कार्ल माक्र्स वा लेनिनका रचनाहरुमा तत्कालीन समयमा प्रुधों, बाकुनिन, कार्ल काउत्सकी, तथा बर्नस्टिन र प्लेखानोभसँग लेनिनले गरेको विवादका आधारमा तयार भएका हुन् । पुष्पलालले नेकपाको स्थापना गर्ने बेलाबाट तिनै रचनाहरुका सन्दर्भबाट नेपाली क्रान्तिको कार्यक्रम बनाउने परम्परा बस्यो । तत्कालीन समयमा नेपाली समाजको विस्तृत अध्ययन नभएको र जसरी पनि नेपाली समाजको सामन्तवादलाई फ्याँक्ने कुँजी चाहिएकाले त्यसो गर्नु परेको वाध्यता सहजै बुझ्न सकिन्छ । तर वर्तमान समयामा नेपाली क्रान्तिका कार्यक्रमका लागि नेपाली समाजकै दर्जनौं उपज र विचार तथा नीतिको पहाड खडा छ । अब पुराना रचनाको नक्कल गरिरहनु पर्ने कुनै आवश्यकता छैन ।
उन्नाइसौं र बीसौं शताव्दी पुँजीवादीहरुको अधिनायकत्वको कि सर्वहारावर्ग (कम्युनिस्ट पार्टी) को अधिनायकत्व भन्ने बहस, प्रतिस्पर्धा र अभ्यास भएको त्यसमाथि फासीवादका विरुद्ध लड्न पुँजीवादी र समाम्यवादी समेत एक हुनु पर्ने अवस्था थियो । पहिलो र दोस्रो विश्व युद्धको भुमरीका बीचबाट स्थापना भएका कम्युनिस्ट पार्टी तथा तिनका राज्यहरु मध्ये सोभियत संघ इतिहासको विषय भएर पनि केही आधारभूत शक्तिराष्ट्र तथा वैकल्पिक विश्व व्यवस्थाको छनक दिइरहेको छ । त्यसमध्ये चिनिया कम्युनिस्ट पार्टीले लेनिनकै शव्दमा ठोस स्थितिको ठोस विश्लेषण गरेर चिनिया क्रान्ति सम्पन्न ग¥यो ।
अध्यक्ष माओत्सेतुङको बीरासतमा उदाएको नेतृत्वले माओका रचनामा चीनको भविष्य खोज्ने भन्दा तत्कालीन विश्व स्थितिमा चीनलाई कसरी उभ्याउने भन्ने मौलिक विचार अघि सारेर विश्व महाशक्ति बन्ने दिशामा उन्मुख छ । त्यसो त विश्वभरका समाजवादीहरुलाई नयाँ र सिर्जनात्मक ढंगले सोच्न बाध्य बनाउने अनिवार्य टेक्स्ट बुक समेत बनेको मान्नु अन्यथा हुनेछैन ।
रसियन क्रान्ति सम्पन्न भएपछि सम्पन्न भएको संविधानसभा विघटन गर्नु जति आवश्यक थियो ठिक त्यसैगरी सन् १९८९ तिरै नेपालको कम्युनिष्ट आनदोलनलाई जोगाउन बहुदलीय प्रतिस्पर्धाको बाटो अपनाउनु पर्दछ भन्ने मदन भण्डारीको विचार सर्वथा मौलिक चिन्तन थियो । त्यसो त मदनको हत्याले ०५२ सालमा प्रचण्डलाई दीर्घकालीन जनयुद्धको बाटोमा गएर पुँजीवादपन्थीहलाई सवक सिकाउनु पर्ने विचार अर्को मौलिक नेपाली तरिका थियो दुश्मनका विरुद्ध लड्नका लागि ।
कार्ल माक्र्सले सन् १८७२ मा प्रकाशित भएको कम्युनिस्ट पार्टीको दोस्रो संस्करणको भूमिकामा राज्यको विलोप र राज्य विहीनतासहितको समानताको व्याख्या गरेका थिए ।
ठीक त्यसैगरी नेपालमा दश वर्ष जयनुद्ध सञ्चालन गरिरहेका बेला तत्कालीन माओवादी नेतृत्वले पनि अन्य कम्युनिष्ट पार्टी र नेताहरुका विचारमाथि कार्यनीतिक चलाखीका लागि वैचारिक आक्रमण गर्न परेको बाध्यतालाई वर्तमानमा दाँजेर पराजित भएको अर्थ लगाउन मिल्दैन ।
तत्कालीन रसियामा पार्टीका नाम समेत कम्युनिष्ट नराखीकन (तत्काली अखिल रसियाली सामाजिक जनवादी पार्टी, को नाम क्रान्ति सम्पन्न भएको एक वर्षपछि भएको पार्टीको छैठौं महाधिवेशनले बल्ल रसियाली कम्युनिस्ट पार्टी (पछि सोभियत कम्युनिस्ट पार्टी नामाकरण) सन् १८९७ देखि १९१७ सम्मको बीस वर्षको अवधिमा लेनिनले गरेको वैचारिक तथा फौजी दुस्सहास, प्रयोग र उतार चढावका बीचमा तत्कालीन शक्ति सन्तुलनलाई आफ्नो काबुमा पारेर रुसी क्रान्ति सम्पन्न गरेका थिए । स्वयं लेनिनलाई नै रुसी क्रान्ति कुन बाटोबाट हुनसक्छ भन्ने बनिबनाउन धारणा थिएन ।
ल्ेनिनलाई जसरी पनि क्रान्ति गर्नु थियो । तर कुनै सूत्रमा बांधिनु थिएन । परिणामत क्रान्ति सन् १९०५ र १९१४ का दुई वटा असफल प्रयोग पछिको तेस्रो धक्कामा रुसी क्रान्ति सम्पन्न भएको दृष्ट्रान्तलाई नेपालका सन्दर्भमा पुष्पलालले अघि सारेको कार्यनीति, मदन भण्डारीले प्रस्तुत गरेको विचार र प्रचण्डले प्रयोग गरेको क्रान्तिको धक्कालाई एउटा लयमा राखेर विश्लेषण गर्नु बढी सान्दर्भिक हुन्छ ।
फेरि पनि अहिलेको विषय रुसी क्रान्ति सम्पन्न भएपछि के गर्ने भन्नेमा रहेको दुविधा जस्तै नेपालमा नेकपाको बर्चस्व भएपछि के गर्ने भन्ने अन्योलका रुपमा लिन पनि सकिन्छ । लेनिनलाई सन्दर्भ सामग्रीको सर्वथा अभाव थियो भने ओली र प्रचण्डलार्ई जनपक्षीय काम गर्न सन्दर्भ सामग्रीको पहाड छ । तर त्यो पहाहबाट के लिने र कसरी लिनेमा गम्भीर समस्या परेको सहजै महसुस गर्न सकिन्छ।
COMMENTS