनवादी गणतन्त्र स्थपानापश्चात् देखि नै त्यसका लागि कुराकानी अघि बढाएको नेपाल-चीन सम्बन्धबारे अध्ययन गर्नेहरूले लेखेका छन्। चाइना क्वाटर्ली अफ इन्टरन्याशनल स्टर्टेजिक स्टडिज्मा गत वर्ष प्रकाशित एउटा लेखमा चीनमै विद्यावारिधि गर्दै गरेका एकजना नेपाली बुद्धिप्रसाद शर्माले पनि चाउ एनलाईको उक्त मनसाय रहेको लेखेका छन्।
उनले चीनका लागि तत्कालीन भारतीय राजदूत के एम पणिक्करलाई उदृत गर्दै लेखेका छन्, “चीन, भारत र नेपालबीचको त्रिपक्षीय बैठकका क्रममा उनले ….पाणिक्करसँग सीमा विवाद र अन्य मुद्दाहरूको समाधानका लागि आपसी समझदारी र विश्वासका साथ कोशिस गर्ने कुराकानी गरेका थिए।”
सन् १९५५ मा भएको वाङ्दुङ सम्मेलनमा सहभागी हुन गएको नेपाली प्रतिनिधिमण्डलसँग उनले दौत्य सम्बन्ध स्थापनाका लागि प्रस्ताव गरेको र त्यो प्रस्तावलाई नेपाली प्रतिनिधमण्डलले स्वीकारेको पनि उनले लेखेका छन्।
शान्ति तथा मैत्री सन्धि
नेपालको पहिलो जननिर्वाचित सरकारका प्रधानमन्त्री बीपी कोइरालाले सन् १९६० मार्च ११ देखि २४ सम्म चीनको भ्रमण गरेको नेपाल र चीन सरकारका कतिपय आधिकारिक सरकारी वेबसाइटहरूमा उल्लेख छ। त्यसबेला उनले चाउ एनलाईलाई नेपाल भ्रमणको निम्तो दिएर नेपाल आएका थिए। त्यस लगत्तै सन् १९६० को एप्रिल २६ देखि २९ सम्म चाउ इनलाईले दोस्रो पटक नेपालको भ्रमण गरे।
उनले त्यसबेला नेपाली संसद्का दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन पनि गरेको श्रेष्ठले लेखेका छन्। त्यसै क्रममा एप्रिल २८ मा नेपाल र चीनबीच शान्ति तथा मैत्री सन्धिमा हस्ताक्षर भएको थियो।उक्त सन्धिमा नेपालका तर्फबाट बीपी कोइराला र चीनका तर्फबाट चाउ एनलाईले हस्ताक्षर गरेका थिए।
सीमा सन्धि
त्यस अघि नै कोइरालाको चीन भ्रमणका बेला नेपाल र चीनबीच सीमा सम्बन्धी सम्झौता भएको थियो। सन् १९६० मार्च २१ मा कोइराला र चाउ एनलाईले उक्त सम्झौतामा हस्ताक्षर गरेका थिए। श्रेष्ठका अनुसार उक्त सम्झौता हुनुपूर्व मार्च १८ मा चिनियाँ कम्युनिष्ट पार्टीका अध्यक्ष माओत्सेतुङले त्यसबारे कोइरालासँग छलफल गरेका थिए ।
उक्त छलफलमा माओत्सेतुङले नेपाल र चीनबीचको सीमा सधैँ शान्ति र मैत्रिपूर्ण हुनुपर्छू भनेको श्रेष्ठले लेखेका छन्। सोही सम्झौता अनुसार नेपाल र चीनबीचको सीमाको टुङ्गो लगाउन दुवै देशका विज्ञहरू रहेको समूह बनाइएको श्रेष्ठले लेखेका छन्।
उक्त समूहले नेपाल-चीन सीमा सन्धिको मस्यौदा तयार पारेको र त्यसलाई सन् १९६१ अक्टोबर ५ मा राजा महेन्द्रको चीन भ्रमणका बेला राष्ट्र प्रमुखहरूले हस्ताक्षर गरेको उक्त पुस्तकमा लेखिएको छ। उक्त सन्धिले नेपाल र चीनबीच रहेको सीमा समस्या हल गरेको कूटनीतिज्ञहरूले बताउने गरेका छन्।
