तपाईको शरीरमा खानाको मात्रा कति छ ? दिमागले जाँचिरहेको छ !

काठमाडौं, १८ साउन । वास्तवमा यस संसारका हरेक जीवित प्राणीहरुलाई खाना जरुरी छ । शरीरलाई तागत दिने काम नै खानाले गर्छ । के हामीलाई खाना भोक मेट्न मात्र जरुरी छ या त यसको अन्य अरु पनि काम छ त यो प्रश्न गर्ने धेरैको एउटै उत्तर हुने गर्छ त्यो हो–हाम्रो भोक मेट्न’ हाम्रो शरीरलाई एउटा मोटर गाडीसँग तुलना गर्न सकिन्छ ।

जसरी मोटरलाई गुड्नको लागि तेल वा पेट्रोल चाहिन्छ, त्यसैगरी हामीलाई पनि काम गर्नको लागि खाना चाहिन्छ । शरीरमा खानाको मात्रा सन्तुलित छ भने हाम्रो दिमागले हाम्रो पेट र आन्द्राहरुलाई निष्क्रिय पार्छ । हाम्रो शरीरमा खानाको मात्रा कति छ भन्ने कुरा हाम्रो दिमागले जाँचिरहेको हुन्छ ।

हामी खाने खानामा विभिन्न तत्वहरु रहेका हुन्छन् । त्यही भएर वैज्ञानिकहरुले हाम्रो शरीरलाई स्वास्थ्य रहन के के तत्व कति मात्रामा चाहिन्छ भन्ने कुराको बारेमा अध्ययन गरेका छन् । त्यसैले स्वस्थ रहन खाना खाएर मात्र पुग्दैन् । हामीले हाम्रो शरीरमा हुने विभिन्न कामको लागि विभिन्न तत्व सही मात्रामा खानु पनि जरुरी छ ।

यति मात्र होइन हाम्रो शरीरलाई खनिज पनि चाहिन्छ । विभिन्न १८ प्रकारका खनिजहरु हामीलाई चाहिन्छ । उदाहरणको लागि क्याल्सियम र फोसफोरस हाम्रो शरीरको हाड र दाँतको मजबुत विकासको लागि चाहिन्छ । फलामले हाम्रा कोषहरुलाई सही काम गराउँनमा मदत गर्छ । हाम्रो शरीरले तामाको मदतले रगतलाई रातो पार्ने र अक्सिजन लिने हेमोग्लोबिन बनाउने गर्छ । आयोडिनले पनि विभिन्न कामहरुमा मद्दत गरिरहेको हुन्छ ।

ती तत्वहरुमा प्रोटिन पनि पर्छ । प्रोटिनले हाम्रो शरीरमा नयाँ कोषहरुको निर्माणमा सहयोग गर्छ । प्रोटिन बिना हाम्रो शरीरको विकास क्रम रोकिन्छ । दुध, अण्डा, मासु, चिज र माछामा प्रोटिन पाइन्छ । अर्को तत्व कार्बोहाइड्रेटले हाम्रो शरीरलाई तागत दिने काम गर्छ । कार्बोहाइड्रेट स्टार्च भएको खानाहरुमा पाइने गर्छ । जस्तै आलु, आँटा, चामल, चिनी आदि । यसबाट हामी के थाहा पाउँन सक्छौ भने खाना भनेको हाम्रो भोक मेटाउन मात्र खाने होइन । हामीलाई सही र सन्तुलित खाना स्वास्थ्य रहनको लागि पनि आवश्यक हुन्छ ।

समग्रमा यसले हाम्रो शरीरको विकास गर्न हामीलाई मानसिक रुपमा दह्रो पार्न मद्दत गर्छ । त्यसै गरी हामीलाई पानी पनि आवश्यक छ । हामीलाइ थाहा नै छ, हाम्रो शरीरको ७० प्रतिशत भाग पानीले बनेको हुन्छ । रगतको तरलपनालाई कायम राख्न र अन्य विभिन्न कामहरु गर्न यसले मद्दत गरिरहेको हुन्छ ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • news@nepalpage.com

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2025 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board