प्रचण्ड-बामदेवको ४० मिनेट वार्ता

काठमाडौं, २० साउन । प्रचण्ड र गौतमबीच भएको भेटवार्तामा ६ बुँदे प्रस्तावमा छलफल भएको छ । मंगलबार प्रचण्ड गौतमलाई भेट्न बिहान ११ बजे भैंसेपाटी पुगेका थिए ।

करिव ४० मिनेट भएको प्रचण्ड–गौतमबीचको भेटवार्तामा पार्टीमा देखिएको विवाद समाधानबारे छलफल भएको बुझिएको छ ।

उपाध्यक्ष गौतमका प्रेस सहयोगी विश्वमणि सुवेदीका अनुसार भेटवार्तामा खासगरी यसअघि गौतमले राखेको ६ बुँदे प्रस्तावका विषयमा छलफल भएको छ । सुवेदीका अनुसार अध्यक्ष प्रचण्ड र उपाध्यक्ष गौतमबीच ४० मिनेट कुराकानी भएको थियो ।

यसअघि आइतबार र सोमबार प्रधानमन्त्री एवम् अध्यक्ष केपी शर्मा ओलीसँग भेटवार्ता गरेका प्रचण्डले ती भेटवार्तामा पनि सहमतिको संकेत नदेखिएपछि गौतमसँग भेटेका हुन् ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board