त्यसपछिका भ्रमण
नेपाल र चीनसँग दौत्य सम्बन्ध स्थापना भएका बखतमा दुवै देशबीच उच्च तहमा भ्रमणहरू तीव्र भएको देखिन्छ। त्यसपछि पनि नेपाल र चीनबीच उच्त तहमा भ्रमणहरू निकै हुने गरेका छन्।
तर जति मात्रामा नेपाली उच्च अधिकारीहरू चीनको भ्रमणमा जान्छन् त्यस्तै मात्रामा चीनबाट भने भ्रमण हुन नसकेको भन्दै कतिपयले आलोचना गर्ने गरेका छन्।
पछिल्लो पटक भएका चिनियाँ उच्च पदाधिकारीहरूको भ्रमणहरू पनि संक्षिप्त हुने वा बाटो पर्दा मात्र नेपालमा अवतरण गर्ने गरेको कतिपयको आरोप रहने गरको छ।
ुइकोनोमिक एन्ड कमर्शियल कन्सुलर्सस् अफिस अफ दि एम्बेसी अफ द पिपुल्स रिपब्लिक अफ चाइना इन फेडरल डेमोक्याक्ट्रिक रिपब्लिक अफ नेपालु नामक संस्थाका अनुसार राजा महेन्द्र र विरेन्द्र दुवैका राज्याभिषेकमा चीनबाट उच्चस्तरीय भ्रमण भएका थिए।
कूटनीतिज्ञहरू तथा लेखकहरूले लेखे अनुसार नेपालले चीनसँग सुरुदेखि हालसम्म पञ्चशीलकै आधारमा सम्बन्ध राखेको देखिएको छ । हरेक उच्चस्तरका भ्रमणहरूमा दुवै देशले शान्तिपूर्ण सहअस्तित्व र पञ्चशीलमा जोड दिने गरेको उनीहरूले लेख्ने गरेका छन्।
लिच्छविकालमा नेपालचीन-सम्बन्ध
लिच्छविकालमा नेपाल र चीनबीच धेरै भातृ सम्बन्ध पनि भयो र समय समयमा युद्ध पनि भएको पाईन्छ । जसले सम्बन्धमा उतारचढाव गराइरह्यो । सधैं नेपाल र चीन(तिब्बत)बीच राम्रो सम्बन्ध मात्रै भएन । शिवदेव द्वीतीयको समयमा नेपाल र भोटबीच युद्ध भएको थियो । त्यतिबेला नेपालको आक्रमणमा परी भोट (तिब्बत)का राजा मारिएको कुरा पनि वाङ इन चेको यात्रा वृत्तान्तबाट जान्न सकिन्छ । सोही समयमा नै नेपालको कपिलवस्तुको तर्फबाट बुद्धभद्रले चीनको भ्रमण गरेका थिए ।
केही साहित्यिक स्रोतहरुले ने नेपाल संवतको सुरुवात बारे निर्णय गर्दा नेपाल तिब्बतको अधिनमा रहेको र स्वतन्त्र भएपछि नेपालसंवतको सुरुवात भएको समेत उल्लेख गरेको छ । सिल्भाँ लेभी नामक विदेशी इतिहासकारले सातौं शताब्दीमा नेपाल तिब्बतको अधिनमा रहेको उल्लेख गरेका छन् । त्यसैबाट मुक्ति पाएपछि नेपाल संवतको सुरुवात भएको बताएपनि नेपाल संवतको सुरुवाता नवौं शताव्दीको अन्तिम तिरबाट भएकोले यो तर्कको कुनै आधिकारिकता छैन ।
सन् ६२४ को समयमा नेपालमा राजालाई भगाएर सामन्तहरुले राजकाज सम्हालेका थिए । सन् ६२० मा अंशुबर्माको निधन भएपछि अंशुबर्माले सामन्तबाट सत्ताच्यूत गराएका गुप्तहरु पनि एकाएक सलबलाए । अंशुबर्मापछि राजा भएका उदयदेवलाई उनीहरुले कारबाही गर्न लागेपछि उनी भागेर तिब्बत गएको घटना इतिहासमा पाइन्छ । यसले पनि नेपाल र चीनबीच त्यो समयसम्म आइपुग्दा सम्बन्ध सुमधुर भएको थाहा हुन्छ ।
