नेकपा विवाद: बालुवाटारको वार्ता निष्कर्षबिहीन, दुबै पक्षको आ-आफ्नो अडान कायमै

काठमाडौं, १८ साउन । नेकपा कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच बालुवाटारमा आज भएको भेटवार्ता सकिएको छ ।

नेकपा वरिष्ठ नेता झलनाथ खनाल र स्थायी कमिटी सदस्य सुवास नेम्वाङसमेत भेटवार्तामा सहभागी थिए । आज झण्डै ३ घण्टा भएको छलफलमा दुबै अध्यक्षले आफ्ना अडानहरू कायमै राखेका थिए। एक नेताका अनुसार आज भएको कुराकानीमा दुबै अध्यक्ष छलफललाई निरन्तरता दिने सहमत भएको छ ।

स्रोतका अनुसार नेकपामा देखिएको विवाद समाधानका लागि छलफल भए पनि सहमति भने हुन सकेन । आज भएको भेट वार्ताले पनि नेकपामा देखिएको विवादले सहमति पाउन नसकेको हो ।

साउन १३ गते बस्ने भनिएको स्थायी कमिटीको बैठक प्रधानमन्त्री ओलीले एकतर्फीरुपमा स्थगित गरेका थिए । तर, अध्यक्ष प्रचण्डले सोही दिन आफ्नो अध्यक्षतामा बैठक बसाएका थिए । सो बैठकमा २९ जना स्थायी कमिटीका सदस्यको उपस्थिति थियो ।

प्रधानमन्त्री ओलीले एकतर्फीरुपमा स्थायी कमिटीको बैठक स्थगित गर्नु गलत भएको ठहर बैठकले गरेको थियो । सोही दिन पार्टीका उपाध्यक्ष वामदेव गौतमले ६ बुँदे प्रस्ताव दुवै अध्यक्षलाई सम्बोधन गरेर सार्वजनिक गरेका थिए । सो प्रस्ताव प्रधानमन्त्री ओलीको पक्षमा थियो ।

यो पनि
नेकपा विवादः ओली र प्रचण्ड संवाद गर्दै, खनाल र नेम्वाङ पनि सहभागी

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board