वीरगञ्ज, २० साउन । पर्सामा थप ३४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पर्सामा नेपाली सेना, चिकित्सक, पत्रकार गरी थप ३४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो ।
नारायणी अस्पतालको प्रयोगशालामा गरिएको पीसीआर परीक्षणमा उनीहरुमा कोरोना संक्रमण पुष्टि भएको हो । नारायणी अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. मदन उपाध्यायका अनुसार ६ जना महिलासहित ३४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । उनका अनुसार संक्रमित १४ देखि ५६ वर्ष उमेर समूहका छन् । नेपाली सेना, चिकित्सक, कन्ट्याक्ट ट्रेसिङमा परेका, पत्रकार लगायतमा कोरोना संक्रमण देखिएको छ ।
अधिकांश संक्रमित वीरगञ्ज महानगरपालिकाका छन् । ३४ जनामध्ये २३ जना वीरगञ्ज महानगरपालिकाका, ३ जना नेपाली सेना, ३ जना पोखरिया नगरपालिकाका, १ जना जिराभवानी गाउँपालिकाका, २ जना बाराका तथा सुर्खेत र सर्लाहीका १र१ जना संक्रमित भएका छन् ।
नेशनल मेडिकल कलेज र बयोधा अस्पतालमा कार्यरत दुई जना चिकित्सकमा पनि कोरोना संक्रमण देखिएको छ । वीरगञ्ज–११ रानीघाट घर भई बयोधा अस्पतालमा कार्यरत ३४ वर्षीय र सुर्खेत घर भई नेशनल मेडिकल कलेजमा कार्यरत २८ वर्षीय चिकित्सकमा कोरोना संक्रमण देखिएको हो ।
COMMENTS