ताङ वृत्तान्तमा नै तिब्बतको सहयोगमा उनकै छोरा नरेन्द्र देवले सन् ६४० मा पुस्तैनी राज्य फिर्ता लिएको उल्लेख छ । चिनियाँ सम्राट स्रङचङ गम्पोले भारत विरुद्ध मच्चाएको संघर्षमा नेपालको तर्फबाट नरेन्द्रदेवले समर्थन मात्रै नगरी भारतीय शासक अरुणाश्वलाई पक्रिएर तिब्बतलाई बुझाएको कुराले पनि त्यतिबेला भारतसँगभन्दा धेरै राम्रो सम्बन्ध चीनसँग रहेको बुझिन्छ । चिनियाँ बृत्तान्तहरुले नै उल्लेख गरेका हुन् ।
सत्यमोहन जोशीका अनुसार सातौँ शताब्दीमा चीनका बौद्ध विद्वान हुयान चाँई लुम्बिनी आएका थिए । बुद्धका बारेमा ग्रन्थको सङ्कलन गरेर उनले चीनमा प्रचार गरेको कुरा पनि चिनियाँ वृत्तान्तहरुमा नै उल्लेख छ ।
भृकुटीको विवाहको सम्बन्धमा पनि चीनमा बौद्ध धर्म प्रचार गर्ने सर्तमा मात्रै भृकुटी विवाहको लागि राजी भएको उल्लेख पाइन्छ । त्यतिबेला राजा स्रङचङ गम्पोलाई सपनामा भृकुटीसँग विवाह गरेमा उनको मान प्रतिष्ठा र श्री सम्पत्ति बढ्छ भन्ने भएपछि भृकुटी माग्नका लागि हात्ती घोडाको लावालस्कर सहित गम्पोका सेनाहरु नेपाल आएका थिए ।
कत्ति आग्रह गर्दा र उपहार दिँदा पनि नमानेकी भृकुटीले आफ्ना केही सर्तहरु राखेर सोही सर्त पूरा गर्न तिब्बती राजा तयार भएपछि मात्रै तिब्बती बुहारी बनेर गएकी थिइन् । उनको सर्तमा चीनमा बौद्ध धर्मको विकास गर्न पाउनुपर्ने, नेपाल तर्फ ढोका राखेर घर वा ठूलो गुम्बा बनाउनु पर्ने लगायतका थिए ।
त्यसपछि १३ औं शताब्दीसम्म त्यस्तो चर्चित व्यक्तित्वहरुको नेपाल आगमन वा नेपालका चर्चित व्यक्ति चीन गएको प्रमाण छैन । सातौं शताब्दीदेखि दशौं शताब्दीसम्मका कुनैपनि अभिलेख एवं साहित्यिक स्रोतहरु समेत प्राप्त नभएकाले यो युगलाई अँध्यारो युग पनि भनिन्छ । एकैपटक १३ औँ शताब्दीमा आएर नेपाली कलाकार अरनिकोले चीनमा गएर स्वर्ण धातुमा आफ्नो कला देखाएपछि चिनियाँहरु नेपालीहरुसँग धेरै नजिक भएको पाइन्छ ।
अरनिकोको समयमा तत्कालीन नेपाल (काठमाडौं उपत्यकामा) कहिले डोय त कहिले तिरहुतेहरुले आक्रमण गर्ने गरेका थिए । बरु पछि मल्लकालको उत्तरार्धमा तिब्बतसँग मैत्री सम्बन्ध कायम भएको पाईन्छ । व्यापार व्यवसायको लागि सन्धी गर्नुका साथै तिब्बतमा चलाउने सिक्का छाप्दा समेत नेपालसँग अनुमति लिनुपर्ने अवस्था समेत आएको थियो । अधिकांश सिक्काहरु त नेपालले नै छापेर तिब्बत पठाउने गरेको थियो ।
नेपाल–चीन सम्बन्धको नयाँ युग
राष्ट्रपति विद्यादेवी भण्डारीको मैत्रीपूर्ण निमन्त्रणामा जनवादी गणतन्त्र चीन स्थापनाको ७०औँ वार्षिकोत्सवको अवसर पारेर चिनियाँ राष्ट्रपति सी चिनफिङबाट भएको नेपालको दुईदिने राजकीय भ्रमणबाट दुई मुलुकबीचको सम्बन्ध नयाँ युगमा प्रवेश गरेको बताईएको थियो । यो भ्रमण दुई मुलुकबीच मैत्रीपूर्ण सहयोगको इतिहासमा महत्वपूर्ण कोशेढुङ्गा सावित भएको दुवै देशले ठहर गरेका छन् ।
भ्रमण सम्पन्न भएपछि दुई मुलुकले आज जारी गरेको एक संयुक्त विज्ञप्तिमा यस अवधिमा राष्ट्रपति सीले नेपाली समकक्षी विद्या भण्डारी तथा प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटवार्ता गरेका थिए । राष्ट्रपति भण्डारीले आयोजना गर्नुभएको रात्रिभोजमा सरिक हुनुभएको र न्यानो तथा सौहार्दपूर्ण वातावरणमा दुई मुलुकका नेताहरु आपसी सम्बन्ध तथा चासोका क्षेत्रीय र अन्तरराष्ट्रिय मुद्दामा गहन दृष्टिकोण आदान प्रदान गरी व्यापक समझदारीमा पुग्नुभएको उल्लेख गरिएको छ ।
“दुई मुलुकबीच सन् १९५५ मा कूटनीतिक सम्बन्ध स्थापना भएपछि यस सम्बन्धले अन्तर्राष्ट्रिय परिस्थितिमा परिवर्तन भोगेको, निरन्तर तथा स्वस्थ्य ढङ्गले विकास प्राप्त गरेको र विभिन्न आकारका दुई मुलुकबीच शान्तिपूर्ण सहअस्तित्वका नमूना प्रस्तुत गरेको भनी दुवै पक्षले सन्तुष्टि व्यक्त गरेका छन् । दुवै पक्षले दुई मुलुकबीच दुई पक्षीय सम्बन्ध समानता, सौहाद्र्रपूर्ण, सहअस्तित्व र निरन्तर मित्रता र एकीकृत सहयोगका रुपमा चित्रित गर्न सकिने भनी स्वीकार गरेका छन्”, विज्ञप्तिमा भनिएको छ ।
नेपाल तथा चीनले क्षेत्र तथा मार्ग प्रयास (बेल्ट एण्ड रोड इनिसिएटिभ) लाई सबै क्षेत्रमा एकीकृत रुपमा आपसी फाइदाका सहयोगलाई गहन बनाउने, साझा समृद्धि प्राप्त गर्न संयुक्त रुपमा प्रयास गर्ने तथा यस क्षेत्रमा शान्ति, स्थायित्व तथा विकास कायम गर्न आफूलाई लागि पराउने महत्वपूर्ण अवसरको रुपमा लिएका छन् ।
नेपाल र चीनबीच दुई पक्षीय सम्बन्ध नयाँ चरणमा प्रवेश गरेको छ । दुबै पक्षले शान्तिपूर्ण सह अस्तित्वको पाँच सिद्धान्त, संयुक्त राष्ट्र सङ्घको घोषणापत्र, असल छिमेकका सिद्धान्तका साथै निरन्तर मित्रताका आधारमा विकास तथा समृद्धिका लागि नेपाल चीनबीच रणनीतिक र एकीकृत साझेदारी कायम गर्ने निर्णय गरेका छन् ।
“दुवै पक्षले एकअर्काको स्वतन्त्रता, सार्वभौमसत्ता र क्षेत्रीय अखण्डतालाई सम्मान गर्ने तथा एकअर्काको चासो एवं मूल अभिरुचिलाई सम्मान गर्ने कुरामा सहमति व्यक्त गरेका छन् । दुवै पक्षले असल छिमेकका नीतिलाई पालना गर्दै आपसी फाइदा प्राप्त गर्न तथा मिलेरै स्थिरता तथा विकासका लागि प्रयास गर्न सहविजेताका रुपमा समग्र सहयोगलाई गहन बनाउने छन्”, विज्ञप्तिमा भनिएको छ ।
COMMENTS